×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३० मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४१ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

भुटानी शरणार्थीको स्वदेश फिर्ती ‘जटिल’

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तेस्रो मुलुक पुनःस्थापनाको कार्यक्रम सन् २०१६ को अन्त्यमा बन्द गरिने युएनएचसीआरले जनाएको छ

    भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्स्थापना गराउने समयावधि सकिने बेला नजिकिँदै गर्दा बाँकी रहेकालाई भुटान फर्काउने वा स्थानीय समायोजनका विकल्प खोज्ने भन्नेबारे प्रयास भइरहेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

    शरणार्थीलाई भुटान फर्काउन नसक्ने अभिव्यक्ति बेला बेलामा भुटानी अधिकारीबाट सार्वजनिक हुने गरेकाले पनि उनीहरुको स्वदेश फिर्तीको माग जटिल बनेको नेपाली अधिकारीहरुको बुझाइ छ।

    तेस्रो देश पुनर्स्थापना कार्यक्रम अन्तर्गत अहिलेसम्म अमेरिका, क्यानाडा, ब्रिटेन, नेदरल्याण्डस्, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्याण्डमा गरि १ लाख भन्दा बढी शरणार्थीहरु पुनर्स्थापित भएका छन्।

    समस्या

    शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय युएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम सकिएपछि करीब १० हजार भुटानी शरणार्थी शिविरहरुमा रहनेछन्।

    दातृ संस्थाहरुले अब के गर्ने भन्न विषयमा छलफल चलाइराख्नु भएको छ। अशक्त अपांगहरुका लागि कसरी व्यवस्था गर्ने भन्ने विषयमा सोचिरहनु भएको छ। हामी प्रयासरत छौं। आशावादी हुनुपर्छ

    कोशहरि निरौला, उपसचिव, गृहमन्त्रालय

    तिनै शरणार्थीहरुलाई फर्काउनका लागि भुटानले कुनै चासो नदेखाएकाले उक्त समस्या झन् पेचिलो बन्दै गएको छ ।

    शरणार्थी मामिला हेरिरहेको गृह मन्त्रालयको स्थानीय प्रशासन शाखाका उपसचिव कोशहरि निरौलाले भने, “दातृ संस्थाहरुले अब के गर्ने भन्न विषयमा छलफल चलाइराख्नु भएको छ। अशक्त अपांगहरुका लागि कसरी व्यवस्था गर्ने भन्ने विषयमा सोचिरहनु भएको छ। हामी प्रयासरत छौं।”

    बेला बेला भुटानी अधिकारीहरुले शरणार्थीलाई भुटान फर्काउने कुरामा असहमति जनाएका समाचार सार्वजनिक हुँदै आएका छन्।

    उक्त विषय राजनीतिक भएकाले राजनीतिक रुपमै सामाधान हुनुपर्ने निरौलाले बताए।

    उनले भने, “भूराजनीतिक अवस्थालाई पनि विचार गर्नुपर्ने हुन्छ, हतार गरेर गर्ने विषय पनि होइन। यो राजनीतिक विषय पनि हो।”

    अडान

    तर शिविरमा रहेका भुटानी शरणार्थीहरुले सम्मानपूर्वक भुटान फिर्तीको मागकै अडान लिएर तेस्रो मुलुक पुनर्स्थापनामा नगएको बेल्डाँगी शिविरका सचिव सन्चहाङ सुब्बाले बताए।

    समस्याको दीर्घकालिन समाधानका लागि नेपाल सरकार, भुटानी शरणार्थी र नेपाली समुदायसंगको सहकार्य आवश्यक हुन्छ

    केभिन एलन, नेपाल प्रतिनिधि, युएनएचसीआर

    सुब्बाले भने, “शिविरमा रहनेहरुले सम्मानजनक स्वदेश फिर्ती नै खोजेका छन् । उनीहरु त्यही अडानमा बसेका छन्।”

    युएनएचसीआरको अनुमानमा २ हजार भुटानी शरणार्थी भुटान फर्कन चाहन्छन् र बाँकी नेपालमै बस्न रुचाउने अनुमान युएनएचसीआरको छ।

    युएनएचसीआरका नेपाल प्रतिनिधि केभिन एलनले भने, “करीब १० हजारको संख्यामा रहने शरणार्थीमा हामीलाई लाग्छ सानो संख्या करिब २ हजार शरणार्थी भुटान जान चाहन्छन् र करिब ८ हजार शरणार्थी नेपालमै बस्न। उक्त समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार, भुटानी शरणार्थी र नेपाली समुदायसंगको सहकार्य आवश्यक हुन्छ।”

    युएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६१४ भुटानी शरणार्थी रहेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.