×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५८ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

आधुनिक बन्दैछ राजधानी

  •  
  • मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बानेश्वर माइतीघर सडक
    नविन अर्याल
    काठमाडौः सहरको बीचमा अग्लो बिजनेस टावर, चौंडा सडक अनि भूमिगत पार्किङ । बिदामा घुम्नका लागि प्रशस्त मनोरञ्जन पार्क र यात्राका लागि केवलकार अनि मेट्रो रेल पनि । यस्तै, म्युजिकल वाटर फाउन्टेन पोखरी र नेटवर्क आर्क ब्रिजको थप सुन्दरता । यो कुनै विकसित सहरको कथा होइन, केही वर्षभित्र बन्न लागेको राजधानीको चित्रण हो ।
    राजधानीमा यस्ता परियोजना बन्दैछन् जसले कुरुप हुँदै गइरहेको सहरलाई सुन्दर बनाउनेछ । काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण र निजी क्षेत्रले आधुनिक सहर बनाउन लागेका हुन् । यहाँ महत्वकांक्षी डेढ दर्जन परियोजना बन्दैछन् । केही परियोजनाको काम सुरु भइसकेको छ । बाँकी परियोजना विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) तयार भई निर्माणको तयारीमा छन् । आगामी चार÷पाँच वर्षभित्र सबै परियोजना सिध्याउने सम्बन्धित निकायको लक्ष्य छ ।
    निर्धारित समयमा काम सम्पन्न भएमा काठमाडौं केही वर्षभित्रै आधुनिक र व्यवस्थित सहर बन्नेछ । तर, समयका काम हुनेमा शंका छ । नेपालमा धेरै राम्रा योजना बनेर पनि कार्यान्वयन नभएका धेरै उदाहरण छन् । महानगरले धेरै महत्वकांक्षी परियोजना अगाडि सारेको छ । यी परियोजनाको लागत उच्च छ । त्यसैले लगानीकर्ता खोजेर निर्माण गर्न कठिनाइ देखिन्छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा परियोजना निर्माण गर्न महानगर कस्सिएको हो ।
    विकासका योजना
    भूकम्पले भत्किएको धरहरा पुरानै डिजाइनमा आधुनिक र भव्य बनाउन लागिएको छ । वाटर फाउन्टेन, म्यूजियम, थिएटर, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङसहितको ११ तले धरहराको स्केच तयार भइसकेको छ । धरहरामा लिफ्ट हुनेछ । तीन वर्षभित्र निर्माण गरिसक्ने धरहरामा करिब तीन अर्ब लगानी हुनेछ । धरहरा बनाउन जनताबाट रकम संकलन भइरहेको छ । अपुग रकम लगानी गर्न नेपाल टेलिकम तयार देखिएको छ ।
    पुरानो बसपार्कमा २९ तले भ्यू टावर निर्माण सुरु भएको छ । जलेश्वर-स्वच्छन्द बिकोइ कम्पनीले टावर निर्माण गर्दैछ । सुरुमा १२ तलाको मात्र भवन निर्माण हुनेछ । दोस्रो चरणमा २९ तलाको बनाइनेछ । टावरमा बस टर्मिनल, होटेल, रेस्टुरेन्ट, फिटनेस हल, सेमिनार हल, मल्टिप्लेक्स हल, स्विमिङ पुल, सपिङ सेन्टरलगायत रहनेछन् । टावर निर्माणमा ६/७ अर्ब लगानी हुने अनुमान छ ।

