×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

संविधान संशोधनको अन्तिम मस्यौदा तयार : प्रधानमन्त्री

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम मस्यौदा तयारीको चरणमा रहेको बताउनुभएको छ ।

    सरकारको काम कारबाहीको रुपरेखा र भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा भाग लिने क्रममा भएका भेटवार्ता र नेपालका तर्फबाट त्यहाँ प्रस्तुत गरिएका धारणाबारेमा आज सदनलाई जानकारी गराउने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो– “नेपालको संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकता दिइएको छ, निर्वाचनसम्बन्धी कानुन र मतदाता कानुनलाई अन्तिमरुपम दिने काम भइरहेको छ ।”

    संविधानका अन्तरवस्तुका बारेमा फरक मत राखेर आन्दोलन र असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उहाँले भन्नुभयो– “संविधानमा आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर निर्वाचनमा जाने कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।”

    प्रधानमन्त्री दाहालले आगामी छठसम्ममा संविधान संशोधन गर्ने तयारीका साथ सरकारले गृहकार्य गरिरहेको जानकारी दिदैं “अलगअलग छलफल गरेर संविधान संशोधनमा सरकार केन्द्रित भएको छ भन्नुभयो ।”

    राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक राखेर प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा जोड दिन सम्बन्धीत पक्षलाई निर्देशन दिइएको बताउँदै उहाँले सो क्रममा आफूले राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिँचाइ, रानीजमरा सिँचाइ, मेलम्ची खानेपानी, बिपी कोइराला क्यान्सर अस्पतालको निरीक्षण गरेको जानकारी पनि दिनुभयो ।

    प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण गर्ने क्रममा चार लाख २० हजार ८६२ पीडितलाई आवास बनाउन पहिलो चरणको अनुदान प्रदान गरिसकिएको बताउँदै पीडितलाई रु तीन लाख राहत पु¥याउने सरकारले घोषणा गरेको स्मरण गराउनुभयो ।

    प्रशासनको उच्च तहमा सक्षम व्यक्तिलाई पु¥याउन मूल्याङ्कनसम्बन्धी व्यवस्था राखेर ऐनमा सुधार गरिएको, हेलो सरकारलाई क्षेत्रीयस्तरमा लैजाने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

    सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकता दिएअनुरुप स्थानीय निकाय पुनःसंरचना आयोगलाई सरकारले आवश्यक निरन्तर सहयोग पु¥याउँदै आएको बताउँदै प्रधानमन्त्री दाहालले मुलुकमा उपयुक्त राजनीतिक वातावरण बनाउन लागिपरेको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले विसं २०७४ माघ ७ गतेसम्ममा नयाँ संसद्को निर्वाचन गर्न नसकेमा मुलुक सङ्कटमा पर्न सक्नेप्रति संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराउँदै सबै पक्षसँग वार्ता र संवादको माध्यमबाट सहमतिमा पुगेर निर्वाचन गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल र नेपालीको हितलाई सर्वाेपरि राखेको छु

    प्रधानमन्त्री दाहालले आफूले हालै गरेको भारत भ्रमणबाट साझा हित र समृद्धिमा योगदान पुगेको छ भन्दै ब्रिक्समा नेपालको उपस्थिति विशेष महत्वपूर्ण रहेको छ भन्नुभयो ।

    नेपालको तर्फबाट ऊर्जा विकास, क्षेत्रीय सम्पर्क सञ्जाल र जनस्तरमा सम्बन्ध विस्तारलाई आफूले प्राथमिकताका साथ उठाएको जानकारी दिँदै भारत भ्रमणमा आफूले धेरै विषय उठाउनुभन्दा विश्वासको वातावरण र भएका सम्झौता कार्यान्वयनमा जोड दिएको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो– “उच्चस्तरको कूटनीतिक मर्यादा राखेर नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ सम्बन्धलाई सुदृढ तुल्याउन योगदान मिलेको छ ।” नेपाल र नेपालीको हितलाई सर्वाेपरि राखेर दुई देशको सम्बन्धलाई उचाइमा राख्ने काम भएको छ । उहाँले भन्नुभयो ।

    वर्तमान सरकारले चालेको कदमबारेमा भारतीय उच्च नेतृत्वलाई भ्रमणका क्रममा आफूबाट स्पष्ट पार्ने काम भएको पनि उहाँले बताउनुभयो ।

    ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनका क्रममा त्रिदेशीय साझा अवधारणाका पक्षमा आफूले राखेको प्रस्तावलाई भारत र चीनले सकारात्मक रुपमा लिएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो– “त्यो भेट, त्यो एउटा सुखद् संयोग र अवसर थियो, मलाई गर्व छ, त्यो अवसर मिलेको र सदुपयोग गर्न पाएकोमा, प्लान गरेको भए त्यो सम्भव थिएन । त्यो भेटबाट दुवै छिमेकीसँग सन्तुलित परराष्ट्र नीति कायम गर्ने बाटोमा योगदान पुगको छ । अरुले प्रशंसा गरेका विषयलाई नेपालले किन आत्मसात् गर्न नसकेको होला ? त्यहाँ भएका छलफल र विचारविमर्श नेपालका लागि निकै महत्वपूर्ण र दीर्घकालीन हितका पक्षमा थिए –उहाँले भन्नुभयो ।”

    प्रधानमन्त्री दाहालले भन्नुभयो– “स्वतन्त्र परराष्ट्र नीति कायम गर्न सरकार प्रतिबद्ध छ, संविधान कार्यान्वयनको निम्ति दलहरुबीच नयाँ सहमति कायम गरेर अघि बढ्न आवश्यक छ, संविधान कार्यान्वयनलाई सत्ता पक्ष र विपक्षको विषय नबनाआँै ।”

    संसद्को अर्काे बैठक यही कात्तिक ४ गते दिउँसो १ बजे बस्ने छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.