×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मानव तस्कर विरुद्ध लड्न कतारद्वारा समिति गठन

  •  
  • बिहिबार, असोज २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाधा श्रम : कतारको साँहनियास्थित ‘उँट रेस’ मैदानमा उँट दौडाउन लगिदै । यो क्षेत्रमा बढी श्रम शोषण हुन्छ । तस्वीर : होम कार्की/कान्तिपुर
    कतार सरकारले आफ्नो संयन्त्रले मानव तस्करीविरुद्ध काम गरिरहेको जनाएको छ । कतारले मानव तस्कर गर्नेलाई ७ वर्ष कैद र दुई लाख ३० हजार रियाल जरिवाना तोकेको छ । गत वर्ष यस मामिलामा ११ जनालाई कारबाही गरेको छ ।
    आश्विन २७, २०७३- कतारले मानव तस्कर विरुद्ध लड्नको लागि एक समिति बनाउने बुधबार निर्णय गरेको छ ।

    कतारमा नेपाल बिभिन्न देशबाट आउने कामदारहरु मानब तस्करीको शिकार हुन थालेपछि त्यसलाई कडाईका साथ रोक्न प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एक समिति बनाएको कतारी सरकारी सञ्चार माध्यम कतार समाचार समिति (क्युएनए) ले जनाएको छ ।

    त्यस समितिले कामदारलाई जबर्जस्ती काममा लगाउने, कामदारको अबैध ढंगले ओसरप्रसार गर्ने, मानव तस्करीको शैलीमा कामदारको आपूर्ति गर्ने नदिने विषयमा काम गर्नेछ । कतार सरकारलाई मानव तस्करीबिरुद्ध प्रभाबकारी ढंगले काम गर्न अमेरिकी सरकारले सुझाब दिंदै आएको थियो । गत जुनमा पनि अमेरिकाले ‘कतार मानव तस्करी विरुद्ध काम गर्न असफल भएको’ भन्दै रिपोर्ट सार्वजनिक गरेको थियो ।

    अमेरिकी सरकारले ‘घरेलु कामदारलाई श्रम कानुनभित्र राख्न, सबै कम्पनीमा तलब सुरक्षा प्रणाली अनिवार्य लागु गर्न, कामदारको राहदानी जर्वजस्ती राख्ने स्पोन्सरबिरुद्ध जरिवाना सहित कारबाही चलाउन, कतार आएको एक हप्ताभित्र कामदारको आबासीय अनुमति (आइडी कार्ड) बनाउन लगायत विषयमा सुझाव दिएको थियो ।

    कतारमा नेपालीलाई लैजाने बेला नेपालका गैरब्यबसायिक ढंगले काम गर्ने म्यानपावर र कतारका दलाल मिलेर नेपाल र कतारले तय गरेको आपूर्ति प्रक्रियालाई छली मानव तस्करको शैलीमा काम हुने गरेको छ । पछिल्लो समयमा झन ‘आजाद भिसा’को नाममा नेपाली कामदारको तस्करी बढेको हो । ‘राम्रो कमाई हुने प्रलोभनमा हाम्रै पैसामा आफुहरु तस्करीमा परेको कतार पुगेपछि मात्रै थाहा पायाै’, चितवनका रमेश लुईटेलले भने, ‘आजाद भिसाको नाममा म जस्ता धेरै नेपाली नेपालीकै संलग्नतामा तस्करीमा परिरहेका छन् ।’

    कतार सरकारले आफ्नो संयन्त्रले मानव तस्करीविरुद्ध काम गरिरहेको जनाएको छ । कतारले मानव तस्कर गर्नेलाई ७ बर्ष कैद र दुई लाख ३० हजार रियाल जरिवाना तोकेको छ । गत वर्ष यस मामिलामा ११ जनालाई कारवाही गरेको छ ।

    मानव अधिकारबादीहरुले कामदारलाई हुने टगी र तस्करीलाई फरक फरक ढंगले हेर्नुपर्ने बताउँदै आएका छन् । ‘मुलत धेरै कामदारलाई कम्पनीले जर्वजस्ती श्रम शोषण गर्ने गरेका छन् । तलव नदिई महिनौसम्म काममा लगाएका हुन्छन् । यो सरासर मानव तस्करीभित्र पर्छ’, कतार सहित खाडी देशको श्रम मामिलामा अध्ययन गर्दै आएका हुयुमन राइट्स वाचका अनुसन्धानदाता निक निकोलस्ले कान्तिपुरलाई भने, ‘यी मुद्दाहरुलाई श्रम विवाद भन्दा पनि मानव तस्करीक अन्र्तगत हेरिनुपर्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.