    खुलामञ्च र लैनचौरमा भूमिगत बहुतले पार्किङ बनाउँदैछ, महानगर । पीपीपी मोडलमा बनाइने पार्किङको डीपीआर तयार भइसकेको छ । दुवै ठाउँमा बजार, कफीसप र पसल पनि हुनेछन् । खुलामञ्चमा तीन अर्ब र लैनचौरमा ७५ करोड लगानीको अनुमान छ । यस्तै, धर्मपथमा आधुनिक स्वचालित पार्किङ बनाउन महानगर कस्सिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बहुतले पार्किङ तयार भइसकेको छ ।
    तीनकुनेको ५० रोपनी खाली जमिनमा मनमोहक शान्ती मण्डला बनाउन लागिएको छ । यहाँ महानगरले धार्मिक तथा आध्यात्मिक पार्क बनाउन लागेको हो । यसले सिंगो राजधानीको मुहार परिवर्तन गरिदिनेछ । शान्ति मण्डला निर्माण गर्न चीनको छेन्दु नगरपालिकाले चासो देखाएको छ । प्रारम्भिक डिजाइनमा मण्डलाभित्र १६ मिटर अग्लो बुद्धको मूर्ति राखिनेछ । मन्डला निर्माणका लागि करिब सवा करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
    चन्द्रागिरि डाँडामा केवलकार सञ्चालनमा आइसकेको छ । यसले राजधानीमा घुम्न जाने ठाउँको अभाव केही हदसम्म कम गरेको छ । केवलकार साढे दुई किलोमिटर लामो छ । झन्डै २६ सय मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका पूरै देख्न पाइन्छ । साथै, एक सय ८० डिग्री रेन्जमा हिमाल, वरिपरी पहाड, दक्षिणतर्फ तराईको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यही ठाउँमा पाँचतारे होटेल बनिरहेको छ । परियोजनाको कुल लागत तीन अर्ब रुपैयाँ छ ।
    रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउन्टेन’ पार्कमा परिणत गरिँदैछ । निर्माण कार्य सुरु भइसके पनि अहिले विवादले काम रोकिएको छ । विदेशको झल्को मेटाउने गरी पार्क बनाउन लागिएको हो । वाटर फाउन्टेन तयार छ । मन्दिर र छेउमा बस्नका लागि पार्क निर्माण कार्य सुरु भएको छ । वरिपरी गार्डेन हुने रोनीपोखरीमा दुई घन्टा बिताउन सकिनेछ ।
    थापाथलीको कालमोचन घाटदेखि टेकु दोभानसम्मको साढे दुई किलोमिटर क्षेत्रमा सम्पदा पदमार्ग बनाइनेछ । महानगरपालिकाले बागमती किनारका सम्पदा अवलोकनका लागि सम्पदा मार्ग बनाउन लागेको हो । यो धार्मिक पर्यटक, पुराना सम्पदाका पारखी, विदेशी पर्यटक र अध्ययनमा चासो राख्ने सबैको गन्तव्य हुनेछ ।
    यसले बागमती किनारमा रहेका पुरातात्विक महत्वका सम्पदा, धर्म, कला र संस्कृतिको धरोहरलाई जोगाउन सघाउ पुग्नेछ । साथै, सहरको कोलाहलबाट मुक्ति चाहनेका लागि उत्कृष्ट पैदलयात्रा गन्तव्य हुनेछ । यस परियोजनामा झण्डै आठ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
    भित्री चक्रपथ विस्तार गरी आठ लेनको बनाइँदैछ । पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म विस्तार कार्य जारी छ । २७ किलोमिटर चक्रपथ १० वर्षभित्र विस्तार गरिसक्ने लक्ष्य राखिएको छ । पहिलो चरणको १०.९ किलोमिटर सडक २०७३ भित्र सम्पन्न गर्ने बताइएको छ । चीन सरकार दोस्रो चरणको विस्तारमा पनि सहयोग गर्न इच्छुक देखिएको छ । पहिलो चरणको विस्तारमा चीन सरकारले पाँच अर्ब लगानी गर्दैछ । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैंचा बनाइनेछ । पूरै चक्रपथ विस्तार गर्न र नौवटा आकासे पुल बनाउन १३ अर्ब लाग्ने अनुमान छ ।
    अहिले बाहिरी चक्रपथ चर्चामा छ । यसले राजधानीमा थप सुन्दर र व्यवस्थित बनाउनेछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथको नक्सा तयार पारी काम सुरु गर्न लागेको छ । उपत्यकाका तीन जिल्ला जोड्ने यो चक्रपथको अवधारणा ११ वर्षअघि तयार भएको थियो । प्राधिकरणले चरणवद्ध रूपमा निर्माण कार्य सुरु गर्न लागेको हो । यो चक्रपथ ७२ किमीको प्रस्ताव गरिएको छ । यो पनि आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्र्याक, ग्रिनरी बेल्ट, फुटपाथ रहनेछ ।
    राजधानीमा सिटी अर्वान केवलकारको डीपीआर तयार भइसकेको छ । यहाँका चार ठाउँबाट केवलकार सञ्चालन गर्न सकिने पहिचान भएको छ । फ्रान्सका दुई कम्पनीले हालैमात्र डीपीआर तयार पारेका हुन् । लगनखेल–जमल, टंकेश्वर–गोंगबु, कलंकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमतीमा केवलकार सञ्चालन गर्न सकिनेछ ।
    पहिलो चरणमा बौद्धनाथदेखि विष्णुमतीसम्म सात किलोमिटर लामो केवलकार सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यो केवलकार लाइनमा २५० वटा गुन्डुला हुनेछन् । एउटा डब्बामा १२ जना अटाउने र सबै गुण्डुलाबाट एक दिनमा ७० हजार यात्रुलाई सेवा दिन सकिनेछ । पहिलो चरणको केवलकार निर्माणका लागि १० अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यसले काठमाडौं सहरको स्वरुप परिवर्तन गर्नेछ । यो परियोजनामा स्वदेशी विदेशी लगानीकर्ता सहभागी हुनेछन् ।

