×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३१ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४२ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

चियापानमा पुगेका देउवालाई ओलीले सोधे- समयमै निर्वाचन हुन्छ त ?

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    निर्वाचन हुन्छ, हुन्छ, हुन्छ’: देउवा

    २९ असोज, काठमाडौं । आज धुम्बाराहीको शंखपार्कमा नेकपा एमालेले गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निर्वाचनबारे समान्य बहस भयो । पत्रकारहरुले दुबै नेतासँगै रहेका बेला प्रश्न तेर्स्याएपछि दुबै नेताले मुख खोले ।

    ‘निर्वाचन समयमा हुन्छ त ?’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘‘निर्वाचन त गर्नैपर्छ नि होइन र,  सरकारको के छ धारणा र ? ’’

    छेउमै बसेका ओली र अन्य नेतालाई पनि साक्षी राखेर काँग्रेस सभापति देउवाले पनि रमाइलो शैलीमा उत्तर दिए, ‘‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने गर्ने ।’’

    UML tea party (10)
    त्यसपछि नेता र पत्रकारबीच हाँसोको फोहोरा छुट्यो । राजनीतिक सन्देश मिल्ने स्वष्ट जवाफ नआएपछि पत्रकारले पटक÷पटक संविधान संशोधन र निर्वाचनबारे कोट्याएपछि दुई शीर्ष नेताले मुख खोले । सभापति देउवाले संविधान संशोधनको प्रस्ताव आवश्यक छैन भनेर एमालेले नभनेको बरु त्यसको औचित्य खोजिरहेको बताउँदै सहमति गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

    एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा  भएको चियापान कार्यक्रममा नेताबीच शुभकामना आदानप्रदानसहित सामान्य घोचपेच पनि चल्यो ।

    ‘‘शुभकामना आदानप्रदानको समयमा राजनीतिक पक्ष विपक्षको भाषा बोल्न चाहान्न, सबै दल र पक्षलाई स्वागत भन्न चाहन्छु’’ एमाले अध्यक्ष ओलीले भने ।

    ‘काँग्रेसलाई सुतेको बाघजस्तो दल भन्नुहुन्थ्यो त, नजिकै बस्दा डर लाग्या छैन’ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीको छोटो जवाफ थियो, ‘‘जगाइराख्या छु ।’’

    बाघलाई जगाउनु पनि खतरा होइन र  ? भन्ने प्रतिप्रश्नमा ओलीले भने, ‘‘ काँग्रेसलाई अरु सानोतिनो किन भन्ने भनेर त्यसो भनेको नि ।’’

    UML tea party (1)
    ब्रिक्स सम्मेलनका लागि भारतमा रहेकाले प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चियापानमा उपस्थित भएनन्।

    चियापानमा सभामुख ओनसरी घर्ती, मन्त्रीगण, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार, तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (माले) का महासचिव सिपी मैनानीलगायत नेता सहभागी थिए ।

    UML tea party (8)
    कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, सांसद, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताको खचाखच सहभागिता थियो ।
    UML tea party (9)
    यसअघि पुरानो पार्टी कार्यालयको साँघुरो परिसरमा भन्दा शङ्खपार्कको फराकिलो वातावरणको चियापान थप व्यवस्थित देखिएको थियो । दिउँसो १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको मूलढोकामा विभिन्न राष्ट्रिय भेशभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरेका थिए भने पाहुनालाई पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवालीलगायतले स्वागत गरेका थिए।
    UML tea party (12)
    UML tea party (23)

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.