×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५८ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

इलाकाको विवरण दराजमा थन्क्याएर मन्त्री र सचिव विदेश दाैडिए

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काम कुरो एकातिर, कुम्लो बोकी जर्मनी र नर्वेतिर !

    पुष्प ढुंगाना

    ३० असोज, काठमाडौं । स्थानीय विकास मन्त्रालयका पदाधिकारीहरु संविधान कार्यान्वयनको पक्षलाई ठट्टाको विषय बनाउँदै महत्वपूर्ण जिम्मेवारी छाडेर विदेश भ्रमणमा निस्किएका छन् । मन्त्री पनि विदेशमै छन् । आइतबार स्थानीय विकास सचिवसमेत विदेश हानिएका छन् ।

    स्थानीय तहको संख्या र सीमांकन निर्धारण आयोगले प्रतिवेदन तयार गर्न मन्त्रालयले सहयोग नगरेको गुनासो गरिरहेका बेला मन्त्रालयका पदाधिकारीहरु धमाधम विदेश भ्रमणमा निस्किन थालेका हुन् ।

    स्थानीय तहको पूर्नसंरचना आयोगलाई प्रतिवेदन तयार गर्न आवश्यक सहयोग गर्नुपर्ने बेला स्थानीय विकास मन्त्री हितराज पाण्डे अहिले जर्मनी भ्रमणमा छन् । एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन मन्त्री पाण्डे अक्टोबर ११ तारिख जर्मन गएका हुन् ।

    मन्त्री पाण्डेले त्यहाँ हुने सम्मेलनमा अक्टोबर १४ तारिखमा सम्बोधन गरेका थिए । त्यसपश्चात उनी अहिले जर्मनीमा रहेका नेपालीहरुसँगको भेटघाटमा रमाइरहेका छन् । उनी अक्टोबर १९ तारिखमा मात्रै नेपाल फर्किने छन् ।

    उता मन्त्री जर्मनी भ्रमणमा रहेकै बेला पारेर स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी मन्त्रालयकै दुई सहसचिव र एक उपसचिवलाई लिएर नर्वे भम्रणमा निस्किएका छन् । भ्रमण दलको नेतृत्व व्यवस्थापिका संसदका विकास समितिका सभापति रविन्द्र अधिकारीले गरेका छन् ।

    विकास समितिका तीनजना सांसद र स्थानीय विकास मन्त्रालयका सचिवसहित २ सहसचिव र एक उपसचिव भ्रमण टोलीमा रहेका छन् । उनीहरु नर्वेजियन दुतावासको पैसामा नर्वेको विभिन्न ठाउँ घुमेर कार्तिक ५ गते मात्रै स्वदेश र्फकने छन् ।

    स्थानीय विकास मन्त्रालयलाई नेपालस्थित नर्वेजियन दुतावासले सेप्टेम्बर २१ तारिखमा लेखेको पत्रमा स्थानीय तहको पुर्नसंरचनासँग सम्बन्धित तीनजना सिनियर अफिसर पठाउन भनेको थियो ।

    मन्त्रालयका सचिव अधिकारीले थप एकजनाको कोटा थप्न लगाएर भ्रमणमा गएका हुन् । सचिव र मन्त्रीको एकैपटकको भ्रमणले खासै अप्ठेरो नपार्ने राज्यमन्त्री श्री जगेबुले बताए ।

    संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले भने केही सांसद र स्थानीय मन्त्रालयका सचिवसहितको टोली आफ्नो नेतृत्वमा विदेश भ्रमणमा निस्किएको अनलाइनखबरलाई बताए ।

    ठट्टै ठट्टामा चलेको देश

    संविधानले ०७४ माघ ७ गतेभित्र ३ वटा निर्वाचन गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । त्यसो गर्न नसकेको अवस्थामा संविधानसभाबाट जारी भएको संविधानको औचित्यमाथि प्रश्न उठ्छ र देश अर्को संकटमा फस्ने स्पष्ट छ ।

    संविधान अनुसार तीनवटा निर्वाचन गर्न पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्छ । सरकारले चैत्रभित्र जसरी पनि स्थानीय तहको निर्वाचन हुने बताइरहेको छ । तर, स्थानीय तहको संख्या र सीमांकन निर्धारण आयोगले अहिलेसम्म आफ्नो काम अघि बढाउन सकिरहेको छैन ।

    स्थानीय तह गठनको आधारमध्ये जिल्ला विकास समितिको इलाकाको सीमांकन, क्षेत्रफल, त्यहाँको जनसंख्या र आर्थिक तथा सम्भावनाका क्षेत्रहरु प्राप्त गर्न नसक्दा आयोगले काम अघि बढाउन नसकेको बताइरहेको छ ।

    दशैं विदामा पनि आफ्नो कामलाई तिव्र पार्ने भनेको आयोगले ती विवरणहरु उपलब्ध गराउन स्थानीय विकास मन्त्रालयलाई तीन वटा पत्र लेखिसक्यो । तर, मन्त्रालयले विवरण नदिदा आयोगले प्रतिवेदन तयार गर्ने काम अघि बढाउन सकिरहेको छैन ।

    स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै मन्त्रालयसँग भएको विवरण उपलब्ध गराएको र बाँकी विवरण मन्त्रालयसँग पनि नभएको बताएका थिए ।

    आयोगले कार्तिक मसान्तसम्म पनि स्थानीय तहको संख्या र सिमाना निर्धारण गरेर प्रतिवेदन दिन सकेन भने निर्वाचन आयोगले चैत्रमा स्थानीय तहको निर्वाचन गराउन नसक्ने स्मरण गराइरहेको छ ।

    यस्तो जटिल अवस्थामा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्षेत्रको संख्या र सिमांकन निर्धारण आयोगले मन्त्रालयसँग नभएको विवरण मागेर आयोगले निहुँ खोजेको प्रतिक्रिया दिए ।

    आयोगको कामलाई सहयोग गरेर कार्तिकभित्र प्रतिवेदन तयार गर्ने काममा सहयोग नगरेर सचिव अधिकारी एक साता लामो नर्वे भ्रमणमा निस्किएका छन् ।

    सचिवसँगै आन्तरिक प्रशासन महाशाखा प्रमुख तथा सहसचिव चक्रबहादुर बुढा, अर्को सहसचिव पुरुषोतम नेपाल र उपसचिव छवि रिजाल पनि भ्रमणमा सहभागी छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.