×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विवाद बढेपछि गृहमन्त्री नभेटिकनै एसपीहरु काममा फर्किए
    केपी ढुंगाना, काठमाडौं

    कार्तिक ३, २०७३- गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवालीलाई फिर्ता पठाएको छ ।

    गृहमन्त्री निधिले अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्मा मार्फत एसपीद्वयलाई काठमाडौं झिकाए पनि विवाद बढेका कारण गृहमन्त्रीले भेट्दै नभेटी पूर्ववत कार्यक्षेत्रमै प्रमुखको रुपमा पठाएको हाे ।

    मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्माले मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए तर भेट हुन भने सकेको थिएन । डेढ घण्टा कुर्दासमेत मन्त्री निधि नआएपछि उनीहरूले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए । शर्मा र दुवै एसपीसँग रेग्मीले करिब एक घण्टा कुराकानी क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका थिए ।

    नेपाल प्रहरीका प्रवक्त डिआईजी हेमन्त मल्लले पनि दुवै एसपीलाई जिल्लाको शान्ति सुरक्षाको स्थिति बुझ्न मात्रै केन्द्रमा बोलाइएको बताए । ‘जिल्लाको शान्ति सुरक्षाको वस्तु अवस्था बुझ्नो निम्ति बोलाएका थियौं बुझ्ने काम सकिएकाले दुवैलाई सम्बन्धित जिल्लाका काम गर्न पठाइसकेको छौं,’ उनले भने ।

    मंगलबार भेट्न नसकेको गृहमन्त्रीले बुधाबार भेट्ने बताएपनि उनीहरुसँग भेटघाट नै नगरी पुन: फिर्ता पठाइएको हो ।

    सिरहामा माओवादी केन्द्रका नेता तथा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जाहेरी दर्ता छ ।

    जाहेरी दर्ता रहे पनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् । पर्सामा हुन्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै प्रहरी हिरासतमा छ ।

    स्रोतका अनुसार अपहरणको आरोप लागेका माओवादी केन्द्रका नेताविरुद्ध सिरहामा जारी अनुसन्धान र हुन्डीको कारोबारमा पर्सा प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेस निकट व्यापारीमाथि कारबाही रोक्न दुवै एसपीमाथि दबाब बढेको थियो । उनीहरूले जाहेरी दर्ता भइसकेको विषय भन्दै अनुसन्धान रोक्न मानेका थिएनन् ।

    दुवै एसपीले अस्वीकार गरेपछि गृहमन्त्री निधिले नै चासो राखेका थिए । स्रोतका अनुसार प्रहरी महनिरीक्षक उपेन्द्रकान्त अर्याल हुँदा नै दुवै एसपीलाई काठमाडौं बोलाएर प्रस्टीकरण लिने प्रयास भएको थियो । अर्यालले उनको निर्देशन अटेर गरेका थिए । उनी प्रहरी प्रमुखको सम्मेलनमा भाग लिन शुक्रबार अमेरिका गएपछि निमित्त प्रहरी प्रमुख शर्मामार्फत दुवै एसपीलाई काठमाडौं झिकाइएको हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.