×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३५ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

झापादेखि कञ्चनपुरसम्म मधेस प्रदेश बनाउने देशद्रोही कुरा हुन्: केपी शर्मा ओली

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन २८, २०७३- सरकार बाहिरिएपछि पनि एमाले अध्यक्ष केपी शर्मा राजनीतिको केन्द्रमा छन् । विशेषगरी संविधान संशोधनमा निर्णायक भूमिका एमालेको छ, तर उ अहिले संशोधनको लागि तयार छैन । ओलीले भने संशोधनको लागि औपचारिक प्रस्ताव नै नल्याई एमालेको काँधमा आरोपहरु आएको बताउँछन् । औचित्यपूर्ण संशोधनको विपक्षमा नहुने उनको भनाइ छ । प्रस्तुत छ ओलीसँग कान्तिपुरका लागि बालकृष्ण बस्नेत र शेखर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश–

    ……

    संविधान कार्यान्वयनका बाँकी कार्यभार पूरा गर्न दसैंपछि राजनीतिलाई कसरी डोहोर्‍याउनुहुन्छ ?
    हामी संक्रमणकालमा छौं । संक्रमणकाल टुंग्याउन सबैको संयुक्त प्रयास चाहिन्छ । संयुक्त प्रयास आज पनि चाहिन्छ तर, साना स्वार्थका कारण, वैयक्तिक वा दलीय स्वार्थका कारण टुट्यो । त्यही विन्दुबाट जोड्नुपर्छ ।

    तपाईं विपक्षी दलको नेता पनि हुनुहुन्छ । टुटेको सम्बन्ध जोड्ने उपाय के हुन्छ जस्तो लाग्छ ?
    हाम्रो ध्यान संविधान कार्यान्वयन गर्ने र अगाडि बढ्ने भन्ने नै छ । कांग्रेसको प्रमुख दलहरु मिल्नै हुँदैन भन्ने नीति नक्कली नीति हो । त्यसले राजनीतिलाई गलत दिशातिर लग्यो । त्यो नीति स्वभाविकरुपमा आएको थिएन, अरु ढंगले अरुकै उद्देश्यका लागि र आफ्नो वैयक्तिक स्वार्थका कारणले आएको थियो । त्यसले राजनीतिलाई गलत दिशामा धकेल्यो र धेरै व्यवधानहरु पैदा भए । संविधान जारी भइसकेको अवस्थामा नेपाली कांग्रेसले गलत नीति थियो । कांग्रेसभित्र लोकतन्त्रका लागि त्याग, तपस्या, बलिदान गरेका र लोकतन्त्रप्रति निष्ठा राख्नेहरु पछाडि परे र अरुको बोलवाला चल्यो । कांग्रेस आम नेता, कार्यकर्ता र देशले चाहने निर्णय गर्ने अवस्थामा छैन ।

    त्यो भनेको….
    हामीबीच १६ बुँदे समझदारी भयो । संविधान बनेपछि सरकारको नेतृत्व एमालेलाई दिने भन्ने थियो । कांग्रेसले भाका फेर्‍यो । संविधान बनेपछि त्यो एकता टुट्यो, अब त्यहीँबाट सुरु गर्नुपर्छ मैले भनेको छु ।

    कांग्रेसलाई यो कुरा भन्नुभएको छ ?
    मैले लगातार भनिरहेको छु । मेरो नेतृत्वमा सरकार बनेपछि मैले मन्त्रिपरिषद् पुनर्गठन गर्छु, तपाईंहरु आउनुस् भन्दा संविधान कार्यान्वयन गर्ने तत्परता उहाँमा देखिएन । तर, बरु माओवादीलाई सरकारको नेतृत्व दिने, एमालेलाई एक्ल्याउने नीति लिनुभयो । एमाले एक्लिन मञ्जुर छ, प्रतिपक्षमा बसेर चुनावमा जान तयार छ । एमाले अनेक बाढीहरु वारपार गरेर आएको पार्टी हो, डुब्न लागेको पार्टीजस्तो अनेक त्यान्द्रो समाउनुपर्ने आवश्यकता छैन ।

    तपाईंको भनाइले त दलहरु संवादहीनताको अवस्थामा पुगेकोजस्तो देखिन्छ । तपाईं आफूले चाँही कुनै प्रयास गर्नुभएको छ ?
    संविधान कार्यान्वयन गर्न र दलीय सम्बन्धलाई पुन ट्रयाकमा ल्याउन मैले पहल गरिरहेको छु । मैले कोसिस गरिन भन्ने होइन । कांग्रेसको स्वार्थ, गलत नीति र माओवादीको त विल्कुलै सत्ता स्वार्थले प्रतिकुल असर पारेको छ । राजनीतिलाई सही ठाउँमा ल्याउने हो भने जहाँ धागो टुटेको थियो, त्यहिँबाट सम्वाद सुरु गर्नुपर्छ ।

