×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

मोसुुलमा मानवता देखाउन अपील

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रेडक्रसको अन्तर्राष्ट्रिय समितिले इराकी शहर मोसुलमा भइरहेको भीडन्तमा मानवीय भावना देखाउन दुबै पक्षलाई अपील गरेको छ।

    आइएसले स्थानीय वासिन्दालाई मानव ढालका रुपमा प्रयोग गर्ने वा रासायनिक हतियार प्रयोग गर्ने डर सहायता संस्थाहरुलाई छ।

    इराकी सेना र उसका समर्थकहरु मोसुल शहरको नजीक आईरहँदा शहरमा रहेका १० लाख भन्दा बढी सर्वसाधारणका बारेमा चिन्ता बढिरहेको समयमा रेडक्रसले त्यस्तो आह्वान गरेको हो।

    धेरैजसो शिया मुसलमान रहेको इराकी सेनाले मोसुलका अधिकांश सुन्नी वासिन्दामाथि बदला लिने डर पनि देखिएको छ।

    अघि बढ्दै

    त्यो द्वन्द्व शुरु भएको मंगलबार दोस्रो दिनसम्ममा सरकारी सेनाले शहरको दक्षिणतर्फ रहेका १० वटा गाउँ कब्जा गरेको बताएको छ।

    इराकी सेना अपेक्षा गरे भन्दा चाँडै अघि बढिरहेको पेन्टागनले बताएको छ।

    तर प्रवक्ता पिटर कुकले भने जिहादीहरुले आक्रमणको सामना गर्ने हुन् कि होइनन्, त्यो हेर्न बाँकी भएको हुनाले मोसुल कब्जा गर्न समय लाग्न सक्ने बताएका छन्।

    इस्लामिक स्टेटका लडाकुहरुले सन् २०१४ को जुन महिनामा मोसुल शहर र त्यसपछि उत्तरी र पश्चिमी इराकको धेरै भाग कब्जा गरेका थिए।

    प्रतीकात्मक

    Image copyrightAP

    उक्त समूहका नेता अबु बक्र अल बग्दादीले मोसुलको एउटा मस्जिदबाट आफ्नो अधीनका क्षेत्रलाई खलिफेट अर्थात धार्मिक राज्य घोषणा गरेका थिए, त्यसैले त्यो शहर फिर्ता लिनु प्रतीकात्मक हुने कुकले बताए।

    शहरी क्षेत्रमा आइएसको अन्तिम अड्डा मोसुल कब्जा गर्नका लागि सोमबार करीब ३० हजार इराकी सेना, कुर्द लडाकु, सुन्नी अरब आदिवासी र शिया विशेष फौजको गठबन्धन त्यसतर्फ अघि बढेको हो।

    कारवाही शुरु भएको केही घण्टामा कुर्दहरुले थुप्रै गाउँमाथि कब्जा गरे र आफ्ना सबै प्रमुख लक्ष्यहरु प्राप्त गरेको सोमबार बेलुकी घोषणा गरे।

    त्यसका साथै उनीहरुले कुर्द शहर एर्बिलबाट मोसुल जाने महत्वपूर्ण सडकखण्ड समेत कब्जा गरे।

    चिन्ता

    मोसुलमा आइएसका करीब ३ देखि ५ हजार लडाकुहरु रहेको पेन्टागनको अनुमान छ।

    इराकी सेना उक्त शहरको नजिकै पुगेको समयमा त्यहाँ फँसेका सर्वसाधारणका बारेमा चिन्ता बढेको छ।

    मोसुलको छेउमा पुगेका पत्रकार स्टीभन नबिलले बीबीसीलाई बताए अनुसार त्यहाँका वासिन्दा मुक्ति पाउने आशामा उत्साहित देखिन्छन्।

    तर साथै आइएसले उनीहरुप्रति कस्तो व्यवहार गर्ने हो भन्ने बारेमा चिन्तित छन् र हवाइ हमलामा वा भीडन्तमा परिने हो कि भनेर त्रस्त छन्।

    विविधताको शहर

    Image copyrightAFP

    निनेवे प्रान्तको राजधानी तेलको धनी शहर मोसुल इराकको दोस्रो ठुलो शहर हो।

    त्यो शहरमाथि आइएसको आधिपत्य आइएसको शक्ति र ठूलो क्षेत्रमाथि कब्जा गर्ने सक्ने सामर्थ्यको प्रतीक बन्यो।

    सुन्नी अरब, कुर्द, अस्सिरियन, र तुर्कमेन समुदाय सहित थुप्रै धार्मिक अल्पसंख्यक रहेको मोसुल शहर विविधताले पूर्ण थियो।

    आइएसको आक्रमणपछि ती अल्पसंख्यक समुदायका थुप्रै मानिसहरु शहर छोडेर भागेका थिए।

    बढ्दो विरोध

    त्यो भन्दा अघिको शिया नेतृत्वको केन्द्रिय सरकारदेखि रुष्ट धेरै स्थानीय सुन्नी अरबहरुले शुरुमा आइएसको स्वागत गरेका थिए।

    तर आइएसको २ वर्षको शासनपछि मोसुलमा उनीहरुप्रतिको विरोध बढ्दो रहेको बताइन्छ।

    इराकी सेनाले आइएसलाई मोसुलबाट हटाउन सफल भयो भने पनि उत्तरी र पूर्वी इराकका थुप्रै भागमा उक्त समूहको नियन्त्रण कायम रही नै रहनेछ।

    मोसुलमाथिको सैनिक आक्रमणका कारण १ लाख इराकी सर्वसाधारण भागेर सिरिया वा टर्की जाने सम्भावना रहेको संयुक्त राष्ट्रसंघले बताएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.