×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३५ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

ओबामाले सम्बोधन गर्दागर्दै ‘बिल क्लिन्टन बलात्कारी’लेखिएको टिर्सट प्रदर्शन भएपछि….

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिरः एजेन्सी

    अमेरिकाः राष्ट्रपतीय निर्वाचनको तिथि नजिकिँदै गएको र अमेरिकी मतदाताहरु राजनीतिक रुपले दुई तीब्र खेमामा विभक्त भएका छन् । वर्तमान अवस्थाबीच नर्थ क्यारोलिनामा आयोजित एक आमसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टी समर्थकलाई डेमोक्र्याट सदस्य हिलारी क्लिन्टनको पक्षमा ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
    आमसभामा ट्रम्पसमर्थक रिपब्लिकन पार्टी पक्षधरहरुले बारम्बार होहल्ला र हुटिङगगरी बिथोल्न खोजेका थिए ।
    आमसभामा ओबामाको सम्बोधन शुरु भएको धेरै बेरपछि ट्रम्पका समर्थक प्रतीत हुने एकजोडी युवक युवतीले बाहिरी लुगा फुकालेर ‘बिल क्लिन्टन बलात्कारी’ जस्ता वाक्य ठूला अक्षरमा छापिएको टिसर्ट प्रदर्शन गरी हुल्लडबाजी गर्दै मञ्चतर्फ जान लाग्दा तत्कालै सुरक्षाकर्मीले तिनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
    यस्तै गतः आइतबारको प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टनको बिगत केही बर्ष अघिको तथाकथित यौनकाण्डबारे तीब्र चर्चा गर्दै ट्रम्पले हिलारीलाई होच्याउन गरेको प्रयासस्मरण गर्दै त्यसउपर ओबामाले कडा व्यङ्ग गरे ।
    ‘प्रत्यक्ष बहस कार्यक्रम शुरुहुनु अघि तीन तीनवटी तरुनीले ट्रम्प स्वयंलाई घेरा हाली हलमा ल्याएका थिए । पछि ती तीनै वटीले सो बहस कार्यक्रममा भाग लिएर हामी तीनैजनालाई पनि बिल क्लिन्टनले यौन दुब्र्यबहार गरेका थिए भन्ने बनावटी कुरा निकालेर दोष लगाए ।
    अब यहाँहरु नै बुझ्नुहोस् कि ट्रम्पको यो कस्तो नाटक हो, क्लिन्टनले यौन दुब्र्यबहार गरेका भए ती महिलाहरुले ट्रम्पलाई घेरा हाल्दै यत्रो सभाबीच आउने आँट गर्थे त रु ती महिलाहरुलाई बिल क्लिन्टनले न कहिल्यै चिनेका थिए न त तिनीहरुलाई यौन दुब्र्यबहार भयो भनी कहिल्यै सुनिनमा आयो” ओबामाको कथन थियो ।
    क्लिन्टनको प्रतिद्वन्दी डोनाल्ड ट्रम्प निर्वाचनदौडको मैदानमा धेरै पछाडी परिसकेकाले उनलाई मत खसालेर आफ्नो मताधिकार ब्यर्थैमा खेर पठाउनु सट्टा क्लिन्टनको पक्षमा मतदान गरी एकता प्रदर्शन गर्न राष्ट्रपति ओबामाले होहल्लाकै माझ रिपब्लिकन पार्टी समर्थकहरुलाई पनि अनुरोध गरे।
    एक त ट्रम्पले निर्वाचन जित्नै नसक्ने, कथंकदाचित जितिहालेमा पनि डेमोक्र्याटले अपार जनसमर्थन पाएको यस्तो अभूतपूर्व अवसरमा त्यस विजयको कुनै अर्थ नै नरहने भनी राष्ट्रपतिले दावी गरे ।
    एकहप्ता अघि हाइटीबाट एकाएक उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले केही दिन अघि नर्थ क्यारोलिना राज्यमा पनि प्रबेश गरी निकै धन जनको क्षति गरेर विध्वंश मच्चाएको थियो ।
    सो आँधीका कारण नर्थ क्यारोलिना राज्यमा भएको क्षतिउपर चिन्ता गर्दै जे जति बबण्डर मच्चिए पनि हामी एकआपसमा सहयोगी बन्यौं भने जस्तोसुकै आपत्को पनि समना गरी त्यसलाई हराउन सकिन्छ भन्दै राष्ट्रपति ओबामाले आफ्नो सम्बोधन शुरु गर्नु भएको थियो । नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्क्रोरिले पेश गरे बमोजिम राष्ट्रपति ओबामाले सो राज्यलाई ‘दैवीप्रकोप प्रभावित राज्य’ भन्ने घोषणापत्रमा हिजो सही गर्नु भएको थियो ।
    क्लिन्टनको समर्थनमा हुने चुनावी प्रचार प्रसारकै सिलसिलामा आगामी बिहिबार ओहायो राज्यको पिट्सबर्ग र कोलम्बस तथा शुक्रवार क्लिभ्ल्याण्ड जाने राष्ट्रपति ओबामाको भ्रमण तालिका रहेको बताइएको छ ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.