    त्यो भनेको राष्ट्रिय सहमतिको सरकार भन्न खोज्नुभएको हो ?
    राम्रो कुरा त त्यही हो । तर, म अब त्यसमा धेरै जोड दिन चाहन्न । नेपालमा राष्ट्रिय सहमति अल्मल्याउन, झुक्याउन प्रयोग भएको छ । राष्ट्रिय सहमतिको कुरा गर्ने तर काम अर्कै गर्ने, द्वन्द्वतिर धकेल्ने तर सहमति भन्दै गर्ने देखिएको छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि सरकार परिवर्तन भन्नुभयो, सहमति भत्काएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्दै हुनुहुन्छ । मुलुकलाई द्वन्द्वतर्फ धकेलेर उहाँ केही महिना प्रधानमन्त्री हुने हो, अरु पनि केही चालहरु त होलान् । तराईको समस्या टुंगिएको थियो, आन्दोलन टुंगिएको थियो, नाकाबन्दी थिएन, भारतसँग कुनै समस्या थिएन ।

    तर, ती सबै समस्या तपाईंले हल गर्न सक्नुभएन, समस्या यथावत् रहे भनेरै पुष्पकमल दाहालले तपाईंलाई साथ छाड्नुभएको होइन ?
    दूत पठाएर कहाँ सपार्नुभयो उहाँलाई नै थाहा होला । आफू गएर सपारेको हो कि ? २५ बुँदे सपारेको हो कि ? घुँडा टेकाई पनि सपारेको हो कि, आदेशको तामेली गर्छु भन्ने सपारेको हो कि ?

    उहाँले भारतसँग सम्बन्ध सुधार गर्न ओली सरकार असफल भयो भने संसदमै भन्नुभयो त ?
    लोभले, पापले यस्ता कुरा भन्नुपर्दो रहेछ भन्ने कुराको उहाँ प्रमाण नै हुनुभएको छ । दृष्टान्त नै हुनुभएको छ ।

    तपाईंसँग भारतको सम्बन्ध चिसो भएको थिएन उसो भए ?
    चिसोभन्दा माथि पुगेको थियो । नाकाबन्दी भनेकै त्योभन्दा माथि पुग्नु हो । तर, म प्रधानमन्त्री भएपछि भारत गएँ । कुराहरु भए । ईपीजी ग्रुप बन्यो । त्यसमार्फत पनि कुराहरु भए । कहिँ कतै समस्या थिएनन् । अब सम्बन्ध कहाँ बिग्रिएको थियो, उहाँले कहाँ सपार्नुभयो भन्ने जनतालाई भन्नुपर्दैन ? फेरि अर्को कुरा, धार्मिक कार्य गर्दा श्री गणेशाय नम: बाट सुरु गर्नुपर्छ भनेजस्तै उहाँले एक महिनाभित्रै भारत के उपलब्धीका लागि जानुपर्ने थियो ? के नयाँ गर्नुभयो, के थप गर्नुभयो ? देखासिकीका लागि राजकीय भ्रमण भयो होला कुराको सारतत्व त्यस्तो देखिएन । म गएका बेला समस्या थिए, समाधान भए । नयाँ बन्दरगाह लिइयो । सम्झौताहरु गरिए । असमझदारीहरु थिए, असमझारीहरु हटे ।

    तर राष्ट्रियताको कुरा गर्दै भारतलाई झन् चिढ्याएको आरोप छ नि ?
    प्रधानमन्त्रीजी के भन्नुहुन्छ यसबारेमा ? राष्ट्रियताको कुरा गर्नु हुँदैन, त्यसो गर्दा बिग्रियो भन्नुहुन्छ ? भारतले त्यसो भनेजस्तो लाग्दैन । उहाँको भनाइ के छ त ? उहाँले सन्तुलित सम्बन्ध बनाउँछु भन्नुभयो, आबेगमा परराष्ट्र सम्बन्ध भन्नुभयो । आबेगमा परराष्ट्र सम्बन्धको आक्रोस र निरर्थक विरोध बाहेक कुनै आबेगको सम्बन्ध देख्नुभयो त ? म प्रधानमन्त्री हुँदा तराई बन्द भएको दुई महिना भएको थियो । नाकाबन्दी भएको तीन हप्ता भएको थियो । त्यसलाई खुलाइयो । म भारत भ्रमणमा गएँ । सम्झौताहरु भए ।

    अर्को कुरा, संविधान संशोधनमा तपाईंले प्रधानमन्त्रीलाई साथ दिनुभएन, बैठकमै जानुहुन्न भनिन्छ नि ?
    कसले कहाँ, के सम्झौता गरेको छ मैले सोध्दै खोज्दै जाने त होइन नि π अर्थपूर्ण बैठकमा जान्छु । प्रधानमन्त्रीले देखाउनका लागि बोलाउने, मैले वार्ता गरिरहेको छु, सब मिलाउन खोज्याछु भन्ने भ्रम फिँजाउने बैठकमा म किन जाने ? त्यस्ता कुरामा म फेरि पनि जान्न । सार्वजनिक खपतका लागि हुने राजनीतिमा मेरो विश्वास छैन । उहाँले फोन गर्दा फोन उठाएकै छु । कुरा गर्न खोज्दा कुरा गरेकै छु । केका लागि बोलाएको हो भन्ने त म बुझ्छु नि राजनीति गरेको धेरै भयो ।

