×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

तीन किसानलाई ‘राष्ट्रपति उत्कृष्ट पुरस्कार’

  •  
  • शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लमजुङ (बेसीसहर)। कृषि र पशुपालन क्षेत्रमा उष्कृष्ट कार्य गरिरहेका लमजुङका तीनजना कृषकले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त गरेका छन् । जिल्ला कृषि विकास र पशु विकास कार्यालय लमजुङले संयुक्तरुपमा पुरस्कार वितरण गरेका हुन् ।

    बिहीबार एक कार्यक्रमबीच बाग्लुङपानीका मनप्रसाद गुरुङ, इशानेश्वरका अमृत अधिकारी र जिताका बोधराज सेढार्इंलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत कृषकले नगद राशि रु १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्लाबाट सिफारिस भएको आधारमा क्षेत्र र राष्ट्रियस्तरबाट पनि पुरस्कार वितरण गर्ने प्रावधान छ । जिल्लामा रु १० हजार र क्षेत्रमा २५ हजार रुपैयाँ रहेको पुरस्कारको राशि केन्द्रमा भने रु दुई लाखको रहेको छ ।

    पुरस्कृत हुने किसान मनप्रसाद गुरुङले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । बाग्लुङपानीमा रोयल बाख्रा फार्म सञ्चालन गरी गुरुङले व्यावसायिक रुपमा उन्नत जातका ब्याड बोकासमेत उत्पादन गर्दै आउनुभएको छ । अर्का पुरस्कृत व्यक्तित्व अमृत अधिकारी व्यावसायिक गाईपालक किसान हुनुहुन्छ । उहाँसहित अन्य साथीहरु मिलेर अमृतधारा दुग्ध सहकारीमार्फत व्यावसायिक गाईपालन गर्नुभएको छ ।

    पुरस्कृत हुने अर्का व्यक्ति बोधराज सेढार्इं व्यावसायिक बाख्रापालक किसान हुनुहुन्छ । उहाँको पनि माउन्टेन एग्रो फार्म रहेको छ । उहाँले बाख्राबाहेक कफी लगायतका अन्य कृषिजन्य उत्पादन पनि गर्दै आउनुभएको छ ।

    पुरस्कार पाएपछि किसानले आफूहरुलाई थप प्रेरणा मिलेको भन्दै कृषि र पशुपालनलाई अझै व्यावसायिक बनाउन लागिपर्ने बताउनुभएको थियो । उहाँहरुले बिचौलियका कारण किसान र उपभोक्ता दुवै मारमा परेको भन्दै बजार व्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.