×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘गठबन्धन जोगाउन पनि कांग्रेस महाअभियोगको पक्षमा जानुपर्छ’

  •  
  • मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – प्रदीप पौडेल, काठमाडौं

    कार्तिक ९, २०७३- अख्तियार प्रमुख लोकमानसिंह कार्कीको काम कारवाहीको विषय संसदमा उनी विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि मात्रै उठेको होइन । धेरै पहिलादेखि उठ्दै आएका थियो । कार्कीले आफू बिरुद्ध उठेका बिषयलाई कहिल्यै पनि प्रष्ट पार्ने काम गरेनन् । आफू उपर उठेका बिषयहरुमा चित्त बुझ्दो जबाफ दिनुको सट्टा पूर्वाग्रहले काम गर्दै गए । त्यस कारण उनका बिषयमा समाजले हेर्ने दृष्टिकोण फरक हुदै गयो र टिकाटिप्पणी जनस्तरबाटै उठ्न थाल्यो ।

    संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव कांग्रेसको समर्थन विना पास हुने अवस्था छैन । यो राजनीतिक ज्ञान प्रस्ताव दर्ता गराउनु हुने प्रमुख विपक्षी एमाले र सत्ताको नेतृत्व लिएका माओवादी केन्द्रलाई थाह नहुने कुरै भएन । तर, कांग्रेसलाई समेत सहमतिमा ल्याएर अघि बढ्ने चेष्टा किन भएन भन्ने प्रश्न यतिबेला हामीभित्र चर्को रुपमा उठिरहेको छ । कांग्रेसकै समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले किन आफ्नै सत्ता साझेदार दलसंग छलफल गर्न चाहनुभएन भन्ने बिषयलाई कांग्रेसले गम्भिर रुपमा उठाएको हो । हाम्रा पार्टीका सभापति शेरवहादुर देउवाले समेत लोकमानसिंह कार्कीका कामकारवाहीबाट सन्तुष्ट नभएको बताईसक्नु भएको छ । त्यसैकारण कांग्रेस केन्द्रिय कार्यसमितिमा महाअभियोगको प्रस्तावभित्र अन्य राजनीतिक षड्यन्त्र हुनसक्ने अड्कलबाजी भएका हुन् । आशंका उव्जिएको हो । तर, एमाले र माओवादी केन्द्रले गल्ती गर्यो भन्दैमा मुलुकको सबैभन्दा ठूलो दल कांग्रेसले पनि त्यसैका आधारमा आफ्नो दृष्टिकोण बनाउन हुन्न । कुनैपनि बिषय सही या गलत के हो भन्ने आधारमा कांग्रेसले आफ्नो दृष्टिकोण बनाउने हो । एमालेले गल्ती गर्‍यो या माओवादी केन्द्रले गठबन्धन संस्कृति विपरित गयो भन्दैमा कांग्रेसले गलत निर्णय लिन सक्दैन ।

    कांग्रेस केन्द्रीय कार्यसमितिमा कतिपयबाट महाअभियोग नै लगाउनु पर्ने गल्ती भएको छैन भन्ने खालका दृष्टिकोण पनि आएका छन् । कित ठूलो मान्छेले सानोतिनो गल्ती गर्न पाउनु पर्छ भन्नुपर्यो नत्र साना ठूला सबैलाई गल्तीको भागीदार बनाईनु पर्छ । बिषयलाई सापेक्ष भएर हेर्दा कांग्रेस महाअभियोग प्रस्तावाको पक्षमा उभिनै पर्छ र उभिन्छ पनि । अझ संसदीय मान्यता विपरित गएका आयोग प्रमुख कार्कीबिरुद्ध संसदीय मान्यताको हिमायती दल कांग्रेस आफैले महाअभियोग प्रस्ताव पारित गराउने नेतृत्व लिने र यसलाई आफ्नो एजेण्डा बनाउने काम गर्नुपर्छ ।

