×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३६ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

‘धरान-चतरा वैकल्पिक मार्ग द्रुत गतिमा बन्दै’

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    निर्माण सम्पन्न भएपछि यो मार्गले सो क्षेत्रमा विकासका साथै विकल्प दिने बताइएको छ।

    भित्री मधेश क्षेत्रका चारवटा जिल्ला सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाको आर्थिक विकास तीव्र पार्न तथा वैकल्पिक मार्गको स्थापना गर्न धरान-चतरा-कटारी-गार्इघाट-हेटौडा सडक विस्तारको काम द्रुत गतिमा भइरहेको छ।

    ७५ वटा पुल अनि अढाइ सय किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको अधिकारीहरुको भनाइ छ।

    सरकारले उच्च प्राथमिकतामा राखेको यो सडक तीन वर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य छ।

    उच्च प्राथमिकता

    आयोजनाका अनुसार यी चार जिल्लालार्इ औध्योगिक करिडोरको रुपमा समेत विकास गर्ने सरकारको योजना रहेको छ।

    गत वर्ष मन्त्रिपरिषदको निर्णयवाट यो सडकलार्इ सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य थालिएको धरान-चतरा-कटारी-गार्इघाट-हेटौडा आयोजनाका निर्देशक गोपाल प्रसाद सिग्देलले बताएका छन्।

    आठ वर्ष अघि सप्तकोशी नदीको पूर्वी तटबन्ध भत्किएर बाढीले पूर्व पश्चिम राजमार्ग भत्काउँदा करिब तीन महिना भन्दा बढि समय सडक अवरुद्ध भएको थियो।

    त्यतिबेला वैकल्पिक मार्ग नभएका कारण पश्चिमी जिल्ला र काठमाडौ पुग्न भारतको बाटो प्रयोग गरिएको थियो। त्यहि कठिन परिस्थितिलार्इ ध्यानमा राखेर सरकारले वैकल्पिक मार्गको रुपमा धरान-चतरा-कटारी-गार्इघाट-हेटौडा सडक विस्तार गर्ने निर्णय गरेको हो।

    यो सडक तीन वर्ष भित्रमा निर्माण गर्ने लक्ष्य राखेको आयोजनाका निर्देशक गोपाल प्रसाद सिग्देलले जानकारी दिएका छन्।

    उनले भने, “३१८ किलोमिटर मध्ये २५० किलोमिटर दोहोरो लेनको कालोपत्रे गर्न बाँकी छ। यस खण्डमा ७५ वटा पुलहरु निर्माण गर्न बाँकी छन्। लागत अनुमान करिब अठार अर्ब रुपियाँको छ।”

    कृषि र पर्यटन

    धरान-चतरा-कटारी-गार्इघाट-हेटौडा सडक अन्तर्गत सप्तकोशीमा पुल निर्माण भर्इसकेको छ। ठूला नदी कमला र वागमतीमा पनि पुल निर्माण कार्य भइरहेको छ।

    अढाइ सय किलोमिटर कालोपत्रे बनाउन ठेक्का आह्वान गरिएको वताइएको छ।

    चतरा देखि विरेन्द्रचोक अनि धरान चतरा कालोपत्रे भइरहेको सिग्देलले जानकारी दिए। सिग्देलका अनुसार भित्री मधेशका बिचको क्षेत्र सुनसरी, उदयपुर ,सिन्धुली र मकवानपुरलार्इ आर्थिक करिडोरको रुपमा विकास गर्ने सरकारको लक्ष्य छ।

    ३१८ किलोमिटर मध्ये २५० किलोमिटर दोहोरो लेनको कालोपत्रे गर्न बाँकी छ। यस खण्डमा ७५ वटा पुलहरु निर्माण गर्न बाँकी छन्। लागत अनुमान करिब अठार अर्ब रुपियाँको छ

    गोपाल प्रसाद सिग्देल, धरान-चतरा सडक आयोजनाका निर्देशक

    कृषिमा उर्वर मानिएका यी क्षेत्रमा बाटोको विकासले कृषिका साथै पर्यटनमा मद्दत पुग्ने ठानिएको छ।

    धरानको भोटेपुल देखि करिब ४ सय मिटर जति उत्तर धनकुटे रोडलार्इ शून्य मानेर धरान-चतरा-कटारी-गार्इघाट सडक शुरु हुन्छ।

    सडकको केन्द्रबाट १५/१५ मिटर चौडाइको रहने सडक विस्तार गरिएमा धरान नगरमा दायाँबायाँका करिब दुई सय जति घर भत्किने भएपछि धरानवासीले सडकलार्इ नगरको दक्षिण क्षेत्रमा रहेको तीनकुनेको जंगलबाट लैजान अनुरोध गरिरहेको पूर्वान्चल क्षेत्रिय सडक निर्देशनालय दमकका निर्देशक शिवहरी सापकोटाले बताए।

    सापकोटाका अनुसार यस विषयमा आयोजनाले अध्ययन गर्नेछ।

    धरान-चतरा-कटारी-गार्इघाट-हेटौडा सडक पूर्व पश्चिम राजमार्ग तथा मध्यपहाडी राजमार्गसंग पनि जोडिन्छ।

    भविष्यमा आइपर्न सक्ने कुनै पनि किसिमको समस्याबाट हालको राजमार्ग अवरुद्ध भएमा यो सडकले पूर्व पश्चिम आवतजावतमा समेत सजिलो हुने वताइएको छ

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.