    संविधान संशोधनका लागि तपाईसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छैन उसो भए ?
    उहाँले सम्झौता गर्दा मलाई सोध्नुभएको थियो ? संविधान संशोधनको कुरा मसँग सोध्नुभएको छैन । कुरा आयो भने संविधान संशोधनमा छलफल गर्छौं, राम्रो कुरा भए मान्छौं, नराम्रो कुरा मान्दैनौं ।

    झापादेखि कञ्चनपुरसम्म मधेस प्रदेश बनाउने कुरामा एमाले के गर्छ ?
    देशद्रोही कुरा हुन्, मान्दैनौं । यस्ता कुरा नगरेकै राम्रो ।

    नागरिकतामा ?
    यस्तो कुरा पनि नगरेकै राम्रो ।

    भाषामा ?
    भाषा भनेको के ? नेपालमा हिन्दी भाषा राष्ट्रिय भाषा हुँदैन ।

    भनेपछि चुनावअघि संविधान संशोधन हुँदैन ?
    चुनावका लागि कुनै संवैधानिक जटिलता छन् भने हुन्छ । तर, कसैलाई खुसी पार्नका लागि, बक्साउनका लागि हुँदैन । संविधानको सर्वस्वीकार्यता भन्ने, एमालेबाहेक दुई तिहाई पुर्‍याएर पेलेर जान्छौं भन्ने । एमालेजस्तोको असहमतिका बीच सर्वस्वीकार्यताको कुरा गर्ने, चार जनाले भनेपछि सर्वस्वीकार्यता नहुने, एमालेजस्तो पार्टी विपक्षमा हुँदा पनि सर्वस्वीकार्यता हुने भन्ने जुन परिभाषा छ, आँखामा पट्टि बाँधेर हिंडेपछि के भन्ने ?

    तपाईं प्रधानमन्त्री हुँदा मधेसका समस्याका बारेमा छलफल गर्नुभएको हो । भनेपछि मधेसका समस्याबारे जानकार नै हुनुहुन्छ हैन र ?
    मैले प्रधानमन्त्रीका हैसियतमा बोलाएको हुँ । उहाँहरु नआउनुभएको हो । समस्या टुंग्याउन मन छैन, धेरैपटक कुरा भए, समस्या टुंग्याउन चाहनुभएन । समाधान खोज्न चाहनुभएन । देशलाई अप्ठ्यारो पार्ने काम गर्नुभयो । मेरोविरुद्ध भोट हाल्न आउनुभयो । मलाई हटाउन भोट हाल्न आउनुभयो । माओवादीले प्रस्ताव फिर्ता लिंदा कहिले दूतावासमा, कहिले होटलमा भोज खान जानुभयो । मैले त मान्छे मारिएको स्थितिलाई साम्य पारेको थिएँ नि π मेरो सरकराले मृतकका परिवारलाई १० लाख दिएको थियो । मुद्धा फिर्ताको कुरा उठाइयो । मैले भनेको थिएँ, कतै असमझदारीमा भएको छ भने ठीकै छ भनेको थिएँ ।

    कैलाली घटनाका आरोपीको मुद्धा फिर्ता लिने कुरामा एमालेको धारणा के हो ?
    मुद्धा फिर्ता लिने एमालेले होइन । सुतिरहेको बच्चा मारिएको छ, काममा रहेका सुरक्षाकर्मी मारिएको छ, एम्बुलेन्सबाट थुतेर सुरक्षाकर्मी मारिएको छ, सुरक्षा निकाय भनेको जसले जहाँ पनि मार्न पाउने भन्ने होइन ।

    दाहाल सरकारले गराउने चुनावमा तपाईंहरु भाग लिनुहुन्छ ?
    बिल्कुल लिन्छौं ।

    उहाँले चुनाव गराउन सक्नुहुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
    म मुस्किल देख्छु । उहाँहरुको उद्देश्य फरक हो कि भन्ने शंका छ ।

    चुनाव गराउन सकेन भने…?
    चुनाव गराउन सकेन भने सरकारको औचित्य समाप्त हुन्छ । ०७४ माघ ७ भित्र संवैधानिक र राजनीतिक जटिलता अन्त्य गर्न सकेन भने देशकाविरुद्ध अपराध हुनेछ । उहाँहरुका छलछाम कुराहरु पर्दाफास हुन्छन् ।

    संवैधानिक संकट निम्त्याएर एमालेले राष्ट्रपतिलाई अघि सार्दैछ भन्ने आरोप लगाउँछन् नि ?
    एमालेको राष्ट्रपति छैन । एमालेले उम्मेदवार बनाएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.