    यो घटनासँगै अहिलेका राजनीतिक मुद्दाहरु जोडिएका छन् । आजको राजनीतिको प्राथमिकता भनेको प्रमुख दलहरुबीचको एकता कायम गरी संविधान कार्यन्वनयमा जानुपर्ने अवस्था हो । संविधान कार्यन्वनयका लागि संविधान संशोधनको बिषय अहिले मुख्य एजेण्डा बनेको छ । संविधान संशोधन गरेर आम स्वीकृतिको वातारण निर्माण गर्न र संविधान कार्यान्वयनको प्रकृयालाई अघि बढाउन, त्यसका लागि संविधान जारी गर्ने ठूला राजनीतिक दल एक ठाउँमा रहन जरुरी छ । यो महाअभियोग प्रकरणमा कांग्रेस विपक्षमा उभियो भने ठूला दलहरुबीचको विभाजनको आधार देखा पर्दछ । सम्पूर्ण प्रकृया नै खतरा पर्न सक्छ । ठूला दल एक ठाउँमा बस्न नसक्ने स्थिती बन्यो भने राजनीतिक दलहरुको मुख्य कार्यभारको रुपमा रहेको संविधान कार्यन्वयनको प्रकृया अघि बढ्न सक्दैन । बरु सवै राजनीतिक दलहरुको सहकार्यको वातवरण निर्माण गर्न आवश्यक छ ।

    कांग्रेसभित्र पहिला कतिपय बिषयहरुमा छलफल नै हुन्थेन । एकैचोटी निर्णय हुन्थ्यो । जसका कारण पार्टीभित्र निरन्तर नेतृत्वको आलोचना हुँदै आयो । यसपटक यस बिषयमा गम्भिर र बढी नै छलफल भयो । छलफलले राम्रै सन्देश दिएको छ । भोलीका दिनमा जस्तासुकै बिषयमा पनि यसरी नै छलफल भएर निर्णय होस भन्ने सबैजसो केन्द्रिय सदस्यको चाहना छ । छलफलका क्रममा पनि लोकमानलाई कसैले पनि राम्रो हो भनेर भनेको पाईएन । तर, विपक्षी एमालेको लहलहैमा लागेर किन जाने ? भन्ने मत मात्रै छ । यो बिषय विशुद्ध एउटा व्यक्तिको आचारणसंग जोडिएको छ । नकी कुनै वाद या सिद्धान्तसंग जोडिएको छ । यहाँ कम्युनिष्ट दर्शन र लोकतान्त्रिक सिद्धान्तबीचको छनोट हुँदै होइन । नकी राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्न हो । प्रश्न हो लोकमान कार्कीको आचरण र उनले खडा गरेको राज्य आतंक । एउटा व्यक्तिको आतंकबाट हामी किन डराउने ?

    कांग्रेसले किन निर्णय लिनुपर्छ भने यो बिषय एमालेले उठाएको मात्रै छैन । संसदमा हाम्रै साथीहरु गगन थापा र धनराज गुरुङले सवैभन्दा पहिला उठाउनु भएको छ । सवै चूप बसिरहेका बेला उहाँहरुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएर महाअभियोगको जग खन्नु भएको थियो । त्यसपछि राधेश्याम अधिकारीले संसदमा विशेष समय लिएरै धारणा राख्नु भयो । उहाँहरु कांग्रेसका नेताहरु हुन भन्नेकुरा सबैमा ज्ञात छ । पार्टीभित्रै धेरै पहिला म र मजस्तै साथीहरुले पनि यो बिषयलाई प्रवेश गराएको हो । गोविन्द केसीले राखेको मागसंगै यो बिषयलाई हामीहरुले पार्टीभित्र उठाएका थियौं । त्यसैले एमालेको बिषय मात्रै होइन । अब यो बिषय सवैको साझा मुद्दा भईसकेको छ । यसलाई कांग्रेसले नेतृत्व लिएर निर्णय गर्नुपर्छ । महाअभियोग प्रस्तावको पक्षमा कांग्रेसले अग्रसरता लिनसाथ अन्य राजनीतिक मुद्दामा समेत सहमतिको वातवरणको ढोका खुल्ने देखिन्छ । एमालेसँग बढ्दै गएको दुरी कम हुने र त्यसले संविधान संशोधनमा समेत सघाउने अवस्था आउन सक्छ । अर्को कुरा हामी यो प्रस्तावको विपक्षमा गयौं भने बर्तमान गठबन्धन सरकारमा रहन पनि नैतिक संकट उत्पन्न हुन्छ र कम्यूनिष्टहरुको एलायन्समा नयाँ गठबन्धन निर्माण हुनसक्छ । यो बिषयमा पार्टी शीर्ष नेतृत्व अनभिज्ञ देखिन्न । केन्द्रिय कार्यसमिति र संसदीय दलको छलफलपछि कांग्रेस महाअभियोगको प्रस्तावकै पक्षमा रहने निर्णय हुन्छ ।

    (कांग्रेस केन्द्रीय सदस्य पौडेलसँग कान्तिपुरका लागि कुलचन्द्र न्यौपानेले गरेको कुराकानीमा आधारित।) 

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.