कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ६ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने पक्षमा आफु रहेको बताउनु भएको छ । १२ विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै ओलीले विद्यार्थीहरुको पक्षमा आफु रहेको बताउनु भएको हो ।
१२ विद्यार्थी संगठनले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका छन् । अध्यक्ष ओलीले पछिल्लो समय लोकमानसिंह कार्कीले कानुनको बर्खिलाप गरी अनावश्यक हस्तक्षेप गर्न थालेको आरोप पनि आलीले लगाउनु भयो ।
कानुनी सशासन भन्दा माथी उठ्ने प्रयास गरेका कारण कार्कीलाई महाअभियोग लगाउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले कार्कीका विरुद्धमा सिंगो पार्टीले निर्णय नगरेपनि आफु महाअभियोगको पक्षमै रहेको स्पष्ट पार्नु भयो ।
आफु कार्कीलाई महाअभियोग लगाउने पक्षमाः ओली
आफु कार्कीलाई महाअभियोग लगाउने पक्षमाः ओली
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



