×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३४ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

भेरी-बबई सिँचाइ: सुरुङ बनाउने तयारी तीव्र

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सिँचाइ र विद्युत उत्पादन दुवै हुने गरी भेरी-बबई सिँचाइ आयोजनाको परिकल्पना गरिएको छ

    राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गत सुरुङ खन्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन्।

    पहिलोपटक नेपालमै अत्याधुनिक ‘टनेल बोरिङ मसिन’ प्रयोग गरी सुरुङ खनेर एकसाथ विद्युत र सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ।

    चीनमा ‘टनेल बोरिङ मसिन’ निर्माण समेत भइरहेको बताइएको छ।

    लक्ष्य

    भेरी–बबई बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुर्खेतमा बगेको भेरी नदीको प्रति सेकेन्ड ४० घनमिटर पानी बबई नदीमा खसाल्ने योजना छ।

    जसबाट ४८ मेगावाट विद्युत उत्पादन हुने र बाँके तथा बर्दियाको ६० हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पुर्याउने बताइएको छ।

    विक्रम सम्वत् २०७१ सालमा शिलान्यास गरिएको उक्त आयोजनाको काम पूर्वयोजना अनुरुप नै भइरहेको आयोजना प्रमुख शिवकुमार बस्नेतले बताए।

    उनले भने,”त्यहाँसम्म पुग्न हामीले झण्डै सवा दुई किलो मिटर बाटो बनाउनुपर्छ। त्यो काम चाहिँ हामीले करिब सम्पन्न गरिसकेका छौं। टनेल बोरिङ मसिनसंग सम्बन्धित काम पनि एक महिनामा पूरा हुनेगरी भइरहेको छ। यो परियोजनाभित्रको जतिपनि निर्माणका कामहरु छन्, ती सबै आ-आफ्नो गतिमा अगाडि बढिरहेको छ। यसको प्रगतिबाट म सन्तुष्ट छु।”

    हाल भइरहेका कामहरु सुरुङ खन्नु पूर्वको तयारी भएको बताइएको छ।

    जटिल

    आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल मानिएको ‘टनेल बोरिङ मसिन’को प्रयोग गरेर १२ किलोमिटर सुरुङ खन्ने काम चाहिँ अर्को वर्षको यही महिनाबाट शुरु गर्ने योजना छ।

    जसका लागि ‘टनेल बोरिङ मसिन’ चीनमा निर्माण भइरहेको आयोजना प्रमुख बस्नेतले बताए।

    उनले भने, “केही आफ्नै स्तरसम्म डिजाइनको काम सकेर कुल उत्पादनका कामहरु पनि शुरु भइसकेको छ। हाम्रो साइटसम्म आइपुग्नलाई के कस्तो हुन्छ भनेर निर्माण व्यवसायीले अध्ययन गरेर प्रस्ताव गर्ने प्रक्रियामा छ। अबको जुलाई-अगस्टसम्ममा आएर टनेल बोरिङ मसिन खडा गर्ने काम शुरु हुने अवस्था छ।”

    स्थानीयस्तरमा वातावरणीय प्रभाव न्यूनीकरण र त्यहाँका विकास निर्माणका काम समेत भइरहेको जनाइएको छ।

    यस वर्षका लागि करिब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यो पर्याप्त रहेको बताइएको छ।

    नेपालमै पहिलोपटक उक्त आयोजनमा प्रयोगमा ल्याउन लागिएको ‘टनेल बोरिङ मसिन’को प्रयोग सफल भएमा विभिन्न नदीहरुको पानी सुरुङमार्गबाट अर्को ठाँउसम्म पुर्याउने र त्यसबाट विद्युत उत्पादन गर्ने र सिँचाइ सुविधा पुर्याउने बाटो खुल्ने अपेक्षा गरिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.