×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

साउदीबाट काठमाडौं आएका नेपाली फेरि लुटिए, साउदीमै चोर लागेको आशंका

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एयरपोर्टमा लुटिएका नेपालीहरु
    रमेश धमला

    ३ कात्तिक, काठमाडौं । साउदी अरबको जेलबाट छुटेर आएका १८ नेपाली लुटिएबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले छानविन गरिरहेकै बेला फेरि ७ जना नेपालीको सामान चोरी भएको छ । पीडितहरुले आफ्नो सामान त्रिभुवन विमानस्थलमा नभई साउदीमै चोरी भएको आशंका गरेका छन् ।

    साउदीको जेद्दा विमानस्थलबाट काठमाडौं ओर्लिएका १८ नेपालीको लगेजबाट शुक्रबार समान चोरी भएको थियो । त्यो घटना सेलाउन नपाउँदै मंगलबार राति फेरि त्यस्तै घटना भएको प्रहरीले जनाएको छ । मंगलबार साउदीबाट नेपाल आइपुगेका ७ जनाको लगेज फुटाएर सामान चोरी भएको पीडितको भनाइ छ ।

    यो पनि पढ्नुहोस्

    • विमानस्थलमा सामान चोरिएको घटनाबारे छानबिन गर्न समिति गठन

    उनीहरुको सामान साउदीस्थित जेद्दा विमानस्थलबाटै गायब पारिएको पीडितहरुले आशंका गरेका छन् । पीडितका अनुसार विमानस्थलमा काम गर्ने नेपाली लोडरले उनीहरुलाई साउदी विमानस्थलमै भनेका थिए तपाईहरुको सामान काठमाडौं नपुग्न पनि सक्छ ।

    कसरी भयो घटना ? झापाका अशोक कार्की सन् २०१५ मा रोजगारीका लागि साउदी पुगेका थिए । रेष्टुरेन्टको लेबर भनेर गएका उनी आफूले भनेजस्तो जागिर नपाएको भन्दै कम्पनी छोडेर हिँडे । साउदीको नियमअनुसार एउटा कम्पनी छोडेर अर्काकोमा गएपछि प्रहरीेले पक्राउ गरेर उनलाई जेलमा राख्नु स्वाभाविकै हो । कार्की गत सेप्टेम्बर १० मा पक्राउ परे । उनलाई जेद्दास्थित सफर जेलमा लगेर राखियो र ३६ दिन थुनामा बसेपछि उनलाई साउदी प्रहरीले नेपाल फिर्ता गरिदियो ।

    नेपाल फर्किने क्रममा मंगलबार साउदीकै जेद्दा विमानस्थलमा उनी आइपुगे । कार्कीसँगै जेल बसेर फर्किएका अरु १७ जना नेपालीहरु पनि थिए । विमानस्थलबाट बोडिङ पास लिएपछि फ्लाई दुबईका कर्मचारीहरुले लगेजहरु विमानमा लोड गर्नका लागि जिम्मा लिए ।

    काठमाडौं आइपुगेका कार्कीले अनलाइनखबरसँग भने, ‘मेरो त सामान खासै केही थिएन । सँगै आएका अनिरुल्ला अन्सारीले चाहिँ आफ्नो मोबाइल, घडीलगायतका सामानहरु भएको झोला मेरै झोलामा हालेर लगेजभित्र राखेका थिए ।’

    कार्कीले अघि भने, ‘हाम्रो सामान लानेवित्तिकै विमानस्थलमै लोडरको रुपमा काम गर्ने एक नेपाली रहेछन्, उनैले तपाईंहरुको सामान पुग्न पनि सक्छ, नपुग्न पनि सक्छ भने ।’

    कार्कीले घटना विवरण सुनाउँदै भने- ‘सामान लोड गर्ने क्रममा जेद्दा विमानस्थलमै भएका सामान सबै लगेजमा राख्न भनिएको थियो । तर, सामान राखेपछि कसैको नाम पनि सोधिएन र त्यसै ट्याग दिइयो र सामान लगियो ।’

    लगेज बुझाइसकेपछि कार्कीसहित १८ जना नेपालीहरु फ्लाई दुबई मार्फत साउदीबाट मंगलबार राति करिब साढे सात बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लिए ।

    ओर्लिएको केही समयपछि लगेज आइपुग्यो । तर, सबै फुटाइएको थियो । कार्कीले भने- मेरै झोलामा अनिरुल्लाले राखेको मोबाइल र घडी भएको ब्यागै छैन ।’

