×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३१ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४३ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

स्थानीय तह पुर्नसंरचना आयोगको निष्कर्षः चैतमा चुनावको सम्भावना टर्‍यो

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सरकार भन्छ- इलाकाको विवरण छैन, आयोगले निहुँ खोज्यो

    २९ असोज, काठमाडौ । स्थानीय तहको संख्या र सीमांकन निर्धारण गठित आयोगका लागि आवश्यक थप विवरण उपलब्ध गराउने विषयलाई लिएर आयोग र स्थानीय विकास मन्त्रालयवीच विवाद चर्केको छ ।

    आयोगले मन्त्रालयले इलाकाका सम्वन्धमा आवश्यक विवरण नदिएर असहयोग गरेको आरोप लगाएसँगै विवाद चर्किएको हो ।

    विवादकै वीच आयोगले इलाकाको तथ्यांक संकलनमा स्थानीय विकास मन्त्रालयले असहयोग गरेकाले अब चैत्रमा स्थानीय तहको निर्वाचन गर्ने सम्भावना अन्त्य नजिक पुगेको निष्कर्ष निकालेको छ ।

    अनलाइनखबरसँग कुरा गर्दै आयोगका एक सदस्यले भने, ‘तीन पटकसम्म मन्त्रालयलाई पत्र लेखेर इलाकाको सम्पूर्ण तथ्यांक उपलब्ध गराइदिन ताकेता गर्दासमेत मन्त्रालयले इलाकाहरुको सीमांकन, भूगोलको क्षेत्रफल, जनसंख्या, आम्दानीका स्रोत लगायतका विवरण उपलब्ध गराएको छैन, अब चैत्रको निर्वाचनको भर भएन ।’

    उनले भने, अब आयोगले कहिलेसम्म प्रतिवेदन बुझाउन सक्छ भन्ने कुरामा पनि कुनै प्रतिवद्धता जनाउन सक्दैन ।

    यस्तै आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि मन्त्रालयले आयोगको काममा सहयोग नगरेको गुनासो गरेका छन् ।
    मन्त्रालयले आवश्यक विवरण दिन ढिलाइ गर्दा आयोगले थप काम अघि बढाउन नसकेको उनको भनाइ छ ।

    ‘मन्त्रालयले भुगोलको डिजिटल नक्सा समेत आयोगलाई दिइरहेको छैन,’ अध्यक्ष पौडेलले भने, ‘प्रधानमन्त्रीका सामुन्ने मन्त्रालयका सचिवले सबै विवरण दिन्छु भन्नुभएको हो, तर अहिले माग्दा एउटा पनि विवरण पाएका छैनौँ ।’ अध्यक्ष पौडेलले अघि भने ‘आयोग आफैँले सबै सूचना संकलन गर्नु परे प्रतिवेदन तयार गर्न बर्षौँ लाग्न सक्छ ।’

    मन्त्रालय भन्छ, हामीसँग विवरण छैन, आयोगले निहुँ खोज्यो

    ministery-of-local-development, Sthaniya Bikas
    मन्त्रालयले भने आफूसँग भएको विवरण आयोगलाई उपलब्ध गराइसकेको बताएको छ । अनलाइनखबरसँगको जिज्ञासामा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आयोगले मन्त्रालयसँग नभएको विवरण मागेर निहुँ खोज्ने काम गरेको आरोप लगाए ।

    ‘भूगोल र जनसंख्याको विवरण उपलब्ध गराएका छौँ, उहाँहरुले भनेको जस्तो आर्थिक स्रोत साधनको विवरण मन्त्रालयसँग पनि छैन, सचिव अधिकारीले अनलाइनखबरसँग भने, स्थानीय तहको निर्वाचन नभएको १५ बर्ष भयो, मन्त्रालयसँग नभएको विवरण मागेर आयोगले खोचेँ थाप्ने काम गर्न भएन ।’

    अधिकारीले बाँकी विवरण आफैँ खोज्न आयोगलाई भनिसकेको समेत बताए । ‘जे जति विवरण थियो, त्यो दिइसक्यौँ, बाँकी हामीसँग पनि छैन, सचिव अधिकारीले भने ‘कर्मचारी चाहिन्छ भने दिन सक्छौँ बाँकी के के चाहिने हो, आयोग आफैँले खोजोस् ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.