×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४५ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

८७ वर्षीय वृद्ध २५ वर्षदेखि हरियाली प्रवद्र्धनमा

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आफूले रोपेका बिरुवाका साथ पोखरा १६ बाटुलेचौरका ८७ वर्षीय प्रेमबहादुर बानियाँ ।तस्बिरः अन्नपूर्ण
    कृष्णमणि बराल
    पोखराः ८० वर्ष नाघेका वृद्ध हजुरबुबाको दिनचर्या सामान्यतः घरमै बित्छ नातीनातिना र छोराछोरीका बीचमा पुराना दिन सम्झेर । अशक्त शरीर, लट्ठीको सहारामा सकीनसकी यताउति गर्नेदेखि छोराबुहारीबाट हेला भएर दुःखी जीवन बिताउने हजुरबुबाहरू पनि छन् । पोखराका चौतारीमा आफ्नै उमेरका साथीसँगीका साथ गफिएर बसेका वृद्धहरू पनि देखिन्छन् ।
    पोखरा उपमहानगरपालिका १६ बाटुलेचौरका ८७ वर्षीय प्रेमबहादुर बानियाँको दैनिकी भने २५ वर्षदेखि आफैंले रोपेर हुर्काएका बिरुवा स्याहार गर्न र नयाँ बिरुवा रोप्नमै बित्छ । बिहान नित्य कर्म सकेर चिया खाएपछि उनी स्फूर्तिका साथ बाहिर निस्कन्छन् । बाटुलेचौरको विन्ध्यवासिनी माविअगाडि मैदानचोकमा आफूले रोपेका ५० बिरुवामध्ये सानो बिरुवाको स्याहार गर्छन् । ठूला बिरुवालाई स्पर्श गर्छन् ।
    गोडमेल गर्छन् । बिरुवाको सुरक्षाका लागि बाँसले बारेको बार भत्किएको भए बाँस तानतुन र बाँधबुँध गर्छन् । केटाकेटी झुन्डिएर र गाईबस्तुले धक्का दिएर बिग्रेका फलामका ट्रिगार्ड मिलाउँछन् । गाईभैंसीले बाटोमा गोब्र्याएको गोबर समेल्छन् र आफूले रोपेको बिरुवामा राख्छन् ।
    स्थानीय बालबालिकालाई बिरुवा जतन गर्न पनि सुझाउँछन् उनी । मध्याह्न खाना खान्छन् र केहीबेर आराम गरेपछि फेरि बिरुवा स्याहार गर्न समय खर्चन्छन् । खाना खाएपछि उनी घरभन्दा बीस मिनेट परको सेती नदीको किनार राम्चे तुलसीघाटमा आफैंले रोपेका बिरुवाको अवस्था बुझ्न र स्याहार गर्नमा लाग्छन् ।
    सेतीकिनार बगरका ढुंगा आफैंले बटुलेर बिरुवाको वरपर ढुंगाको पर्खाल लगाएर उनले बिरुवा हुर्काएका छन् । दुई वर्षअघि वैशाखमा सेतीमा आएको बाढीले रोपेका केही बिरुवा कटानमा परेको उनले सुनाए । त्यसपछि उनले फेरि त्यही स्थानमा बिरुवा रोपेका छन् । सार्वजनिक चौर, विद्यालय, अस्पताल परिसरसमेत गरी करिब एक हजारभन्दा बढी बिरुवा हुर्काएको उनी सुनाउँछन् ।
    २०५७ सालदेखि यो अभियानमा लागेका बानियाँ निरन्तर यसैमा जुटेका छन् । पोखरा विमानस्थलमा सुपरभाइजर पदमा कार्यरत थिए उनी । २०४२ साल फागुनमा अवकाश पाएका उनी स्वदेश र भारतका विभिन्न मन्दिरको दर्शन गर्न तीर्थ गए । घुमघाम गरे । त्यसपछि हरियाली प्रवद्र्धनमा लागेका उनले सुनाए । पहिले पोखरामा अहिलेको जस्तो गर्मी थिएन ।
