×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

कांग्रेसका पुराना  नेता घरका न घाटका

  •  
  • शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    घरबाट निकालिएका कांग्रेसनेता बलबहादुर रुम्दाली प्रकाशपुरमा रहेको छोरीज्वाइँको घरमा ।अन्नपूर्ण

     रत्नप्रसाद आचार्य

    धरानः कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै कांग्रेसमा लागेर राणा शासनविरुद्धको आन्दोलन सफल पार्न होमिएका थिए खोटाङका बलबहादुर रुम्दाली । उनै बलबहादुर यतिबेला घरबाट निकाएिका छन् आफ्नै छोराबुहारीबाट । जीवनको उत्तराद्र्धमा पुगेका कांग्रेसका पुराना नेता बलबहादुरले आँखाभरि आँसु पार्दै भने, ‘कांग्रेसले मलाई पनि हेरेन भने पार्टीलाई ठूलो पाप लाग्ने छ ।’

    कांग्रेसले पछिल्ला दिनमा संस्थापकसमेत रहेका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई समेत बेवास्ता गरेको उनले देखेका थिए । ‘अहिले शेरबहादुर देउवाले मेरो फोनसमेत उठाउन छाडे । जीवनभर इमान्दार भएर देश र जनताको हितमा लागें तर अहिले आफ्ना भनेका छोरा, बुहारी र कांग्रेस पार्टी नै बैरी बनेका छन्’, उनले भने ।

    छोराबुहारीबाट घरनिकाला गरिएका बलबहादुर पार्टीले समेत वास्ता नगरेको भन्दै प्रकाशपुरमा रहेको छोरीज्वाइँको घरमा आ श्रय लिएर बसेका छन् । ‘शरीरले सकुन्जेल देश र जनताको हितमा लागियो । पार्टीलाई अगाडि बढाउन र छोराछोरीको शिक्षादीक्षामा कुनै कसुर बाँकी राखेको थिइनँ । पार्टीले त परै जाओस् छोराबुहारीले समेत घरबाट निकालिदिए’, ८६ वर्षीय बलबहादुरले आँसु खसाल्दै भने, ‘म त घरको न घाटको भएको छु ।’

    चार छोरा र चार छोरीका पिता बलबहादुर तरहरामा रहेका साहिँला छोरा जगत र बुहारी उषाले घरनिकाला गरेपछि बेसहाराजस्तै बनेका छन् । उनी सुनसरीको प्रकाशपुर गाविसमा रहेको छोरीज्वाइँ भवानी अधिकारीको घरमा शरण लिएर बसेका छन् ।

    दमको रोगले थलिएका बलबहादुर पाँच वर्ष अगाडि साहिँला छोरासँगै तरहरा आएका थिए । तर बुहारी उषाले खान नदिने र गाली गरेर घरमा बसी खान नदिएपछि श्रीमतीसँगै घर छाडेर हिँड्नु परेको उनको भनाइ छ । घरबाट अपहेलित भएकै कारण छोरीकै घरमा श्रीमतीको मृत्यु भएको उनले बताए । आफू पनि रोगले थलिएका कारण आर्थिक सहयोगका लागि पार्टीसमक्ष आग्रह गरेको उनले बताए । उनले आफ्नो र श्रीमतीको उपचार गराउँदा छोरीसँग लिएको दुई लाख ऋणसमेत तिर्न नसकेको गुनासो गरे ।

    घरबाट निकालिएपछि दमको रोगले थलिएका बाबुको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन नसकिएको छोरी सुवासी अधिकारीले बताइन् । ज्वाइँ भवानीले पनि ससुराबाले जीवनभर पार्टी र जनताको हितमा लागेकाले कांग्रेसले उहाँलाई उचित सम्मान गर्नुपर्ने बताए ।

    बलबहादुरलाई छोराबुहारीले घरनिकाला गरेपछि एमाले खोटाङले ८७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको ज्वाइँ भवानीले जानकारी दिए । छोराबुहारीले घरनिकाला गरेपछि कांग्रेस नेता अर्जुननर्सिङ केसी र गृहमन्त्रीसमेत रहेका पार्टीनेता विमलेन्द्र निधिलाई आफू अन्यायमा परेको जानकारी गराएको बलबहादुरले बताए ।

    बलबहादुरले आफूले जीवनभर पार्टीके काम गरेको र अन्तिम घडीमा आएर घरबारविहीन हुनु परेको भन्दै आर्थिक सहयता र निःशुल्क औषधि उपचारका लागि कांग्रेस पार्टीसमक्ष माग गरेका छन् । जीवनको अन्तिम अवस्थामा आइपुगेपछि आर्थिक सहायताका लागि कुरा गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई पटकपटक फोन गरेको भए पनि देउवाले फोन नै नउठाएको उनको गुनासो छ ।

    ‘कांग्रेसले इमान्दार भएर काम गर्ने नेता तथा कार्यकर्ताको पहिलेदेखि नै अबमूल्यन गर्दै आएको छ । किसुनजीलाई पनि कांग्रेसले जीवनको अन्तिम घडीमा हेरविचार गरेन । अहिले मलाई कांग्रेसले बिर्सिएको छ’, बलबहादुरले भने । राणशासनविरुद्धको आन्दोलनमा विराटनगर, खोटाङ र भोजपुरमा भएका आन्दोलन र राजा महेन्द्रको २०१७ सालको कूविरुद्धको आन्दोलनमा होमिएका दिनको स्मरण गर्दै बलबहादुरले भने, ‘नेपालमा इमान्दार भएर राजनीति गर्ने समय सकिएछ ।’

    देशको हालको दयनीय अवस्थाले आफूलाई अत्यन्तै मर्माहत बनाएको पनि उनले सुनाए । उनी २०४८ र २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस क्षेत्र नम्बर १ बाट उम्मेद्वारसमेत बनेका थिए । राणशासन र पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा दुईपटकसम्म जेल बस्नु परेको उनले बताए ।

    बलबहादुरका साहिँला छोरा सिंगापुर पुलिस र जेठा छोरा शिक्षकबाट पेन्सन पकाएई अवकास भएर बसेका छन् । कान्छा छोराको निधन भएको र माहिलो छोरा प्रेम खोटाङमै बस्दै आएका छन् । चारवटी छोरी विवाह गरेर गइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बलबहादुर कांग्रेसका पुराना नेता र बीपीका सहपाठीसमेत भएकाले पार्टीले उहाँको जीवनयापन र औषधि उपचारका लागि उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उनले बलबहादुरको उपचार र बाँकी जीवन सहज बनाउन बलबहादुर रुम्दाली आर्थिक सहयोग समित गठन गरिनेसमेत जानकारी दिए । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बलबहादुरलाई घर निकाला गरिएको विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाई उनको पुनस्र्थापनाका लागि पहल गर्ने बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.