×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

संसद्‌मा प्रश्न : लोकमान कहाँ छन् ?

  •  
  • मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको महिना लामो विदेश यात्रा र सर्वोच्च अदालतले म्याद तामेल गर्न नसकेको अवस्थाबारे संसद्‌मा प्रश्न उठेको छ।
    सांसदहरुले कार्कीको महिनादिन लामो विदेश यात्रा र सर्वोच्च अदालतले कार्कीको उपस्थितिका लागि म्याद तामेल गर्न नसकिरहेको अवस्थाबारे सरकारले संसद्‌लाई जानकारी दिनुपर्ने माग गरेका छन्। कार्कीले न्यायलयलाई पनि अवज्ञा गर्न खोजेको र म्याद तामेल गर्न अदालतले पनि आलटाल गरेको भनाइ सांसदहरुको छ।
    वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेसका सांसद राधेश्याम अधिकारीले कार्की एक महिनादेखि विदेशमा किन बसेका छन्, यसबारे संसदमा जानकारी गराउन सरकारसँग माग गरेका छन्।मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले भने, ‘संवैधानिक निकायका प्रमुख व्यक्ति किन विदेश गएका हुन् र कहिले आउने हुन भन्नेबारे सरकारले संसदलाई जानकारी दिनुपर्छ।’
    उनले भने,‘अख्तियार प्रमुख कार्की यतिबेला नेपालमा हुनुहुन्न।उहाँको विदा स्वीकृत गर्ने निकाय पक्कै पनि मन्त्रिपरिषद नै हो। त्यसो हो भने संसदलाई अख्तियार प्रमुखको विषमा जानकारी दिइयोस्। उहाँ केका लागि विदेश जानु भएको हो?विदा कति अवधिका लागि स्वीकृत गराउनु भएको हो?’
    उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस गर्न नदिनु सर्वोच्च अदालतको आदेशको अपहेलना भएको बताए। उनले एक व्यक्तिका अगाडि मुलुक नतमस्तक बन्न नहुने बताए। उनले भने,‘एउटा व्यक्तिले मुलुकको कानुन मान्दिन भनेर बस्न सक्छ। तर राज्य नै नतमस्तक भएर बस्नु हुँदैन। यसलाई गम्भीररुपले लिनुपर्दछ।’उनले संविधानको व्यवस्थाअनुसार महाअभियोग समिति बन्न किन ढिलाइ भएको हो भन्नेबारे संसदमा प्रश्न समेत गरेका थिए।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको निवासमा म्याद टाँस्ने सर्वोच्च अदालतको प्रयास फेरि पनि असफल भएको थियो। म्याद टाँस्न लोकमानको निवासमा सोमबार बिहान पुगेका सर्वोच्चका कर्मचारीलाई केही युवाको समूहले म्याद टाँस्न रोक लगाएका थिए।
    आफूहरुलाई सामसुङ कम्पनीका कर्मचारी बताउने युवाहरुको समूहले अख्तियार प्रमुख कार्कीको घरमा म्याद टाँस्न रोकेको थियो। उनीहरुले त्यो घर सामसुङ कम्पनीले भाडामा लिएको बताएका थिए। प्रमुख कार्की मुलुक बाहिर रहेकोले उनलाई हाजिर हुनका लागि पुरानो बानेश्वरस्थित उनको घरमा म्याद टाँस्न सर्वोच्चले सोमबार दोस्रोपटक तामेलदारलाई खटाएको हो।
    यसअघि पनि सर्वोच्चले म्याद टाँस्नका लागि उनको घरमा तामेलदार खटाएको थियो। पहिले पठाइएका तामेलदार म्याद नटाँसी सम्पर्कबाहिर बसेपछि अदालतले सोमबार अर्का दुई तामेलदारलाई म्याद टाँस्न पठाएको बताइएको छ।
    सर्वोच्चका तामेलदारहरु कार्की निवासमा म्याद टाँस्न पुग्दा युवाहरुको समूह गेटमा तैनाथ थिए। म्याद टाँस्नका लागि उनीहरु सहयोग लिन वडा कार्यालय पुगेका थिए। तर उनीहरुको प्रयास सफल हुन सकेन।
    दुई हप्ता लामो सद्‌भावना भ्रमणका लागि एक महिना अघि क्यानाडा गएका कार्की अहिलेसम्म फर्केका छैनन्। प्रमुख आयुक्त कार्की क्यानाडा स्थित भ्रष्टाचार विरुद्ध कार्यरत निकाय तथा अन्य सम्बन्धित निकायका प्रमुखहरुको निमन्त्रणमा सद्‌भावना भ्रमणका लागि असोज ३ गते त्यसतर्फ गएका थिए।
    अख्तियारले असोज ३ गते जारी गरेको विज्ञप्तीमा करिब दुई साता लामो भ्रमण हुने उल्लेख छ। तर दुई हप्तापछि पनि उनी फर्केका छैनन् र विदा लिएर त्यही बसेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको रिटको पुनरावलोकन गर्ने सर्वोच्चले निर्णय गरेपछि कार्कीलाई अदालतमा उपस्थित अदालतले आदेश दिइसकेको छ। त्यही आदेशअनुसार म्याद टाँस्न लागिएको हो।
    अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्कीविरुद्ध दायार गरेको रिट पहिले सर्वोच्च अदालतले खारेज गरेको थियो। तर एक महिनाअघि प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलासले भदौं ३१ गते उक्त मुद्दामा पुनरावलोकन गर्ने निर्णय गरेको थियो।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.