×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

अनुदान वितरण सम्झौता आजदेखि

  •  
  • मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक ९ गते ।  काठमाडौँ उपत्यकाका भूकम्प पीडितलाई अनुदान रकम वितरणका लागि मङ्गलबार सम्झौता सुरु हुने भएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना इकाई कार्यालयले उपत्यकाका तीनै जिल्लामा रहेका आयोजना कार्यान्वयन इकाई कार्यालयमा सम्झौता सुरु गर्न आवश्यक सम्पूर्ण सामग्री पठाइसकेको जनाएको छ ।
    केन्द्रीय आयोजना कार्यान्वयन ईकाइका प्रमुख गणेशराज वस्तीका अनुसार उपत्यकाका तीन जिल्लामा गरी ९० हजार ८८८ लाभग्राही पहिचान भएका छन् ।  तीमध्ये काठमाडौँमा करिब ४२ हजार, ललितपुरमा ३२ हजार र भक्तपुरमा २४ हजार लाभग्राही छन् ।  लाभग्राहीको सूची प्रकाशनका लागि सम्बन्धित जिल्लामा सूची पठाइसकिएको वस्तीले बताउनुभयो ।  उहाँले भन्नुभयो, मङ्गलबार तीन जिल्लामा अनुदान सम्झौताको कार्य थालिनेछ ।
    त्यसैगरी भूकम्पका कारण प्रभावित बाँकी १७ जिल्लामा सर्भेक्षण कार्यका लागि केन्द्रीय तथ्याङ्क विभागले पोखरामा ११ गतेदेखि जिल्ला स्रोत व्यक्तिलाई दुईदिने तालिम सुरु गर्ने तयारी गरेको विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले जानकारी दिनुभयो ।
    तालिम लिएर स्रोत व्यक्ति जिल्लामा खटिएपछि अन्य सर्भेयरलाई तालिम दिएर पठाउने तयारी विभागले गरेको उहाँले बताउनुभयो ।  १७ जिल्लामा पनि पीडितको नाम सङ्कलन भइसकेकाले काठमाडौँ उपत्यकामा जस्तै लगत संपरीक्षणको कार्य गरिने उहाँले बताउनुभयो ।
    भूकम्पका कारण अति प्रभावित ललितपुरका केही स्थानसहित १२ जिल्लामा भने मङ्गलबारसम्म ४ लाख ६५ हजार ९४९ भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको केन्द्रीय आयोजना इकाईले जानकारी दिएको छ ।  त्यसमध्ये चार लाख २३ हजार ६९१ पीडितको खातामा अनुदान रकमको पहिलो किस्ताको ५० हजार जम्मा भइसकेको जानकारी दिएको छ ।  ती जिल्लामा पाँच लाख ३३ हजार १८३ लाभग्राही छन् । gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.