×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गुटरेस राष्ट्रसङ्घको नयाँ महासचिव

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको औपचारिक रुपमा चयन भएका छन् । बिहीबार बसेको राष्ट्रसंघिय महासभाको बैठकले उनको नाम चयन गरेको हो । उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका छन् ।

    गुटरेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल २०२१ को अन्त्यसम्म रहनेछ । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गरेको जनाइएको छ । १५ सदस्यीय सुरक्षा परिषद्ले यसअघि नै गुटरेसलाई नियुक्त गर्नेबारे टुंगो लगाइसकेको थियो ।

    राष्ट्रसंघको महासभाका अध्यक्ष पिटर थामसनले गत मंगलबार नै सबैलाई पत्राचार गरेर बिहीबार राष्ट्रसंघको महासचिवको घोषणा हुने जानकारी गराएका थिए । वर्तमान महासचिव बान की मुनको अवधि सन् २०१६ को अन्त्यसँगै सकिनेछ ।

    राष्ट्रसंघको सबै भन्दा बढी राजनीतिक समन्वय हुने निकायमा १० बर्ष विताएका उनी सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीसमेत थिए । सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत रहेका उनले नेपालको भ्रमण समेत गरेका थिए । उनी अध्यक्ष रहँदा उक्त सोसलिस्ट इन्टरनेसनलमा कांग्रेस सभापति शेरबहादुर देउवा उपाध्यक्ष थिए ।

    भूटानी शरणार्थी समस्या समाधान गर्नका लागि उनले नेपालमा आएर सार्वजनिक मञ्चमै धारणामात्रै राखेका थिएनन्, नेपाललाई कूटनीतिक दबाब दिएका थिए । उनी २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला सम्वन्त्री उच्चायुक्तको मुख्यालयमा प्रमुखको रुपमा रहेका थिए । उच्चायुक्त हुँदा विश्व देखेको र समस्यालाई समेत बुझेको हुनाले उनको राष्ट्रसंघीय महासचिवको कार्यकाल पनि सफल रहने बताइएको छ ।

    उनले १३ प्रतिस्पर्धीलाई पछि पार्दै महासचिव बन्न सफल भएका हुन् । महिला महासचिव बन्ने भन्ने निकै चर्चा चलेको अवस्थामा उनले ७ महिला र ५ पुरुष प्रतिसपर्धीलाई पछि पार्दै राष्ट्रसंघको उपल्लो पदमा पुगेका हुन् । उनलाई सुरक्षा परिषदका पाँच स्थायी र १० अस्थायी सदस्यमध्ये १३ ले पक्षमा दुईले तटस्थ भोट दिएर सुरक्षा परिषदमा अनुमोदन भएका थिए । उनी विभिन्न टेलिभिजन डिवेटमा समेत अन्य प्रतिस्पर्धी भन्दा अग्रस्थानमा देखिएका थिए ।

    गुटरेसले आफू चयन हुनेवित्तिकै महासभालाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिए । साथै उनले आफूले यो क्षेत्रमा काम गरिसकेको र असाहाय तथा असजतामा परेको अवस्थामा थप काम गर्ने समेत बताए । उनले राष्ट्रसंघको पुनर्संरचनाको आवश्यकता पनि औंल्याएका छन् । उनले सुरक्षा परिषदप्रति आभार र सदभाव प्रकट गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.