×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भारतीय राष्ट्रपतिलाई बुद्ध एयरको चार्टर

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजु बास्कोटा

    काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म गर्ने नेपाल भ्रमणका क्रममा काठमाडौंबाट जनकपुर र पोखरा जाँदा बुद्ध एयरले चार्टर सेवा दिने भएको छ । मुखर्जी कात्तिक १७ गते बुधबार भारतीय वायुसेवाबाट काठमाडौं आउँदैछन् । उनले काठमाडौंका अतिरिक्त जनकपुर र पोखरा भ्रमण गर्ने तालिका सार्वजनिक भइसकेको छ ।

    राष्ट्रपति मुखर्जी १९ गते बिहान काठमाडौंबाट बुद्ध एयरको जहाज चार्टर गरेर जनकपुर जाने भएका छन् । जनकपुरमा एक घन्टाको कार्यक्रम सकेर उनी पोखरा जानेछन् । पोखराबाट सोही दिन काठमाडौं फर्कने र भारत प्रस्थान गर्ने भ्रमण तालिका छ ।

    बुद्ध एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले ४२ सिट क्षमतका एटीआर ४२ नामक दुईवटा जहाज एक दिनका लागि चार्टरमा प्रयोग हुने जानकारी दिए । एक दिनका लागि दुईवटा जहाज प्रयोग गर्ने भए पनि भीभीआईपीको सेवा भएकाले अर्को एउटा एटीआरलाई पनि भैपरी आउने सेवाका लागि तयारी अवस्थामा राखिनेछ ।

    उनका अनुसार एक दिने चार्टरका लागि बुद्धले ३३ हजार डलर प्रस्ताव गरेकामा पर्यटन मन्त्रालयले १५ प्रतिशत छुट मागेकोले पाँच हजार डलर घटाएर २८ हजार डलरमा सेवा दिन लागिएको छ । राष्ट्रपतिलाई सेवा दिन पाउनु बुद्ध एयरका लागि ब्रान्डिङ पनि हो ।

    पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रमोद नेपालले निजी क्षेत्रले भारतीय राष्ट्रपतिको सेवामा जहाज प्रदान गर्ने अवसर पाउनुले यसको निकै ठूलो ब्रान्डिङ हुने बताए । राष्ट्रपतिको सेवाका लागि सबैजसो देशमा सेनाले नै जहाज व्यवस्था गर्ने प्रचलन छ ।

    राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवासँग पर्याप्त जहाज नभएकाले पनि निजी क्षेत्रले भारतीय राष्ट्रपतिको सेवाका लागि अवसर पाएको हो । वायुसेवा निगमसँग आन्तरिक उडानमा जम्मा दुईवटा मात्रै जहाज छन् । चिनियाँ जहाज दुईवटा भए पनि भरपर्दो उडान सेवा छैन ।

    बुद्ध एयर आन्तरिक उडानको अगुवा कम्पनी हो । यो वायुसेवासँग नियमित उडानका ७२ सिट क्षमताका तीनवटा एटीआर, ४२ सिट क्षमताका तीनवटा एटीआर र १९ सिट क्षमताका दुईवटा विचक्राफ्ट जहाज छन् । बुद्ध एयरले आन्तरिक उडानमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ । यो वायुसेवाले सुगम क्षेत्र अर्थात सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने गरेको छ । बुद्धले काठमाडौं विमानस्थलाई आधार बनाएर पोखरा, विराटनगर, भैरहवा, भरतपुर, धनगढी, नेपालगन्ज, भद्रपुरसहितका गन्तव्यमा उडान गरिरहेको छ ।

    आफ्नै जहाज मेन्टेनेन्स तथा मर्मत संस्था भएको यो वायुसेवाले आफूसँग भएकै प्रकृतिका जहाज विदेशी वायुसेवाको पनि मर्मत गर्न थालेको छ ।

    नेपालमा विदेशी वायुसेवाको मर्मत गर्ने एकमात्रै वायुसेवा कम्पनी बुद्ध एयर हो । यो वायुसेवाले विचक्राफ्ट र एटीआर नामक हजाजको सामान्य मर्मतदेखि जटिल प्रकारका प्राविधिक काम पनि गर्न थालिसकेको छ । वायुसेवाको पाटपूर्जामा लाग्ने भन्सारकै कारण नेपालमा विदेशी वायुसेवाको मर्मत महँगो हुने गरेको पनि उल्लेख छ । आन्तरिक उडानमा अब्बल रहेको यो वायुसेवाले भारतको वनारसमा चार्टर उडान पनि गर्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.