×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

हेल्लो सरकारले सुनेन, कसलाई हेल्लो भन्नु ?

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २६ असोज, काठमाडौं । दशैंका बेला कुनै अप्ठेरोमा पर्नुभएको छ कि ? तपाईको जस्तोसुकै समस्या पनि प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारलाई सुनाउन सक्नुहुन्छ ।

    ‘११११’ मा फोन गरेर कुनै अपराधिक घटनाक्रम भएमा, झगडा परेमा वा कसैबाट ठगिएमा हेलो सरकारलाई जानकारी दिन सकिन्छ ।

    लगत्तै हेलो सरकारले नजिकको प्रहरी वा सम्वन्धित कार्यालयलाई फोन गरी समस्या सल्टाउन निर्देशन दिन्छ । दशैं विदाको समयमा पनि हेलो सरकार सञ्चालनमा ल्याइएको सरकारले बताएको छ ।

    ‘विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म जुन सुकै माध्यमबाट हेलो सरकारमा गुनासो गर्न सकिन्छ, हेलो सरकार इकाइका उपसचिव प्रद्युम्न उपाध्यायले भने, दशैंका बेलामा गाडीले बढी यात्रु बोकेमा, बढी भाडा लिएमा वा कुनै सामाजिक अपराध वा दुर्घटना भए तत्काल हेलो सरकारलाई फोन गरेमा हामी समाधानका लागि पहल गर्छौं ।’

    हेलो सरकारलाई ११११ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । जनताको समस्या सुनेर समाधानका लागि काम गर्ने उद्देश्यले हेलो सरकार गठन भएकाले दशंै विदाको समयभरि पनि हेलो सरकार पूर्णरुपमा सञ्चालनमा आइरहेको हेलो सरकार इकाइले बताएको छ ।

    कसरी चल्दैछ ?

    दशैं विदाभरि बिहान ७ बजेदेखि २ बजेसम्म र दिउँसो २ बजेदेखि राति ९ बजेसम्म चार-चार जनाका दरले ८ जना कर्मचारी खटाइएको छ । यस अवधिमा नीतिगत विषयमा आएको उजूरी रेकर्ड गरेर राखिएका छन् भने नागरिकले आफु ठगिएको, दुर्घटनामा परेको वा यस्तै तत्काल समाधान गर्नुपर्ने विषयमा गुनासो गरे सम्वन्धित पक्षलाई तत्कालै निर्देशनात्मक जानकारी दिने गरिएको छ ।

    जस्तै विद्युत आपूर्ति बन्द भएको गुनासो आएमा हेलो सरकारले विद्युत प्राधिकरणलाई उक्त समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिने बताइएको छ ।

    कुनै जिल्लामा सडक दुर्घटना भएमा वा गाडीले क्षमताभन्दा बढी यात्रु बोकेको गुनासो आएमा त्यहाँबाट नजिक रहेको प्रहरी चौकीलाई त्यसबारे जानकारी र आवश्यक निर्देशन दिने गरेको छ । यस्तै जिल्लाका सन्दर्भमा ठूलो दुर्घटना भएमा सिडियो मार्फत निर्देशन दिने गरी हेलो सरकारले काम गरिरहेको छ ।

    अनलाइनखबरसँग कुरा गर्दै उपसचिव प्रद्युम्न उपाध्यायले भने, दुई बर्षदेखि मैले हेलो सरकारलाई एक दिन पनि बन्द हुन दिएको छैन, दशैंको विदाको समयमा अस्पतालमा चिकित्सक नभेटिएमा वा यस्तै समस्या परे सिधै हामीलाई सम्झनुस् ।’

    राति नौ बजेपछि भने कुनै पनि गुनासो सम्बोधन गर्न नसकिने हेलो सरकारले बताएको छ । त्यस्तो समयमा प्रहरीलाई उजूरी वा गुनासो गर्न पनि हेलो सरकारले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

    हेल्लो सरकारले सुनेन, कसलाई हेल्लो भन्नु ?

    सरकारका अंगहरुले काम नगरेको वा अपराधिक घटना भएको जानकारी दिनुपर्ने हेल्लो सरकारको डेस्कमै बसेका कर्मचारीले आफूहरुलाई रेस्पोन्स नगरेको गुनासो पनि कतिपय उपभोक्ताले गरेका छन् ।

    चितवनबाट एक नागरिकले अनलाइनखबरमा फोन गरेर भने- ‘मैले आफ्नो गुनासो सुनाउन ११११ नम्बरमा फोन गर्दा कर्मचारीहरु फोन होल्डमा राखेर हाँसेर बसे, मेरो गुनासोको कुनै सुनुवाइ नै गरिएन । हेल्लो सरकारले नै काम नगरेपछि कसलाई हेल्लो भन्नु ?’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.