×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४५ मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

डेङ्गुको सङ्क्रमण भयावह बन्दै

  •  
  • शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शान्ता अधिकारी

    चितवन, कात्तिक ६ गते ।  केही समययता प्रकोपका रूपमा देखिएको डेङ्गु ज्वरो र स्क्राफ टाइफसको चितवन जिल्लाको सहरी क्षेत्र केन्द्र बनेको छ ।
    केही महिना अगाडिदेखि मुसामा हुने माइट्सको टोकाइबाट सर्ने स्क्राब टाइफसको प्रकोप देखिएको चितवन जिल्लाको सहरी क्षेत्रमा यतिबेला लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको प्रकोप फैलिएको छ ।
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकूका महानिर्देशक डा. भीम आचार्यका अनुसार भदौयता देशभरका १२ जिल्लामा जाँच गर्दा तीन सय चार जनामा डेङ्गु भएको पुष्टि भएको र तीमध्ये २७२ जना चितवनका छन् ।  त्यसैगरी गत तीन महिनाको अवधिमा देशका ३९ जिल्लामा ४२८ जनामा देखिएको स्टाब टाइफसका रोगीमध्ये तीन सय सात जना चितवनका हुन् ।  महाशाखाका अनुसार स्टाब टाइफसबाट देशभर १० जनाको मृत्यु भएको छ, तीमध्ये तीन जना चितवनका हुन् ।
    पछिल्लो समय चितवनको रत्ननगर क्षेत्रमा डेङ्गुको प्रकोप फैलिएपछि त्यसको अनुगमन र जाँचपडतालका लागि इपिडिमियोलोजी महाशाखाको टिम चितवन आएको थियो ।  उक्त टोलीले शुक्रबार रोग सङ्क्रमित रत्ननगर क्षेत्रमा सरोकारवाला निकाय र स्थानीय समुदायका अगुवालाई भेला गराएर डेङ्गुका बारेमा जानकारी दिएको छ ।  चितवनका २४८ डेङ्गु सङ्क्रमितमध्ये रत्ननगरको सहरी क्षेत्रका मात्र २२२ जना रहेका छन् ।
    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसूदन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा महाशाखाका महानिर्देशक आचार्यले देशभरको डेङ्गुको अवस्था र चितवनको प्रकोपबारे जानकारी दिनुभएको थियो ।  उहाँले बाहिर हल्ला गरेजस्तो डेङ्गु ज्वरो डरलाग्दो नभएको बताउँदै यसको लक्षणका आधारमा उपचार गराएको खण्डमा निको हुने रोग हो भन्नुभयो ।  सेतो रगत कम हुने र रक्तअल्पता हुने, रक्तश्राव हुने अवस्थाभन्दा अन्य अवस्थाका बिरामीले सामान्य उपचार अर्थात् सिटामोल खाने र प्रसस्त मात्रामा पानी पिउने हो भने यो रोग आफै निको हुने उहाँले बताउनुभयो ।
    अन्तरक्रियाका चितवन मेडिकल कलेजका प्रा. डा. शीतल अधिकारीले आफ्नो कलेजमा यतिबेला तीन जना आईसीयूमा उपचारमा रहेको डेङ्गु बिरामी रहेको र अन्य पाँच जना जनरल वार्डमा उपचारमा रहेको बताउनुभयो ।  त्यसैगरी भरतपुर अस्पतालमा डेङ्गुका १२ जना बिरामी उपचारमा रहेको उक्त अस्पतालका फिजिसियन प्रमुख डा. विजयप्रसाद पौडेलले जानकारी दिनुभयो ।
    अन्तरक्रियामा इपिडिमियोलोजी महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले देशको र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्टोलर रामकुमार केसीले चितवनको वस्तुस्थितिबारेमा जानकारी गराउनुभएको थियो ।  दसैँ अगाडिदेखि डेङ्गुको सङ्क्रमण बढ्न नदिन जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर र रत्ननगरको सहरी क्षेत्रमा एडिस एजिप्टाई लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।  यतिबेला रत्ननगर क्षेत्रमा इपिडिमियोलोजी महशाखाले ११८ स्वयंसेवक परिचालन गरी खोजी र नष्ट अभियान सञ्चालन सुरु गरेको छ ।
    कपिलवस्तु समाचारदाताका अनुसार कपिलवस्तुको पश्चिमी क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।  भारतीय सीमावर्ती बजार कृष्णनगर तथा चन्द्रौटा क्षेत्रमा अहिले डेङ्गु सङ्क्रमण बढ्दै गएको हो ।  एक महिनाअघि फाटफुट देखा परेको डेङ्गुको बिरामी दसैँपछि ह्वात्तै बढेको छ ।
    कृष्णनगरस्थित फेमिली मेडिकल हल, चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा यतिखेर डेङ्गुु रोगको सङ्क्रमणमा परेका बिरामी आउने गरेका छन् ।  शिवराज नगरपालिका–६, चन्द्रौटाका १२ वर्षीय समिर मुसलमानको बुधबार रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण फेला परेको फेमिली मेडिकलका डा. अनवर खानले जानकारी दिनुभयो ।  बिरामी मुसलमानको रगतमा प्लेट्लेट्सको मात्रामा कमी देखिएपछि डेङ्गु लागेको उहाँले पुष्टि गर्नुभएको हो ।  बालकलाई उपचारका लागि मेडिकलमै भर्ना गरिएको छ ।  यसैगरी सिर्सिहवाका २० वर्षीय सुनिल अग्रहरि र कृष्णनगरका १५ वर्षीय नमाज अहमद पनि डेङ्गु सङ्क्रमणले बिरामी भई भैरहवा मेडिकलमा उपचारका लागि रिफर गरिएको छ ।  डा. अनवर खानका अनुसार उपचारका लागि क्लिनिकमा आउने बिरामीमा अहिले दैनिक ७÷८ जना डेङ्गुको लक्षणका बिरामी फेला पर्ने गरेका छन् ।
    दसैंअघि शिवराज नपा–६, चन्द्रौटाका युवा किरण केसीमा डेङ्गु देखा परेपछि उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।  चन्द्रौटा बजार क्षेत्रमा समेत ८ जना डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको वरिष्ठ मेडिकल हल तथा सञ्जीवनी अस्पतालले जनाएका छन् ।  एडिज नामक लाममुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गरेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलको भनाइ छ ।  एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् ।  एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बा हुने गरेको उहाँले बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.