×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३१ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४३ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

काम नछाड्ने शिक्षकबाट तलब फिर्ता

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मकर श्रेष्ठ, काठमाडौं

    अवकाश पाउने उमेर पुगेर पनि काम गरिरहेका शिक्षकबाट तीन वर्षमा सात करोड रुपैयाँ असुल
    आश्विन २९, २०७३- विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ ।

    शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ ।

    ‘६० वर्षमा अनिवार्य अवकाश लिनुपर्नेमा त्यसभन्दा बढी समय काम गरेर राज्यको ढुकुटीबाट मासिक रकम लिइरहेको पाइएपछि फिर्ता गराइएको हो,’ उनले भने, ‘पेन्सन पट्टा बनाउन आउने क्रममा हिसाब मिलान गरेर कट्टा गर्ने गरिएको छ ।’ २०७१/०७२ मा एक सय ५१ जनाबाट दुई करोड ६२ लाख ४१ हजार आठ सय ५८ रुपैयाँ कट्टा गरेको कार्यालयले जनाएको छ । ०७०/७१ मा दुई सय ५७ जनाबाट २ करोड ४९ लाख ४९ हजारभन्दा बढी लिएको रकम कट्टा गरेको छ ।

    जागिर प्रवेश गरेको तीन महिनाभित्र शिक्षकको वैयक्तिक तथा नोकरी विरण फारम (सिटरोल) भर्नुपर्ने हुन्छ । यो विवरण शिक्षा कार्यालय हँुदै किताबखानासम्म आइपुग्छ । यो विवरण भर्दै आफूले कहिले अवकाश पाउँछु भन्ने यकिन भइसकेको हुन्छ ।

    शिक्षा नियमावलीको नियम ११७ अनुसार नौ महिनाअघि नै अवकाश हुँदैछु भनेर विद्यालयमा जानकारी दिनुपर्छ । विद्यालय शिक्षक किताबखानाले सेवा निवृत्त हुनुभन्दा ६ महिनाअघि सूचना शिक्षा कार्यालयमा पठाउने गर्छ । ‘यति गर्दागर्दै जिन्दगीभर नै पढाउने शिक्षकहरूले तोकिएको भन्दा बढी अध्यापन गरेर राज्यको स्रोत फिर्ता गरिरहनुपरेको छ,’ उनले भने ।
    पछिल्लो समय चार वर्ष उमेर ढाँटेर नक्कली काजगात बनाएका हेटौंडा उपमहानगरपालिका चिसापानीस्थित जनप्रिय माविका शिव दयालले १४ लाख ६१ हजार नौ सय ४३ रुपैयाँ सरकारलाई बुझाउनुपर्ने देखिएको ढुंगानाले बताए । उनले पाउने बिदा, औषधि उपचारको रकम कटाउँदासमेत दुई लाख ९८ हजार रुपैयाँ नगद तिर्नुपर्ने उनले बताए । ‘०६९ सालमा अवकाश हुनुपर्ने शिक्षक यादवले ०७३ सालसम्म जागिर खाएपछि उमेर ढाँटेको फेला पर्‍यो,’ उनले भने, ‘२००९ सालमा जन्मेका यादवले १३ सालमा जन्मेको भनेर नागरिकता बनाएको कागज पेस गरेका थिए । किताबखानाको अभिलेखमा जन्म मिति २०१३ र उनले पेस गरेको नागरिकतामा २००९ साल भएपछि नक्कली कागज बनाएको फेला परेको थियो ।’

    अवकाश समय गुजार्दै काम गरेका शिक्षकले लिएको तलब कट्टी गर्न थालेपछि कतिपय शिक्षक अदालत जान थालेका छन् । अदालत जाने शिक्षकहरूले शिक्षा कार्यालयको निर्देशनमा अवकाश पाएको अवधिभन्दा बढी समय काम गरेको दाबी गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.