कार्तिक २, २०७३- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीकको म्याद तामेलीमा अवरोध खडा गरेको भन्दै तामेलदार शम्भुबहादुर खत्री , काठमाडौं महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राई र खरिदार भेषराज अर्याललाई १ हजार जरिवाना र १५ दिनको कैद प्रस्ताव गरेको छ ।
उनीहरुलाई समयमा म्याद तामेल नगर्ने र तामेलीमा असहयोग गरेको आरोपमा उक्त प्रस्ताव गरिएको हो ।
मुलुकी ऐन अदालती बन्दोबस्ती १११ नम्बर बमोजिम कारबाही गर्न नपर्ने भए ७ दिन भित्र उपस्थित भई लिखित जवाफ पेश गर्न उनीहरुको नाममा सूचना जारी गरेको हो ।
कार्कीको म्याद तामेल गर्ने क्रममा अदालतलाई असहयोग गरेको भन्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलाशले यो आदेश दिएको हो ।
ekantipur




















