×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३५ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

भारत र पाकिस्तान पर्ख र हेरको नीतिमा

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन २८, २०७३- भारतले सेप्टेम्बर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन । जुनसुकै बेला दुई देशबीच युद्ध हुन सक्ने भय र त्रास हटेको छैन । दुवै पर्ख र हेरको रणनीतिमा छन् । दुवै देशका सैन्य अधिकारीहरू द्वन्द्व कम गर्न आसपासमा कुराकानीमा रहेको भनिए पनि सम्भावित युद्धका लागि समेत तयारी अवस्थामा छन् ।

    भारतीय अधिकारीहरूले आफ्नोतर्फबाट अब कुनै पनि प्रकारको आक्रमण नगर्ने तर पाकिस्तानी पक्षबाट कुनै आक्रमण भए प्रतिकार गर्ने बताइरहेका छन् । तैपनि कतिपयको बुझाइ आगामी साता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनसम्म दुवै पक्षले संयम अपनाएको र त्यसपछि दुई देशबीच सिमानामा तनावको अवस्था सिर्जना हुनसक्छ भन्ने छ ।

    यसैबीचमा आगामी नोभेम्बरमा पाकिस्तानमा सैन्य प्रमुखको म्याद सकिँदै छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तान सरकारले सेनाको म्याद नथपे तत्काल युद्धको सम्भावना रहने छैन तर सैन्य प्रमुखको म्याद थपिए यसले पाकिस्तान भारतसँगको दीर्घकालीन द्वन्द्वको तयारीमा रहेको सन्देश दिने छ ।

    एकातर्फ दुई देशको बीचमा युद्धको भय टरिसकेको छैन भने अर्काेतर्फ आगामी हप्ताहरूमा भारतमा आतंकवादी आक्रमणहरू हुन सक्ने सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले बताइरहेका छन् । आतंकवादी आक्रमण हुन सक्ने आशंका भारतले सर्वसाधारणमा जनचेतना जगाइरहेको छ भने सुरक्षालाई कडा बनाइएको छ ।

    दुवै देशले आफ्नो सिमानाका नागरिकलाई सुरक्षित स्थानमा सारेका कारण युद्धको सम्भावनालाई भने नकार्न सकिँदैन । भारतको बुझाइ दुई देशको बीचमा युद्ध नभए पनि पाकिस्तानको समर्थन प्राप्त आतंककारी समूहले भारमा जुनसुकै बेला आक्रमण गर्न सक्ने सम्भावना बढेको छ ।

    तर दुवै देशमाथि युद्धमा नजान आन्तरिक र कूटनीतिक दबाब तीव्र छ । अमेरिका, चीन, रसिया लगायतका मुलुकले सर्जिकल आक्रमणलाई कम महत्त्व दिए पनि दुवै देशलाई युद्धमा नजान दबाब दिइरहेका छन् । केही भारतीय नेता तथा सञ्चारमाध्यमहरू युद्धको पक्षमा आक्रामक देखिए पनि युद्धमा जान नहुने ठूलो मत छ । तर सर्जिकल आक्रमणको पक्षमा भने भारतमा एकमत रहेको थियो ।

    पाकिस्तानको राजनीतिक नेतृत्व पनि तत्काल युद्धमा जाने मुडमा छैन तर त्यहाँको सैनिक नेतृत्वको धारणा भने स्पष्ट छैन । अमेरिकाका लागि पाकिस्तानी राजदूत जलिल अब्बास जिलानीले भारत र पाकिस्तानका लागि युद्ध विकल्प नभएको र दुवै देशले कश्मीरलगायत सबै समस्या संवादमार्फत नै समाधान गर्नुपर्ने बताएका छन् । उनले अमेरिकामा पत्रकारहरूसँग बोल्दै आणविक शक्ति सम्पन्न दुई मुलुकका लागि युद्ध कुनै विकल्प हुन नसक्ने बताए ।

    तत्काल युद्धमा गएका दुवै देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित नै छ । अहिले पनि कतिपय भारतीय वस्तुहरू पाकिस्तान निकासीमा समस्याहरू देखा परिसकेका छन् ।

    भारतले सर्जिकल आक्रमणको पक्षमा आफूले अन्तर्राष्ट्रिय समुदायको समर्थन पाएको दाबी गरिरहेको छ । सार्क सम्मेलन स्थगित गरेर पाकिस्तानलाई एक्लो पारेको भारतको बुझाइ रहेको छ ।

    आगामी साता गोवामा हुने ब्रिक्स सम्मेलनमा सार्कका धेरै मुलुकका प्रतिनिधि सहभागी हुने तर पाकिस्तान सहभागी नहुने भएकाले त्यसले पनि पाकिस्तान एक्लो भएको सन्देश जाने समाचारहरू भारतीय सञ्चारमाध्यमहरूले सम्प्रेषण गरिरहेका छन् । भारतको योजना भने पाकिस्तानमाथि थप कूटनीतिक दबाब सिर्जना गरेर आवश्यक परे फेरि सर्जिकल आक्रमण गर्ने छ । युद्धको सम्भावना नटरेकाले भारतमा रहेका पाकिस्तानी र पाकिस्तानमा रहेका भारतीय नागरिकले असुरक्षा महसुस गर्न थालेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.