    काठमाडौंमा मेट्रो रेल चलाउने बहस पुरानो भइसक्यो । तर, अपेक्षित काम अगाडि बढ्न सकेको छैन् । मेट्रो रेल सञ्चालन गर्न सकेमा उपत्यकाको ट्राफिक कम हुनेछ । साथै, राजधानीको स्वरुपसमेत परिवर्तन हुनेछ ।
    काठमाडौं उपत्यकाको चक्रपथमात्र होइन, भित्रि सडक पनि विस्तार भइरहेको छ । सडकमा सोलार स्ट्रिट लाइट जडान गरेर सहरलाई झिलिमिली बनाउने काम तीव्र गतिमा भइरहेको छ । मुख्य सडक र चोकमा बिजुली, फोन, इन्टरनेट, केवलका तार अन्डरग्राउन्ड गरिँदैछ । यसले सहरको चमक झन बढाउँदै गएको छ ।
    माइतीघरदेखि सूर्य विनायकसम्मको सडक ६ लेनमा विस्तार भएको छ । त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक विस्तार कार्य जारी छ । सहरका सडक चौडा हुँदा आकर्षक र सुन्दर देखिन्छ । यस्तै, बागमती, विष्णुमती, धोवीखोला किनारमा पार्क बनाइँदैछ । यी परियोजना सम्पन्न भइसक्दा कंक्रिटको जंगल राजधानी सुन्दर सहरमा परिणत भइसक्नेछ ।
    राजधानीमा बन्न लागेका परियोजना

    . लिफ्ट चढ्ने आधुनिक धरहरा
    . २९ तले काठमाडौं भ्यू टावर
    . खुलामञ्च, लैनचौर, धर्मपथ, एयरपोर्टमा बहुतले पार्किङ
    .तीनकुनेमा शान्ती मण्डला
    .आधुनिक रानीपोखरी
    . आठ लेनको भित्री तथा बाहिरी चक्रपथ
    . बागमती सम्पदा मार्ग
    . सुविधा सम्पन्न बसपार्क
    . बिजुली बजार, तीनकुनेमा नेटवर्क आर्क ब्रिज
    . त्रिपुरेश्वर नागढुंगा सडक विस्तार
    . सडकमाथि केवलकार
    . सडकमा सोलार स्ट्रिट लाइट
    . चन्द्रागिरि केवलकार

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.