×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

स्क्रब टाइफसबाट ६ महिनामा नौजनाको मृत्यु

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रत्ननगर (चितवन), कात्तिक ३ गते  । देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ ।

    महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुईवटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिनुभयो । “केही जिल्लाको पछिल्लो विवरण आउन बाँकी भए पनि अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालका ३८ जिल्लामा टाइफसको सङ्क्रमण भएको छ”, शर्माले भन्नुभयो, “चितवनलगायत केही जिल्लामा डेङ्गु सङ्क्रमणसमेत बढेको छ ।”

    चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ । डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै पाँच सय २६ जना सङ्क्रमित भएका छन् । बाँकी एक सय पाँचजना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन् जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन् । अरू सबै चितवनमा पुष्टि भएका बिरामी हुन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले डेङ्गुबाट चितवनमा उपचार गरेका दुई सय १९ र स्क्रब टाइफसबाट हालसम्म तीन सय सातजना सङ्क्रमित भएको जानकारी दिनुभयो । उहाँले डेङ्गुको सङ्क्रमण बढ्दो रहे पनि स्क्रब टाइफसको सङ्क्रमण दरमा केही घटेको पाइएको बताउनुभयो ।

    इपिडिमियोलोजी शाखाप्रमुख डा शर्माका अनुसार २०७३ सालको वैशाखदेखि अहिलेसम्म नेपालमा स्क्रब टाइफसबाट नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई, सङ्खुवासभाका दुई, कैलालीका दुई, तनहुँका एक, गुल्मीको एक र भोजपुरका एकजना छन् । अघिल्लो वर्ष एक सय एकजनामा टाइफस सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको डा शर्माले जानकारी दिनुभयो ।

    स्क्रब टाइफस एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण पुष्टि भएको रोग हो भने डेङ्गु रोग २०६७ सालमा चितवनमा महामारीका रुपमा फैलिएको थियो । चितवनमा दुईवटै रोगको परीक्षणमा चितवनमा नेपाल सरकारले निःशुल्क कीटको व्यवस्था गरेको छ भने जिल्लामा नियन्त्रण अभियानसमेत सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइरालाले जानकारी दिनुभयो । चितवनको पनि रत्ननगरमा अहिले डेङ्गुको प्रकोप बढ्दो रहेको उहाँको भनाइ छ । चितवनमा भएको मध्ये रत्ननगरमा मात्र ८० प्रतिशत डेङ्गुको सङ्क्रमण फैलिएको छ ।

    एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ भने उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा हुर्कन्छ । रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु र कुनै पनि खुला भाँडो या बट्टामा पानी जम्न दिन नहुने चिकित्सकले बताएका छन् ।

    यस्तै, स्क्रब टाइफस रोग मुसाको कानमा बस्ने माइट नामको सूक्ष्म किराले टोकेमा सर्छ । मुसाको कानमा बसेर अघाइसकेपछि झार या झाडीमा झर्ने र त्यहाँ मानिस पुग्दा टाँसिएर टोक्छ र टाइफस रोग सर्ने गर्छ । चितवनमा अघिल्लो महिना मुसा र माइटमा गरिएको परीक्षणमा समेत दुवैमा टाइफसको सङ्क्रमण भएको पाइएको इपिडिमियोलोजी महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताउनुभयो ।

    डेङ्गु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, प्लेटलेट घट्ने हुन्छ ।

    स्क्रब टाइफस रोग लाग्दा भने एकसय चार डिग्रीभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, विभिन्न टोकेको ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि लिन जनस्वास्थ्य कार्यालय चितवनले सर्वसाधारणमा अनुरोध गरेको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.