×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

कहीँ नभएको जात्रा हाँडीगाउँमा

  •  
  • मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशान्त माली
    कार्तिक २, २०७३- हाँडीगाउँमा शनिबार ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरी ‘चोक्ते नारायण’ जात्रा मनाइएको छ । पौराणिक कथनअनुसार लिच्छविकालमा एउटी दिदीको बिहे धनी र बहिनीको गरिब परिवारमा भएछ । दिदीले बहिनीलाई आफू धनी परिवारको भएकीले राम्रो स्वस्थ सन्तान जन्माउन सक्छु भनी घमण्ड गरिछन् । बहिनीले आफूसँग धनसम्पत्ति नभए पनि भगवान् विष्णुप्रति आफ्नो आस्था भएकाले आफ्नो पनि राम्रो सन्तान जन्मने विश्वास लिइन् ।

    ९ महिनामा बहिनीले स्वस्थ सुन्दर सन्तान जन्माइन् तर घमण्ड गर्ने दिदीको गर्भमा रहेको सन्तान १३ वर्ष बित्दा पनि जन्मिएन । रिसाएर शिवपुरी जंगलमा ध्यानमा बसेका विष्णुलाई मनाउन सके पेटको बच्चा जन्मिने ज्योतिषीले बताएछन् । त्यसपछि ज्योतिषको सल्लाहअनुसार दिदीले क्षमापूजा गरिन् । अन्यत्र कतै नपाइने विश्वकर्माले बनाएको खटमा राखेर जात्रा गर्ने, सुनको धागोले उनेको मैनको फूल र हिमालय पर्वतलाई ल्याएर जात्रा गर्ने प्रतिबद्धता उनले गरेपछि विष्णु खुसी भए । यसरी १४ वर्षपछि जन्मिएको उनका छोरालाई विष्णुको प्रतीकका रूपमा लिइयो । कोता: त्वा (टोल) का नाइके कृष्णबहादुर डंगोलका अनुसार १४ वर्षमा जन्मिएको हुनाले नेपाल भाषामा नारायणलाई चोक्ते: नारायण भनियो ।

    यसपालिको जात्रामा दिदीको प्रतीकका रूपमा सत्यनारायणका पुजारी सुशीला श्रेष्ठले पूजा गरेकी थिइन् । सामान्यत: अन्य ठाउँको खट जात्रामा गजुर टुप्पोमा भएको मन्दिरको जात्रा गरिन्छ । तर, हाँडीगाउँको जात्रामा गजुर भुईंपट्टि र देवता टुप्पोमा भएको उल्टो मन्दिरको जात्रा गरिन्छ । मन्दिर सुनको धागोले उनेको मैनको फूलले सजाइएको पृथ्वीजस्तो घुम्ने आकारको हुन्छ । यस्तो अनौठो मन्दिरलाई १५/१५ गुठीयारले बाकेर जात्रा गरिने भएकाले यसलाई कहीं नभएको जात्राका रूपमा चिनिएको नाइके डंगोल बताउँछन् । खटको टुप्पोमा हिमालको प्रतीकका रूपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिएको थियो । बीच भागमा पृथ्वीको प्रतीकका रूपमा घुमाउन मिल्ने गरी बाँस र बेतले कलात्मक ढंगले मन्दिर बनाइएको थियो, जसको माथिपट्टि पृथ्वीको श्रृष्टि फूलका बगैंचाका रूपमा फूलैफूलले सजाइएको थियो । सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई पूजाआजा गर्छन् ।

    जात्राका लागि कतिं पुन्ही (कोजाग्रत पूर्णिमा) का दिनमा कोता: गुठीका गुठीयारहरू शिवपुरी ध्यानमग्न विष्णुको आत्मा लिन बाँसबारीमा रातभर जाग्राम बसेका थिए । कोजाग्रत पूर्णिमाको भोलिपल्ट सघी: पुन्ही आइतबार बेलुका विधिपूर्वक नारायण भगवानको पूजाआराधना गरी प्राण निकाली कोता: टोलस्थित पुजारीको घरमा ल्याइएको थियो । यस दिन हाडीगाउँका रैथानेहरू निराहार बसेका थिए । व्रत बसेका पुरुषहरूले ‘म्हतुं दाय्गु’ भनी जीउले नापी प्रत्येक एक जीउबराबर एक बत्ती चढाउँदै नगर परिक्रममा गरेका थिए ।

    आइतबार रातिदेखि मूर्तिलाई विधिवत पूजा गरी खटमा विराजमान गराई नगर परिक्रममा गराइएको थियो । ब्रह्माको प्रतीकका रूपमा खट कोता: टोलका, विष्णुको खट न्याल्म टोल र महेश्वरको थतु टोलका गुठीयारले बोकेर जात्रा गर्ने चलन छ । खट यात्राका लागि पोङ्गा बाजा अनिवार्य बजाउनुपर्ने परम्परा छ ।

    खट कोता: टोलबाट हाडीगाउँस्थित मूल डबली– बीच लाछी– भूतेश्वर हुँदै थतु टोलमा पुर्‍याइएको नाइके डंगोलले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.