×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

लोकमानले शाही आयोगले भन्दा पनि बढी आतंक खडा गरे : देउवा

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महाअभियोग प्रस्तावबारे निर्णय संसदीय दलबाट

    – कुलचन्द्र न्यौपाने, काठमाडौं
    कार्तिक ९, २०७३- सत्तारूढ नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे पार्टी संसदीय दलबाट टुंगो लगाउने भएको छ । बिहीबार सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा कार्कीविरुद्धको महाअभियोग प्रस्तावले प्राथमिकता पाए पनि संसदीय दलको बैठक पर्खने निर्णय भएको हो । संसदीय दलको बैठक केही दिनमा बस्ने जनाइए पनि मिति तय भएको छैन ।
    बैठक समापनका क्रममा सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख कार्कीले समानान्तर सत्ता सञ्चालन गर्न लागेको बताउँदै कडा आलोचना गरेका थिए । ‘कार्कीले कर्मचारी, पुलिस, ठेकेदारलगायत दुनियाँलाई ब्ल्याकमेलिङ गरेर दु:ख दिँदै आए,’ उनले भनेका थिए, ‘शाही आयोगले भन्दा पनि बढी आतंक खडा गरेर पैसा माग्न थाले । समानान्तर सरकारका रूपमा काम गर्न थाले । मैले जति भन्दा पनि मान्दै मानेनन् ।’

    देउवाले विकल्पमा अख्तियारको नेतृत्वमा कस्तो व्यक्ति आउने भन्ने विषय मुख्य सरोकार रहेको बताए । ‘अब आउने अख्तियार प्रमुखले भ्रष्टाचार गर्ने राजनीतिकर्मीलाई मुद्दा चलाउन सक्ने अवस्था रहन्छ कि रहँदैन ? एउटा लोकमान फाल्ने मात्रै मुख्य सरोकार होइन, उनीसँगै अख्तियारलाई कस्तो संस्थाका रूपमा विकास गर्ने भन्ने विषयमा पनि हाम्रो चासो हो,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । आफैं प्रधानमन्त्री भएका बेला भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फ्रान्सको मोडलमा विकास गरेको देउवाको भनाइ थियो । उनले अदालतबाट समेत कार्की फालिने अवस्था रहेकाले कांग्रेस बचाउने पक्षमा जान नसक्ने संकेत गरेका थिए ।

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाअभियोग प्रस्तावको मुद्दामा कांग्रेस न्यायालयको भूमिकामा रहेको जनाउँदै हतार गरेर निर्णय लिन नहुने बताएका थिए । ‘न्याय सम्पादन गर्ने काम धेरै गाह्रो हो, हतार गरेर हामीले निर्णय लिन हुन्न,’ पौडेलेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हिजो को/को मिलेर ल्याए अहिले को/को मिलेर फाल्न खोज्दै छन् ? यसमा कांग्रेस किन प्रयोग हुने ?’ उनले त्यतिबेला पनि आफू लोकमानलाई प्रमुख आयुक्त बनाउनु हुन्न भन्ने पक्षमा रहेको प्रसंग उल्लेख गर्दै भने, ‘मसँग समर्थन खोज्न लोकमान भेट्न आउँदा मेरो उम्मेदवार बाबुराम आचार्य हो भनेर पठाएको थिएँ । तर, म राजधानी बाहिर भएका बेला उनलाई प्रमुख बनाइयो । अहिले किन फाल्न खोजिँदै छ ? यसको गम्भीर अध्ययन जरुरी छ ।’

    महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य खुमबहादुर खडकाले महाअभियोग प्रस्तावलाई कांग्रेसविरुद्ध षड्यन्त्रका रूपमा व्याख्या गरेका थिए । ‘कांग्रेससँग छलफल नगरी एकाएक ल्याइएको यो प्रस्तावमा कांग्रेसलाई कमजोर पार्ने कुनै न कुनै षड्यन्त्र छ,’ कोइरालाको भनाइ थियो, ‘त्यसै कारण कांग्रेसले हतार गरेर निर्णय लिइहाल्न हुन्न ।’

    खड्काले कांग्रेसका नेताहरूविरुद्ध मात्रै भ्रष्टाचारका मुद्दा लगाउँदा अन्य राजनीतिक दलका नेताहरू नबोलेको भन्दै अहिले एमाले र माओवादीका नेताहरूविरुद्ध अख्तियार लाग्यो भनेर कांग्रेस किन बोल्ने ? भन्ने प्रश्न गरेका थिए । उनले कांग्रेस महाअभियोग प्रस्तावको पक्षमा जान नहुने अडान राखेका थिए ।

    नेता प्रदीप गिरीले एउटा व्यक्तिले मुलुकलाई आतंकित पार्ने काम गरेको उल्लेख गर्दै जतिसक्दो चाँडो निर्णय लिन नेतृत्वसँग आग्रह गरेका थिए । ‘यो विषय जति लम्बियो त्यति खतरनाक बन्दै जान्छ,’ बैठकमा उनले भने, ‘यसलाई तुरुन्त टुंग्याइहाल्नुपर्छ ।’

    अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि जनमतको कदर गर्दै कांग्रेसले महाअभियोगको पक्षमा निर्णय लिनुपर्ने बताए । ‘महाअभियोगको प्रस्ताव कसले ल्यायो/ल्याएन भनेर चिन्ता गर्ने बेला अहिले होइन,’ उनको भनाइ थियो, ‘महाअभियोग प्रस्तावको पक्षमा पार्टी जानुपर्छ ।’

    संविधान संशोधनमा अग्रसरता लिने
    कांग्रेसले संविधानलाई सर्वस्वीकार्य बनाउँदै लैजान संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको छ । आन्दोलनकारी तथा प्रमुख प्रतिपक्षसहित सबै राजनीतिक दलसँग छलफल र गृहकार्य गरी संविधान संशोधन प्रस्ताव अघि बढाउन अग्रसरता लिने निर्णय केन्द्रीय समितिले गरेको हो ।

    कांग्रेसले चैत मसान्तभित्रै स्थानीय तहको निर्वाचन गराउन पार्टी दृढ रहेको जनाएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्न गठित आयोगलाई कांग्रेसले राजनीतिक दलहरूको सुझाव र सहमतिका आधारमा पुन:संरचनाको काम यथाशीघ्र टुंग्याएर स्थानीय तहको निर्वाचन गराउने वातावरण बनाउनसमेत आग्रह गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले सबै प्रदेश र जिल्लामा एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.