×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

मोदीको फेसन कूटनीतिः  सी जिनपिङलाई रातो, पुटिनलाई नीलो !

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोवाबाट यसरी अन्तर्राष्ट्रियकरण भयो ‘मोदी कोट’

    ३० असोज, काठमाडौं । माथि देखिएको तस्वीर गोवामा आयोजित ब्रिक्स सम्मेलनको हो । यहाँ उभिएर हात ठड्याउनेहरु चार प्रमुख राष्ट्रका चर्चित अनुहार हुन् । तर, यो तस्वीरमा एउटा रोचक पक्ष पनि छ, त्यो के हो भने सबैले भारतीय ‘मोदी कोट’ पहिरिएका छन् !

    माथिको तस्वीरमात्रै होइन, तल अर्को तस्वीर छ, जसमा भारतीय प्रधानमन्त्री, नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति छन् । यहाँ पनि चिनियाँ राष्ट्रपति सि जिनपिङ उही रातो रंगको ‘मोदी कोट’मै सजिएका छन् ।

    सी जिनपिङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको साइडलाइन भेटवार्तामा समेत रातो रंगको भारतीय जवाहर कोट नफुकाली उपस्थिति जनाए ।

    modi-prachanda-xi

    यी नेताहरुले एकै प्रकारका ड्रेस आफ्नै देशबाट लगाएर आएका भने होइनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा आएका ती देशका राष्ट्रप्रमुखहरुको स्वागत गर्ने क्रममा ‘मोदी कोट’ का रुपमा चर्चामा रहको कोट लगाएर गोवामा स्वागत गरेका हुन् ।

    नेपालमा पछिल्लो समय ‘मोदी कोट’को रुपमा लोकप्रिय बनेको ‘हाफ कोट’ यसपटक गोवाको ब्रिक्स सम्मेलनबाट अन्तर्राष्ट्रियकरण भयो भन्दा अतिरञ्जित नहुन सक्छ । खासमा यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘फेसन कूटनीति’ भन्दा फरक नपर्ला ।

    किनकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटवार्ताहरुमा लगाउने गरेको ‘जवाहर कोट’ यसपटक उनले विश्वका हस्तीहरुलाई समेत लगाइदिएर अन्तर्राष्ट्रियकरण गरे ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति माइकल टिमर र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा एकै प्रकारको भारतीय हाफकोटमा देखिए । उनीहरुले लगाएको हाफ कोटको रंग भने फरक थियो ।

    सम्मेलनमा सहभागी ब्राजिलका राष्ट्रपति मिचेल टिमर र चिनियाँ राष्ट्रपति सी जिङपीङलाई मोदीले रातो कोट लगाइदिएका छन् भने अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई खैरो र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन नीलो कोट उपहार दिइएको थियो ।

    रुसी राष्ट्रपतिले लगाएको ‘मोदी कोट’ साइज नमिलेर निकै ‘टाइट’ देखिएको छ । अफ्रिकाका राष्ट्रपतिको जिऊमा भने कोट ठूलो भएर ह्वाङल्याङ्ग देखिएको छ । मोदीले सकेसम्म कम्युनिष्ट र गैरकम्युनिष्टलाई रंग पनि मिलाइदिन खोजेका छन् ।

    Brics-Summit-2016-Leaders

    कम्युनिस्ट नेता भएका कारण सी जिनपिङलाई मोदीले रातो कोट उपहार दिएका हुन् ? यो प्रश्नको उत्तर भने मिलेको छैन । त्यसो  त ब्राजिलका राष्ट्रपति पनि बामपन्थी पृष्ठभूमिका हुन् ।

    नेपालका गाउँघरमा हाफ कोटलाई ‘जवाहर कोट’ पनि भनिन्छ । कतिपय ठाउँमा यसलाई ‘ज्वारी कोट’ पनि भन्ने गरिन्छ ।

    भारतीय स्वतन्त्रता संग्रामपछिका प्रधानमन्त्री जवाहरलाल नेहरुले लगाएपछि यो कोट प्रख्यात भएको मानिन्छ । पछिल्लो समयमा नेपालमा चाहिँ यो मोदी कोटका रुपमा पनि चर्चित भयो । किनकि मोदी नेपाल भ्रमण गरेर फर्किएपछि नेपाली बजारमा एकाएक यसको व्यापार बढेको थियो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.