×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २९ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४१ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

दाहालले सँगै भेटे सी र मोदीलाई

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दाहालले सँगै भेटे सी र मोदीलाई

     सन्तोष घिमिरे
    भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा शनिबार आकस्मिक साइडलाइन वार्तामा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहालऽ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । साथमा प्रधानमन्त्री पत्नी सीता दाहाल । सौजन्यः प्रकाश दाहाल

    काठमाडौः भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय भेट सके ।
    त्यसको केही क्षणपछि होटेलको आफ्नो कोठानजिकै रहेको अर्को एक वेटिङ रुममा प्रधानमन्त्री दाहाल पुत्र प्रकाश दाहाल र पत्नी सीतासँग बसिरहेका थिए ।
    अचानक चिनियाँ राष्ट्रपति सी त्यहाँ आइपुगे । दाहाल छक्क परे । उनले सोच्दै सोचेका थिएनन्, यसरी चिनियाँ राष्ट्रपतिसँग एकल वार्ता हुनेछ । दाहालले चिनियाँ राष्ट्रपति सीसँग एक्लै १५ मिनेट वार्ता गरे ।
    वार्तामा सीले आफू नेपाल आउन अति इच्छुक रहेको बताए । ‘म तपाईंको मुलुक आउन चाहन्छु । चाँडै आउँछु’, उनले भने । दाहालले आफू स्वागत गर्न आतुर रहेको बताए ।
    दाहाल र सी जिनपिङबीच ‘वेटिङ’ रुममा कुरा भइरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टुप्लुक्क आइपुगे । दाहाल खुसीले गदगद भए । दाहालले मोदीसँग पनि एकल वार्ता गर्न भ्याए ।
    त्यसपछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट संयुक्त कुराकानी भयो । वार्तामा मोदीले नेपालसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताए ।
    दाहालले पनि भारतसँग सम्बन्ध सुदृढ गर्न चाहेको बताए । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री दाहाल बीचमा बसे । दाहालले दुवै नेतासामु भने, ‘नेपाल चीन र भारतको बीचमा रहेको आकारले सानो मुलुक भए पनि यहाँहरूका लागि महत्वको मुलुक हौं भन्ने विश्वास छ । हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं ।’
    नेपाल गौतम बुद्ध जन्मेको देश र भगवान् पशुपतिनाथको देश भएकाले चीन र भारतका लागि यसको महत्व रहेको भन्दै दाहालले सी र मोदीसँग यस क्षेत्रको विकासका लागि तीनै देशले मिलेर काम गर्नुपर्ने बताए ।
    दाहालले दुवै नेतासामु भने,‘नेपाल सानो भए पनि यहाँहरुका लागि महत्वको मुलुक हो ।
    प्रधानमन्त्री दाहाल, चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीचको यो भेट नितान्त संयोग रहेको र अनौपचारिक रहेको त्यहाँ उपस्थित दाहालका स्वकीय सचिव एवं पुत्र प्रकाशले अन्नपूर्णलाई टेलिफोनमा बताए । दाहाल, सी र मोदीबीच २० मिनेट कुराकानी भएको थियो ।
    दाहाल, सी र मोदीबीच कुराकानी अन्तिम हुन लाग्दा ब्राजिलका राष्ट्रपति माइकल टेमर र दक्षिणअफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा पनि टुप्लुक्क आइपुगे । उनीहरूसँग पनि दाहालले अनौपचारिक रूपमा कुराकानी गर्दै अभिवादन गर्ने अवसर पाए ।
    दाहालले गरेका यी अनौपचारिक भेटबारे परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत सहभागी नेपाली टोलीले भने निकै बेरपछि मात्रै थाहा पाएको थियो । चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग भएको अनौपचारिक भेटमा तीनै देशका हितबारे कुराकानी हुनुलाई दाहालले मीठो संयोगका रूपमा लिएको उनका पुत्र प्रकाशले बताए । उनले यो बैठक योजनाबद्ध नरहेको बताए ।
    दाहालले भेट्नुअघि सी र भारतीय प्रधानमन्त्री मोदीबीच सरकारी अधिकारीहरूसहित वार्ता भएको थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.