×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

राजा मरेपछि थाइल्यान्डमा एक वर्ष शोक मनाइने

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिरः एजेन्सी

    बैंकक थाइल्यान्डः थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको निधन भएपछि एक वर्ष शोक मनाइने भएको छ । विश्वकै लामो समय राजसिंहासन सम्हालेका भूमिबोलको बिहीबार देहान्त भएपछि थाइल्यान्ड सरकारले एक वर्षसम्म शोक मनाउने घोषणा गरेको हो ।
    लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उनको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् ।
    थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त थिए ।
    उनको ८८ वर्षको उमेरमा थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
    पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उनलाई उक्त अस्पतालमा राखिएको थियो । उनको निधनको समाचार थाइल्यान्डको राष्ट्रिय टेलिभिजनमा पहिले श्यामश्वेत फोटो देखाइएपछि समाचार प्रस्तोतामार्फत घोषणा गरिएको थियो ।
    थाई राजा भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उनीप्रति जनताको प्रगाढ माया रहेको कतिपय बताउँछन् ।
    राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहेका राजाको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ ।
    दिवङ्गत राजा भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्ने जानकारी दरबार स्रोतले जानकारी दिएको छ ।
    १८ वर्षको उमेरमा राजगद्दी, सात दशक नेतृत्व
    सन् १९४६ मा बैंककको राजदरबारमा भएको गोलीकाण्डमा राजा आनन्दको मृत्यु भएपछि १८ वर्षको उमेरमा भूमिबोलले राजगद्दी सम्हालेका थिए ।
    प्रजातान्त्रिक शासनद्वारा थाइल्यान्डको प्रगति देख्ने दिवङ्गत राजाले देश सङ्कटमा पुगेका बेला सन् १९७३, १९९२ मा आफ्नो महत्वपूर्ण भूमिकामार्फत देशलाई एकताबद्ध गर्दै अघि बढेका थिए ।
    दिवङ्गत राजा भूमिबोलको जस्तै नेतृत्व पाउन नसकेमा पटकपटक सत्तामा पुगे पनि उनको अगाडि राजनीतिक कौशलता प्रदर्शन गर्न नसकेका कारण सत्ता बाहिर रहन पुगेका दल तथा नेताहरुबीचको द्वन्द्वका कारण कतै थाइल्यान्डले राजनीतिक अनिश्चितताको सामना गर्नुपर्ने त होइन भन्ने विचार शोकाकुल नागरिकको चिन्ताको विषय बनेको छ ।

    राष्ट्रसङ्घका महासचिव बान, अमेरिकी राष्ट्रपति ओबामाद्वारा शोक व्यक्त
    यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै थाई राजा भूमिबोलको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
    उनको निधनपछि थाई राजपरिवार, सरकार र जनतालाई पठाइएको शोक सन्देशमा दिवङ्गत राजा भूमिबोलको देशप्रतिको लामो समर्पण र राष्ट्रिय एकता कायम गर्ने नेताको रुपमा स्मरण गरिएको छ ।
    त्यसैगरी अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिवङ्गत थाई राजा भूमिबोलको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजन, थाई जनता र सरकारप्रति समवेदना व्यक्त गरेका छन् र
    राजा भूमिबोल अमेरिकाको निकट मित्रका रुपमा गरेको भूमिकाको प्रशंसा गर्दै भूमिबोल थाई जनताका मनमस्तिष्कमा गडेका नेता भएको उल्लेख गरिएको छ ।
    अमेरिकाको निकट मित्र भएर विभिन्न समयमा अमेरिकी नेतृत्व सम्हालेको स्मरण गर्दै विभिन्न राष्ट्रपतिका महत्वपूर्ण सहयोग गरेको ओबामाको भनाई छ ।
    अमेरिकी राष्ट्रपति ओबामाले आफू सन् २०१२ थाइल्यान्ड पुग्दा थाई जनताले उनीप्रति देखाएको न्यानो मायाको अनुभूति गरेको सन्देशमा जनाइएको छ ।

    रासस/एएफपी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.