×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २९ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४१ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

बलात्कारपछि हत्याको ४ वर्षमा क्षतिपूर्ति

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बारामा मारिएकी ६ वर्षीया पूजा साहको घटनालाई नजिर मानेर रामेछाप, सैपुकी सुन्तली तामाङको परिवारलाई छ लाख प्रदान
    आश्विन ३०, २०७३- बलात्कारपछि हत्या गरिएकी रामेछापकी एक बालिकाका परिवारलाई गृह मन्त्रालयले क्षतिपूर्ति दिएको छ । रामेछापको सैपु १ सिसन्दुकी १४ वर्षीया सुन्तली तामाङका परिवारलाई घटनाको ४ वर्षपछि सरकारले क्षतिपूर्ति दिएको हो ।

    राष्ट्रिय मानव अधिकार आयोगले ‘घटनाको उचित छानबिन तथा सजाय–कारबाही’ का लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ताकेता गर्दै आएको थियो । आयोगको अनुसन्धान महाशाखाले गत वर्ष चैत १ मा नेपाल सरकारलाई लेखेको निर्देशन पत्रअनुसार गृह मन्त्रालयले यो साता मृतक सुन्तलीका हकमा आमा डिल्लीमायालाई क्षतिपूर्तिसरह ६ लाख रुपैयाँ प्रदान गरेको हो ।

    ‘मृतकका हकवालालाई बारा, कलैयाकी बालिका पूजा साहलाई यस्तै प्रकृतिका घटनामा उपलब्ध गराएसरह राहत क्षतिपूर्ति उपलब्ध गराउनुका साथै पीडित परिवारले न्यायको खोजीमा गरेको खर्च र आन्तरिक रूपमा विस्थापित भएको अवस्थामा भएको आर्थिक क्षति समेतको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने’ निर्णय आयोगले गरेको थियो । क्षतिपूर्तिबापतको रकम मृतक बालिका आमा डिल्लीमायाा तामाङको रामेछाप, मन्थलीमा रहेको कृषि विकास बैंकको खातामा जम्मा गरिएको हो ।

    एउटै गाउँ बस्ने श्याम राउतसहितले बलात्कार गरी हत्या गरेर नजिकै लिखु नदीमा शव फालिदिएको यो प्रकरणमा बालिका सुन्तलीकी आमा डिल्लीमायाले नेपाल सरकारका विभिन्न निकायमा न्यायिक अधिकारका लागि आवाज उठाउँदै आएकी थिइन् । डिल्लीमायाले हत्यारा भनी किटानी जाहेरी दिएपछि हालसम्म फरार रहेका राउतलाई सजायको दायरामा नल्याइन्जेल आफू चुप लागेर बस्न नसक्ने भन्दै काठमाडौंसम्म धाएर मुख्य सचिव, प्रहरी महानिरीक्षकसहितलाई बिन्ती गरेकी थिइन् । सुन्तलीको २०६८ साल माघ ५ गते हत्या भएको थियो ।

    बारा, कलैया ८ मा २०७१ फागुनमा ६ वर्षीया बालिका पूजा साहमाथि उस्तै प्रकृतिको नृशंस घटनामा परेर ज्यान गएको तथा त्यसबेलाको क्षतिपूर्ति र अभियुक्तलाई सजाय दिलाइएको सन्दर्भलाई मानव अधिकार आयोगले ‘नजिर’ बनाएको हो । कलैयामा फागुन ९ गते बलात्कृत भएकी बालिका साहको उपचार क्रममा फागुन २४ गते काठमाडौंको कान्ति बाल अस्पतालमा निधन भएको थियो । उक्त घटनामा जोडिएका हत्यारा कलैया ४ का कन्यैहालाल गुप्तालाई जिल्ला अदालतले ३५ वर्षे जेल सजायसहित क्षतिपूर्ति भराउने निर्णय सुनाएको थियो । उक्त घटनामा गृह मन्त्रालयले मृतक परिवारलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो ।

    तर, रामेछापको सुन्तली हत्या प्रकरणमा किटानी जाहेरीमा रहेका अभियुक्त श्याम राउतलाई भने प्रहरीले अझै खोजी गर्न सकेको छैन । अर्कातिर सुन्तली हत्या प्रकरणमा किटानी जाहेरी दर्ता गर्नसमेत आनाकानी गर्ने तत्कालीन रामेछाप जिल्ला प्रहरी प्रमुख सञ्जीव शर्मा दासलाई विभागीय कारबाही गर्न मानव अधिकार आयोगले निर्देश गरेकोमा उल्टै पदोन्नति तथा पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइएकोमा पीडित डिल्लीमायाले ‘न्याय पाउनकै लागि पनि आफूले अरू आवाज उठाइरहने’ बताइन् । ‘मलाई आफ्नी छोरी मारिएपछि पैसाको क्षतिपूर्ति पाउनुभन्दा पनि हत्याराको खोजी र सजायको दायरामा ल्याउन सकेमा ठूलो न्याय मिलेसरह हुन्छ,’ डिल्लीमायाले सैपु गाउँबाट फोनमा भनिन्, ‘अझै पनि प्रहरी/प्रशासन मिलेर मेरी छोरीको हत्यारा नपहिल्याउन प्रयास भइरहेको छ, यो मैले बेहोरेको अन्यायका बारेमा बोलिदिने कोही भएन ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.