×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३० मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४२ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

खुल्न थाले युद्धकालीन फाइल

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    सत्य निरूपण–बेपत्ता आयोग

    यम विरही

    काठमाडौंः सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनकार्य प्रारम्भ गरेका छन् । सत्य निरूपणले सातवटै प्रदेशमा मुकाम खोलेर छानबिन अघि बढाउने भएको छ । बेपत्ता आयोगले प्रारम्भिक जाँचबुझकार्य सम्पन्न गरिसकेको छ ।
    सत्य निरूपणको प्रस्तावअनुरूप अर्थ मन्त्रालयबाट विज्ञ र विशेषज्ञसम्बन्धी आर्थिक मापदण्ड अनुमोदन भएका कारण छानबिन अघि बढाउन सहज भएको छ । ‘अब सात प्रदेशबाट छानबिन सुरु हुन्छ ।
    घटनाको छानबिनमा स्थानीय जनशक्ति प्रयोग गर्नेछौं’, सत्य निरूपण आयोग अध्यक्ष सूर्यकिरण गुरुङले अन्नपूर्ण पोस्ट्सँग भने, ‘भरखरैमात्र अर्थबाट विज्ञ र विशेषज्ञको आर्थिकसम्बन्धी मापदण्ड स्वीकृत भएर आएको छ ।’ स्थानीय प्रत्यक्षदर्शी व्यक्ति घटनाको छानबिनमा संलग्न हुँदा सत्य पत्ता लगाउन सहज हुने भएकाले आयोगले यस्तो रणनीति तय गरेको हो । उजुरीसम्बन्धी मापदण्ड रोक्न सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशले छानबिन प्रभावित नहुने पनि गुरुङले बताए ।
    सत्य निरूपणले प्रत्येक जिल्लामा मुकाम विस्तार गरेर छानबिन तीव्र बनाउने भएको छ । पीडितका तर्फबाट आयोगमा ५३ हजार सात सय ८६ उजुरी परेका छन् । उक्त आयोगले गत साउन ४ गते जारी गरेको द्वन्द्वकालीन उजुरी तामेलीमा राख्नेसम्बन्धी मापदण्ड २०७३ माथि सर्वोच्चले अन्तरिम आदेशमार्फत दसैंअघि रोक लगाएको छ । उक्त मापदण्डका कारण आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा उत्पन्न भएको दाबीसहित द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट दायर भएको थियो ।
    तामेली मापदण्डका आधारमा करिब १२ सय व्यक्तिको फाइल तामेलीमा पठाइएको दाबी पीडित पक्षको छ । ‘आयोगबाट एउटा पनि उजुरी तामेलीमा राखिएको छैन । द्वन्द्वकालीन घटनासँग कुनै सरोकारै नभएका उजुरीमात्र तामेलीमा राख्ने मापदण्डको प्रयोजन हो’, उक्त आयोगका अध्यक्ष गुरुङले भने । उक्त विवादमा सर्वोच्चले आयोग र पीडित पक्षलाई छलफलमा डाकेको छ । सत्य निरूपण आयोगले उजुरी मापदण्डका विषयमा सर्वोच्चलाई प्रस्ट्याउने भएको छ ।
    यता बेपत्ता आयोगले बेपत्ता व्यक्तिको उजुरीमा प्रारम्भिक जाँचबुझकार्य सकिएको जनाएको छ । उक्त आयोगमा बेपत्तासम्बन्धी दुई हजार नौ सय उजुरी दर्ता भएका थिए । ‘आयोगको क्षेत्राधिकारभित्र पर्ने हो वा होइन, द्वन्द्वकालको र द्वन्द्वसँग सम्बन्धित भएनभएको विषयमा प्रारम्भिक जाँचबुझ सकिएको छ’, बेपत्ता आयोगका सचिव महेश शर्मा पौड्यालले भने, ‘बेपत्ता व्यक्तिको पहिचानका लागि काठमाडौं र भक्तपुरमा एन्टीमाटम फर्म भराउने काम पनि सकिएको छ ।’ अन्य जिल्लामा पनि फर्म भराउने कार्य प्रारम्भ भएको छ ।
    यस्तै विभिन्न निकायमार्फत बेपत्ताका विषयमा सूचना र फाइल झिकाइएको छ । बेपत्ता आयोगले उजुरीकर्तालाई थप प्रमाण पठाउन पनि परिपत्र गरेको सचिव पौड्यालले बताए । उक्त आयोगमा करिब तीन सय उजुरी द्वन्द्वसँग असम्बन्धित छन् । यस्ता उजुरी तामेलीमा राख्नुपूर्व आयोगले एकपल्ट उजुरीकर्तालाई सोध्ने भएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.