काठमाडौँ, असोज ३० गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को महानिर्देशकका लागि उम्मेदवार बन्नुभएका फ्रान्सका प्राध्यापक डा. फिलिप डुत्से ब्लाजी सोमबार नेपाल आउँदै हुनुहुन्छ । आफ्नो उम्मेदवारीमा नेपालको समर्थन जुटाउन उहाँ काठमाडौँ आउन लाग्नुभएको हो ।
डा. फिलिपले नेपालका उच्च अधिकारीसँग भेटेर आफ्नो उम्मेदवारीमा समर्थन गरिदिन आग्रह गर्ने कार्यक्रम तय भएको बताइएको छ । नेपालस्थित फ्रान्सेली राजदूतावासका अनुसार पूर्व परराष्ट्र, स्वास्थ्य, संस्कृति तथा सञ्चार, सामाजिक सुरक्षामन्त्रीसमेत भइसक्नुभएका डा. फिलिप मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।
डा. ब्लाजी नेपाल आउँदै
डा. ब्लाजी नेपाल आउँदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



