×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४९ मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

धुर्मुस र सुन्तलीले यसरी उभ्याए गिराञ्चौरमा नमूना वस्ती (फोटो फिचर)

  •  
  • शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भरतबन्धु थापा

    ६ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको गिराञ्चौरमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमूनामा बस्ती अन्तिम चरणमा पुगेको छ । आगामी कार्तिक १२ गते समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

    धुर्मुस सुन्तलीद्वारा निर्मित एकीकृत बस्तीमा पुग्दा कट्टेलले भने- ‘अहिले लगभग बस्ती निमार्णका ठूला कामहरु सकिइसकेको छ, केही सामान्य काममात्रै बाँकी छन् । घरहरुको रंगरोगन तथा फिनिसिङ्गका कामहरु मात्रै बाँकी छ ।’

    अध्यक्ष कट्टेलले नमूना बस्तीमा निर्माण गरिएका घरहरु भूकम्पमैत्री, वातावरण मैत्री, बालमैली, अपाङ्ग मैत्री र पहिरो मैत्री रहेको बताए ।

    giranchaur_dhurmus-suntali-basti-6कुल ३५ रोपनी जग्गामा करीब ५ करोड लागतमा निमार्ण गरिएको बस्तिमा ६५ वटा घरसहित एक सामुदायिक भवनसमेत रहेको छ । बस्तीमा खेल्नका लागि बालबच्चाहरुलाई पार्कसहित खेल मैदान समेत बनाइएको छ ।

    बस्तीमा रहेका प्रत्येक घरहर अपाङ्गमैत्री छन् । बस्तीका घरहरुमा ह्वील चियरबाट सबै घरहरुमा पुग्न सकिन्छ । अध्यक्ष कट्टेल भन्छन्- ‘यस्तोखालको बस्तीले समाजमा एकीकरण ल्याउनुका साथै सबैमा सहयोगी भावना एवं सामाजिक सदभावसमेत बढाउँछ ।’

    giranchaur_dhurmus-suntali-basti-21बस्ती निर्माणको प्रकृया सुरुवातदेखि नै प्रत्येक घरबाट एकजनाले श्रमदान गरिरहेका छन् । आफुले निर्माण गरेको घरमा आफ्नो श्रम परेपछि माया बढ्छ भन्ने हेतुले स्थानीयवासीले श्रमदानमा सहभागिता जनाएको कट्टेलको भनाइ छ ।

    ‘जहिलेदेखि नमूना बस्तीको सुरुवात गर्‍यौं त्यो समयदेखि प्रत्येक परिवारबाट एकजना सदस्य आएर श्रमदान गरिरहनुभएको छ’ कट्टेल भन्छन्- योबाहेक विभिन्न संघ सस्था, नेपाल सरकार तथा सुरक्षा निकायलगायत  विदेशीहरुले समेत सहयोग गरिरहेका छन् ।

    उनका अनुसार अहिले विभिन्न देशका करिब ७० जना विदेशीले समेत श्रमदान गरिरहेका छन् । विदेशीहरुले सकेसम्म आफ्नै खर्चमा खानपिन गरेर श्रमदान गरिरहेका छन् ।

    निर्माण गरिएको बस्तीमा सकेसम्म स्थानीयको आफ्नै जग्गा भएकाहरुलाई सोही स्थानमा घर दिने र यदि त्यसो नभएको अवस्थामा उपभोक्ता समितिले अन्तिम निर्णय गर्ने अध्यक्ष कट्टेल बताउँछन् ।

    एकीकृत नमुना बस्तीका उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङ भन्छन्-सकेसम्म आफ्नै जग्गामा पर्ने घरी घरहरु दिने सोच रहेको छ । यदि त्यसो नभएमा सामुहिक छलफल गरेर घरहरु हस्तानान्तरण गर्ने सोच छ ।’

    धुमुर्स-सुन्तली  फाउन्डेशनले निमार्ण गरेको बस्ती निकै रमणीय स्थान रहेका कारण यो क्षेत्रलाई पर्यटकीय गन्तब्यसमेत बनाउनुपर्ने पर्यटन व्यवसायी एवं हिमालयन गाईडस् नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।

    giranchaur_dhurmus-suntali-basti-18

    राजधानी बाट ४ घण्टामा सहजै सवारी साधमा पुग्न सकिने भएकाले यो बस्तीमा होम स्टेको सञ्चालन राम्रो हुने पौडेलको भनाइ छ ।

    त्यस्तै व्यवसायी रमेश बराल भन्छन्- यहाँ सामुहिक खेतीसमेत गर्न सकिन्छ । यसले बस्तीमा रहेको समुदायलाई आम्दानी बढाउनका साथै सामुहिक भावना कायम गर्नसमेत मद्दत पुग्छ ।

    वस्ती अवलोकन पश्चात हास्य कलाकार मनोज गजुरेलले भने- ‘धुर्मस-सुन्तली फाउन्डेशनल निकै सह्रानीय काम गरेको छ । उनको काममा सबैले सहयोग गर्नु जरुरी छ ।’

    हेर्नुहोस् बस्तीका केही तस्वीरहरु

    giranchaur_dhurmus-suntali-basti-11giranchaur_dhurmus-suntali-basti-13giranchaur_dhurmus-suntali-basti-16giranchaur_dhurmus-suntali-basti-17giranchaur_dhurmus-suntali-basti-19giranchaur_dhurmus-suntali-basti-20

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.