    मंगलबार फ्लाई दुबईबाट कार्कीजस्तै जेलबाट छुटेका १८ जना नेपालीहरु काठमाडौं आएका छन् । उनीहरुमध्ये थुपै्रको मोबाइल लगायतका सामानहरु हराएका छन् । तर, उजुरी भने ५ जनाले मात्रै गरेको प्रहरीले बतायो । गत शुक्रबार सामान गुमाएका नेपालीहरुलाई फ्लाई दुबईले क्षतिपूर्ति दिएको थियो ।

    जेलबाट छुटेका नेपालीलाई छुट्टै कोठामा

    जेलबाट छुटेर नेपाल फिर्ता पठाउन लागिएका नेपालीलाई जेद्दा विमानस्थलको छुट्टै कोठामा राख्ने गरिएको पीडित अशोक कार्कीले बताए । ‘हामी जेलबाट छुटेर आएकाहरुलाई छुट्टै कोठामा राखिन्छ र त्यहीँबाट हाम्रो सामान लैजान्छन्, कार्कीले भने, ‘त्यही वीचमा सामान चोरिएको हुन सक्छ ।’

    ‘हामीलाई सबै सामान लगेजमा राख भन्नुको अर्थ के हो ? एउटै विमानमा आएका अरु यात्रुको सामान त हाम्रोभन्दा गतिलो हुन्छ होला नि, तर केही नहुने, जेलबाट छुटेका नेपालीहरुको मात्रै सामान कसरी लुटिन्छ ? नेपाली लोडरले भनेअनुसार हाम्रो सामान उतै हराएको हो,’ कार्कीले ठोकुवा गरे ।

    कालो सूचीमा राख्ने चेतावनी

    यसैवीच शुक्रबार र मंगलबारका दुबै चोरीका घटना फ्लाई दुबई मार्फत आएका नेपालीमाथि नै भएको छ । त्यसमा पनि जेलबाट छुटेका नेपालीहरुको मात्रै सामान हराएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले फ्लाई दुबईको उडान नै रोक्ने चेतावनी दिएका छन् ।

    फ्लाई दुबईबाटै आएका नेपाली यात्रुहरुको सामान लगातार चोरिन थालेपछि महाप्रवन्धक उपाध्यायले एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर नेपालीहरुको सामानको सुरक्षा गर्न नसक्ने भए विमान उडान बन्द गर्न चेतावनी दिएका हुन् ।

    ‘घटना अर्को ठाउँमा हुन्छ, बदनामी हाम्रो विमानस्थलको हुन्छ, यो कति दिनसम्म सहने ? जसले यात्रु ल्याएको हो, उसले नै आफ्नो यात्रुको सामानको जिम्मा लिनुपर्दैन ?’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘यदि यस्तै हो भने फ्लाई दुबई हाम्रो कालो सूचीमा पर्छ, त्यतिले नपुगे उडानै बन्द हुन पनि सक्छ ।’

    यसअघि गत शुक्रबार फ्लाई दुबईबाटै काठमाडौं ओर्लिएका नेपालीहरुले सामान हराएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै प्रदर्शन गरेका थिए । वादविवादपछि फ्लाई दुबईले पीडितहरुलाई क्षतिपूर्ति दिएको थियो ।

    साउदी दूतावास पन्छिन खोज्यो

    साउदीबाट आएका नेपालीको सामान चोरिएको आरोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई लाग्न थालेपछि विमानस्थलले नेपालस्थित साउदी दूतावाससँग पनि अनुसन्धानका लागि सहयोग मागेको छ ।

    विमानस्थलका प्रवक्ता पे्रमनाथ ठाकुरका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस्ता घटनाहरु हुन थालेपछि अनुसन्धान गर्न दूतावासलाई आग्रह गरिएको थियो । तर, नेपालस्थित साउदी दूतावास भने साउदीस्थित नेपाली दूतावासमार्फत समन्वय गर्ने भन्दै पन्छिन खोजेको ठाकुरको आरोप छ ।

    ‘जेलबाट छुटेका नेपालीहरुमात्रै लुटिएका छन्, त्यो पनि एउटै विमानका यात्रु । तर, बदनामी हाम्रो भैरहेको छ, यसमा साउदी सरकारले पनि अनुन्धानमा सहयोग गर्नुपर्छ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यही विमानस्थलबाट फ्लाई दुबईकै जहाजमा एक सय ४० जना यात्रु आएका छन्, तर जेलबाट छुटेका नेपालीहरुको मात्रै सामान चोरिएको छ । यो कसरी सम्भव हुन्छ ?’ ठाकुरले प्रश्न गरे ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.