    पहिलेभन्दा अहिले गर्मी बढ्दै गएको उनी बताउँछन् । ‘सवारीसाधन बढे । पुराना सवारीसाधनले कालो धुवाँको मुस्लो नै फाल्दा हामीले फेर्ने हावा पनि बिग्रँदै गयो । अक्सिजन बढाउने र हावा स्वच्छ राख्ने काम रूखबिरुवाले गर्छ’, मनैभित्रबाट यस्तो चेत आएपछि आफू यो अभियानमा जुटेको सुनाउँदै उनले भने । बिरुवा हुर्काउने काम मान्छेको बच्चा हुर्काउनुजत्तिकै गाह्रो भएको उनले सुनाए ।
    पहिलेपहिले चोकचोकमा चौतारा हुन्थे । लामो हिँडाइपछि थकान बिसाउने र शीतल ताप्ने सहारा तिनै चौतारी हुन्थे । वर, पीपल र शमीका ठूलाठूला बोटवरपर ढुंगाको पर्खाल लगाएर चौतारी बनाइन्थ्यो । ठूलाठूला आँप, चाँप, सिमललगायतका रूख पोखराका ठाउँठाउँका चौरमा थिए । चौपाया र चराचुरुंगीलाई पानी खुवाउन प्रायः सबै वडाका पाटनहरूमा पोखरी पनि बनाइएका थिए । ‘अहिले न पुराना ठूल्ठूला रूख देख्न पाइन्छ, न त पोखरी नै’, उनी भन्छन् । ठूला र खुला पाटन नै लोप भएकोमा उनी चिन्तित छन् ।
    ‘यसैले मैले बिरुवामात्र रोपिनँ, आफूले रोपेका बिरुवा हुर्काएँ र चौतारी पनि बनाएँ’, उनी भन्छन् । अहिले उनले बनाएका ५ वटा चौतारामा रहेका वर, पीपल र एक हजारभन्दा बढी रूखबिरुवाले अक्सिजन छोडिरहेका छन् ।
    बिरुवा रोप्न र हुर्काउन आफूले जागिरबाट पाएको रकम र वृद्धभत्तासमेत यसैमा खर्च गरेको यी वृद्धले सुनाए । नर्सरीबाट बिरुवा किन्ने, बिरुवा रोप्नुअघि खाल्टो खन्ने, मलजल गर्ने, ट्रिगार्ड किन्ने र आफ्नो कामलाई सहयोग गर्ने आवश्यकताअनुसार कामदार लगाउँदा ठूलो रकम खर्च भएको हो ।
    वृद्धभत्ता पनि बिरुवा रोप्ने र हुर्काउने काममा लगाएका छन् । बिरुवा संरक्षणका लागि केही ट्रिगार्ड पोखरा उपमहानगरपालिका गुहारेर पनि जुटाएको उनले बताए । वर, पीपल, शमी, अशोकलगायत विभिन्न स्थानमा ३२ जातका बिरुवा रोपेको उनले सुनाए । बिरुवा रोपेर हरियाली प्रवद्र्धन गरेका उनले विद्यालय निर्माण, अस्पताल निर्माणलगायत विभिन्न सामाजिक काममा आर्थिक सहयोगसमेत गरेका छन् ।
    हिजोआजका युवा आफूले गरेका हरेक काम फेसबुकमार्फत सार्वजनिक गर्छन् । पत्रिका र रेडियोमा समाचार आओस् भन्ने चाहन्छन् । एकपटक बिरुवा रोप्यो, बस् पुग्यो । आफू मनैदेखि हरियाली प्रवद्र्धनमा लागेको उनले बताए ।
    श्रीमती, छोराबुहारी र नातीनातिनाको समेत अभियानमा सहयोग रहेको उनले सुनाए । ८४ वर्षीया श्रीमती पदमकुमारी पनि आफ्नो कामबाट खुसी भएको उनले सुनाए । बाबाको सामाजिक अभियानले यस क्षेत्रको हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको छोरा रामबहादुर बानियाँले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.