×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

समर्थन फिर्ताबारे मोर्चा विभाजित

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    Image copyrightSUBHA NARAYAN YADAV
    Image captionसंविधान संशोधनको छलफलमा सरकारले ढिलाई गरेकाले शंका उब्जिएको मोर्चाको भनाइ छ।

    तराई केन्द्रित दलहरुको मोर्चासम्बद्ध केही नेताहरुले समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने बताउन थालेका छन् भने केहीले सरकारले संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्ने समयसीमा नतोकिएकाले समर्थन फिर्ता लिने विषय निरर्थक रहेको बताएका छन्।

    नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीच भएको तीन बुँदे सम्झौतामा सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने उल्लेख छ।

    तर दुई पक्ष बिच संविधान संशोधनका विषयबारे बुँदागत छलफल हुन सकिरहेको छैन।

    संविधान संशोधनबारेको अन्यौलका माझ सरकारलाई समर्थन गरिरहने अथवा फिर्ता लिएर आन्दोलनमा जाने विषयमा मोर्चामा दुई धार देखिएको छ।

    विभाजित

    छठसम्म सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता नगरे समर्थन फिर्ता लिएर आन्दोलनमा जाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए।

    उनले भने, “तिहार छठसम्म पनि संशोधन प्रस्ताव दर्ता भएन भने हामी संघर्षमा जान वाध्य हुनुपर्छ। छठपछि मोर्चाले आवश्यक निर्णय गर्छ। आन्दोलनको कार्यक्रम अगाडि बढाउन हामी बाध्य हुन्छौं।”

    उनको भनाईप्रति विमती जनाँउदै तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले समर्थन फिर्ता लिने नलिने विषयमा मोर्चामा कुनै छलफल नभएको बताए।

    उनले भने,”मोर्चामा वा गठवन्धनमा कुनै छलफल भएकै छैन। कुनै पार्टीले आफ्नो अभिव्यक्ति दिन सक्छ। तर जब सरकारले हामीलाई विश्वास गरेन भन्ने हामीलाई लाग्छ त्यतिबेला हामी छलफल गर्छौं र आन्दोलनमा जान वाध्य हुन्छौं।”

    नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा पनि छठ लगत्तै मोर्चाले आन्दोलनमा जाने बताउँछन्।

    उनको भनाई छ,”संविधान संशोधन प्रस्ताव संसदमा लानु पर्यो। नत्र उहाँहरुलाई दिएको प्रस्ताव फिर्ता लिएर कम्तीमा हामी उहाँहरुसंग छैनौं भन्नु जरुरी छ।”

    दुई धार

    तर संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने कुनै समयसीमा नरहेको उल्लेख गर्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिँह भण्डारीले घुर्की देखाउनु ठिक नभएको बताए।

    उनले भने, “फिर्ता लिने बारेमा मोर्चाको बैठकको आधिकारिक निर्णय भएको छैन। हामीले संझौता गर्ने बेलामा यति महिना भित्र माग पूरा भएन भने समर्थन फिर्ता लिनेछौं भनेर समयसीमा तोक्ने काम पनि गरेका थिएनौं। समयसीमा तोक्ने काम स्वयं सरकार र सरकार प्रमुखले गरिरहेका छन्। हामीले घुर्की वा धम्कीको राजनीति गर्न खोजेका छैनौं।”

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गर्न पटकपटक समय तोकेपनि संसदमा दर्ता हुन सकेको छैन।

    संशोधन गर्ने धाराहरुबारे समेत मोर्चा र सरकारबीच सहमति बन्न नसकेको बताइन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.