×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २१ मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भारतीय बाँधको ढोका पुन:बन्द, एक हजार हेक्टर धानखेत डुब्यो

  •  
  • बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बसन्त गिरी, कपिलवस्तु , कार्तिक ४ गते । भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः नेपाली भुभाग डुबानमा परेको छ । भारतले पानी जम्मा गरी सिचाई गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको चार बाधको फाटक (ढोका) बन्द गर्दा नेपाली भूभाग डुबेको हो ।
    भारतीय बझाहा, महलीसागर, सिसवा र मझौली बाँधको ढोका पूर्ण रुपमा बन्द गरिएको स्थानियबासीले जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालयले डुबानको कारण सो क्षेत्रमा काटनका लागि तयारी अवस्थाको एक हजार हेक्टर क्षेत्रको धानबाली डुबेर नष्ट भएको छ । फाटक नखोले पछि दक्षिणी सीमावर्ती क्षेत्रका एक दर्जन गाबिस प्रभावित बनेका छन् ।
    चार वटै बाँधका कारण ६ गाबिसका २५ गाँउमा लगाईएको ९४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा ठूलो क्षति भएको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो ।
    पिपराको तुल्सीडहवामा एक सय, गौरामा दुई सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाबिसको एक देखि ६ वाडका २७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ ।
    यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको स्थानिय राम लखन जैसवालले जानकारी दिनुभयो ।
    अहिले खेतमा पाँच फिट बढी पानी रहेको छ । बाँध निर्माण भए यता बर्षेनी हुने यस्ता डुवानकै कारण २०–२५ बर्ष यता कृषकले राम्ररी खेतीपाती स्याह्नै पाएका छैनन् । असोजको बर्षा पछि भारतीय पक्षले अहिले सम्म बाँधको ढोका खोलेका छैनन् ।
    डुबानको कारण आफ्नो तीन हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूरै डुबेको पीपरा गाबिसको तुलस्ीहिडवाका जगदीश यादवले जानकारी दिनुभयो । ‘ पानीमा डुबेकोले काटने अवस्थामा छैन, ’ उहाँले दुःखी हुदै भन्नुभयो ‘खेत पूरै डुबेको छ, ’ ।
    तत्कालै पानीको निकास नगरिए नेपाल तर्फका हजारौं कृषकले ठूलो क्षति ब्याहोर्नु  पर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाँधको फाटक खोल्नका लागि आफुहरुले पटक पटक भारतीय पक्षलाई सीमानामै गएर आग्रह गर्दा पनि माथिल्लो आदेश भन्दै खोल्न अस्वीकार गरेको स्थानियबासीहहरू बताउँछन् । “पूरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानको लागि कसैले पहल गरेको छैन” बलुहबाका कृषक राजकिशोर पाण्डेयलले भन्नुभयो ।
    सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिदा क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ । करिब पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ । तालमा २८ बटा फलामका ढोका राखेर बाध बनाईएको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाध बनाएको छ । २८ वटा बन्द गरिदा  जमेको पानी निकास हुन पाएको छैन । सीमा क्षेत्रको उक्त ठाउँ बाँधका कारण वर्सेनि डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न तालको बन्धा वर्सेनि अग्लो बनाउदै आएका भारतीय अधिकारीले यस बर्ष धेरै अग्लो बनाएकाले डुबान क्षेत्र बढेको उनीहरूले बताएका छन् ।
    कपिलवस्तु प्रशासनले दुुई देशको अधिकारीबीच हुने समन्वयात्मक बैठकमा प्रत्येक पटक सो मुद्दा उठान गर्दै आएपनि समाधान हुन सकेको छैन । भारतीय पक्षले बनाएको बाँधका कारण भएको डुबानको समस्या बारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा जानकारी गराएको छ । प्रजिअ ईन्दु घिमिरेले कृषकको समस्याका बिषयमा गृह मन्त्रालयमा जानकारी पठाईएको बताउनुभयो । “हामी यसको अनुगमन गर्छौ, यसबारे भारतीय पक्षसँग छलफल गरेर समस्या समाधान गर्न लाग्छौ” उहाँले भन्नुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.