×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २१ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

भुटानी शरणार्थी अमेरिका पुगेपछि शिविरमा दसैँ आएन

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    दमक झापाः झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएको छैन ।
    शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक-५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन ।
    भुटानी शरणार्थीलाई सन् २००८ देखि तेस्रो देश पुनर्वास गराएपछि शिविरमा दसैँजस्ता चाडपर्वको रौनक घट्दै गएको हो । दमक बेलडाँगी–१ हटनम्बर ३७ का वृद्ध मेकमान तामाङका अनुसार ठूलो सङ्ख्यामा शिविर खाली हुँदै गएपछि दसैँ चाड नै खल्लो हुँदै गएको छ ।
    ‘परिवारका लागि चाडबाड आएको भन्दा नआएकै जाति हुने गरेको छ ।’ बुधबार शिविरको छाप्रोमा भेटिएका तामाङले भने – ‘परिवार नै तितरवितर छ, दसैँ साह्रै खल्लो लाग्छ ।’ उनकी श्रीमती र केही सन्तान युरोप र अमेरिका पुगेपछि एक्लो जीवन झन्झटिलो बनेको उनले सुनाए ।
    तामाङ जस्तै शिविरमा आश्रित अधिकांश शरणार्थीका आफन्त तथा परिवारहरु अमेरिकालगायत अस्टेलिया र युरोपका आठवटा मुलुकमा एक लाख बढी सङ्ख्यामा पुनर्वास भइसकेका छन् ।
    बेलडाँगी शिविरका दुर्गामान सन्यासीलाई समेत यो दसैँ अघिल्ला दसैँभन्दा उजाड भएको बताउनुहुन्छ । चाडपर्वले परिवारमा सद्भाव र उमङ्ग आउनुपर्नेमा सिङ्गो परिवार बिछोडिएपछि शिविरमा दसैँजस्ता चाड खल्लो बन्दै गएको सन्यासीको बुझाइ छ ।
    सन्यासीका अनुसार आफ्नै देश, आफ्नै शैली, आफ्नै बारी सबै थोक थियो भुटानमा । तर नेपाल लखेटिएपछि छानो फाटोको झुप्रो र दाताले दिएको राहतबाहेक केही छैन ।
    सन्यासीले भने-‘जसोतसो संस्कार त धान्नै पर्‍यो । औपचारिक मात्र भए पनि पर्व मनाउनै पर्‍यो नि ?’ उनले दसैँमा पनि खल्लो मन लिएर टीका जमरा थाप्नु बाध्यता नै रहेको गुनासो गरे ।
    यसैगरी शरणार्थी डिल्लीराम सुवेदी, इन्द्रकुमार प्रधान, दुर्गामाया प्रधानलाई पनि जब पर्वहरु आउँछन्, उमङ्गभन्दा निराशाले मन किच्ने गरेको अनुभव सुनाउँछन् ।
    केही वर्षअघिसम्म त फाटेको छानोमुनि आफन्तको साथमा दसैँ मनाउँदा पनि मन जोडिन्थ्यो । तर परिवार नै विभाजित हुँदै तेस्रो मुलुक जान थालेपछि त शिविरमा रहेका शरणार्थीलाई यी पर्वहरु पिरका पर्याय बन्ने गरेका उनीहरुको धारणा छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    सुन ताेलामा ११ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ३. सुन ताेलामा ११ सयले घट्याे

    • ४. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ६. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ७. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.