×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २० मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भारतीय गुरु भन्छन्ः नेपाल हिन्दु राष्ट्र हुनुपर्छ र राजा रहनुपर्छ

  •  
  • बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोपीकृष्ण ढुंगाना
    राजधानीको वनकालीमा आयोजित अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय जगद्गुरु शंकराचार्य बासुदेवानन्द सरस्वती । तस्बिरः रजेन्द्र केसी

    काठमाडौंः भारतीय जगद्गुरु शंकराचार्य बासुदेवानन्द सरस्वतीले ९४ प्रतिशत ओमकार परिवार भएको नेपाल हिन्दु राष्ट्र हुनुपर्ने र राजा रहनुपर्ने बताएका छन् । थोरै संख्यामा हिन्दु रहे पनि भारतको संविधानमा धर्म निरपेक्ष शब्द नराखेको उल्लेख गर्दै उनले भने, ‘म त चाहन्छु नेपालमात्र होइन, भारत पनि हिन्दु राष्ट्र होस् ।’ उनले ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बन्नका लागि पशुपतिनाथसँग प्रार्थना गरेको बताए ।
    भारतीय लोकसभाका सांसद एवम् विश्व हिन्दु महासंघ भारत एकाईका प्रमुख आदित्यनाथले नेपाल पहिचानका लागि तड्पिरहेको बताए । उनले विश्वलाई प्रजातन्त्रको पाठ सिकाउने बेलायतसँगै जापान, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्याण्डजस्ता मुलुकमा पनि राजसंस्था रहेको उल्लेख गर्दै नेपालमा राजसंस्था हटाउनु र पूर्वराजालाई वञ्चित गर्नु षडयन्त्र भएको दाबी गरे ।
    भारतले सयौं वर्ष अंग्रेज लगायतको गुलामी गर्दा नेपालले आफ्नो शीर सधैं उचो राखेको पनि उनको भनाइ छ । उनले नेपालको संसदमा हिन्दु राष्ट्रबारे सबै मौन रहेको र यो मौन खतरनाक हुने चेतावनी दिए । उनले भने, ‘हिन्दु राष्ट्र हुनु भनेको राष्ट्रिय चेतना जागृत हुनु हो । यो पद र प्रतिष्ठाका लागि होइन, नेपाल बचाउन र पहिचान राख्न हो ।’
    भारतबाट आएका जगन्नाथ दास वैष्णवले नेपाल कसैले घोषणा गरेर हिन्दु राष्ट्र नभएको बताउँदै अनादिकालदेखि स्वतस्फूर्त भएको पहिचान मेटाउन नमिल्ने बताए । उनले भने, ‘नेपालमा हिन्दु धर्म नास्न विदेशी पैसा र इसारामा चलखेल भएको छ ।’
    नेपाली बाबाले संगठन र एकतामा नै शक्ति रहेकाले अहिले हिन्दू धर्मावलम्बीको संगठन र एकता बढिरहेको बताए । युवासन्त श्रीनिवासले राजनीतिक परिवर्तनको नाममा राजनीतिक दलका नेताहरुले स्वार्थ पुरा गरिरहेको आरोप लगाए । उनले भने, ‘राजसंस्थालाई जनमतबिनै जबर्जस्ती अन्त्य गरियो, धर्म निरपेक्ष भएपछि मठमन्दिर असुरक्षित भएका छन् । देशको प्राणलाई संकटमा पुर्याइएको छ ।’
    राजस्थानका महाराज सिरोहीले हिन्दु राष्ट्र भएमात्र नेपालको झण्डा विश्वमा हमेसा उचो हुने बताए । राष्ट्रिय स्वयंसेवक संघ भारतका संगठक रघुनन्दन शर्माले नेपाल धर्म र संस्कृतिका क्षेत्रमा भारतको दाइ भएको बताए ।
    उनले भने, ‘श्री ५ जनतासामू आउनु प¥यो, युवामा पुग्नुहोस् तपाईलाई उनीहरु ज्यान दिन तयार हुनेछन् । हिम्मतका साथ अघि बढे राष्ट्रको पहिचान जोगिनेछ ।’ विश्व बौद्ध महासंघका प्रतिनिधि कृष्णकुमार लामाले भिजिलान्तेले देश चलाएकाले जनताले धेरै दुःख पाएको भन्दै राजालाई पूर्वअवस्थामा फकाउनुपर्नेमा जोड दिए । महासम्मेलनका संयोजक भरतकेशर सिंहले राजा धर्म, संस्कृति र एकताका प्रतिक रहँदै आएकाले जनताले उहाँकै नेतृत्व चाहेको प्रष्ट पारे ।
    राजधानीमा तीन दिनसम्म चल्ने महासम्मेलनमा थाइल्याण्ड, मलेसिया, बंगलादेश, भारत, पाकिस्तान, मलेसिया, इन्डोनेसिया, श्रीलंका, मौरिसस लगायतका डेढ दर्जन देशको प्रतिनिधित्व रहेको छ । महासम्मेलनले हिन्दु धर्म परिवर्तन गर्नेलाई समायोजन गर्ने, धर्म र संस्कृतिभित्रका विकृति केलाउने, जातीय छुवाछुत लगायतका विषयमा छलफल हुनेछ । महासम्मेलनमा नेपालका तर्फबाट तीनवटा र भारतका तर्फबाट एउटा कार्यपत्र प्रस्तुत हुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.