×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

बालिका अवसर सूचकांकमा नेपालले भारतलाई जित्यो

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दक्षिण एशियामा नेपाल चौथो स्थानमा

    २६ असोज, काठमाडौं । बालिकाहरुका लागि प्राप्त अवसरका आधारमा नेपाल विश्वमा मध्यमस्तरको राष्ट्रका रुपमा रहेको एक रिपोर्टले देखाएको छ । अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल बालिकाको अवसर सूचकांकमा विश्वमा ८५ औँ स्थानमा छ ।

    कुल १ सय ४४ देश समावेश गरिएको उक्त सूचकांकमा नेपाल अति कम विकशित देशहरुमध्ये बालिकाको अवस्था राम्रो भएको देशमा परेको छ । उक्त सूचकांकमा नेपाल दक्षिण एशिया चौथो स्थानमा रहेको छ ।

    नेपालमा बालिकाहरुका लागि प्राप्त अवसर भारत, पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा भन्दा अब्बल रहेको सूचकांकले देखाएको छ ।

    आर्थिक वृद्धिदरमा निकै अगाडि रहेको भारत बालिका अवसर सूचकांकमा भने नेपालभन्दा पछाडि अर्थात् ९० औँ स्थानमा छ ।

    त्यस्तै पाकिस्तान ८८ औँ स्थानमा छ । नेपालभन्दा पछि रहेका बंगलादेश १११ औं र अफगानिस्तान १ सय २१ औँ स्थानमा छन् ।

    सूचकांकमा दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा अग्रस्थानमा छ । माल्दिभ्स ५० औँ स्थानमा परेको छ । त्यस्तै श्रीलंका ६० औँ र भुटान ८० औँ स्थानमा छन् । जुन नेपाल भन्दा अगाडि हो ।

    बालविवाह, किशोरावस्थाको गर्भाधारण, मातृ मृत्युदर, संसदमा महिलाको प्रतिनिधित्व र छात्राहरुको निम्न माध्यामिक शिक्षा उत्तीर्ण गर्ने दरजस्ता मानकहरुलाई आधार बनाएर बालिका अवसर सूचकांक तयार गरिएको हो ।
    Nepal-Child-report
    सेभ द चिल्ड्रेन भन्छ- परिवर्तन सम्भव छ

    नेपालजस्ता कम आय भएका देशहरुले समेत परिवर्तन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको भन्दै सेभ द चिल्ड्रेनको रिपोर्टमा भनिएको छ, नेपालले आफु जस्ता अन्य देशहरु भन्दा राम्रो प्रगति गरिरहेको छ । यसको मूख्य कारण छात्राहरुको निम्न माध्यामिक तह उत्तीर्ण गर्ने दर निकै राम्रो रहनु हो ।’

    सेभ द चिल्ड्रेनका अनुसार नेपालमा छात्राहरुको माध्यामिक तह उत्तीर्ण गर्ने दर ८६ प्रतिशत रहेको छजुन युरोपेली देश स्पेनको जत्तिकै हो । स्पेन बालिका अवसर सूचकांकमा १० औँ स्थानमा छ ।

    अध्ययन अनुसार नेपालमा बाल विवाहको दर क्षेत्रगत तथा समुदायगत रुपमा फरक-फरक रहेको छ । नेपालले बाल विवाह न्यूनीकरण तथा मातृ मृत्युदर नियन्त्रणमा ध्यान केन्दि्रत गरेमा यो क्षेत्रमा अझै प्रगति गर्न सक्ने अध्ययनको दाबी छ ।

    स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा नेपालमा छोरा र छोरीबीचमा गहन असमानता रहेको रिपोर्टमा उल्लेख छ । गरिब परिवार, अल्पसंख्यक समुदाय तथा तल्लो जातका भनिने समूहहरुमा बालिकाहरुको अवस्था निकै खराब रहेको सेभ द चिल्ड्रेनको भनाई छ ।

    कुन देश कुन स्थानमा ?

    बालिकाहरुका लागि सबैभन्दा बढी अवसर रहेको देशमा स्वीडेन पहिलो नम्बरमा परेको छ । बालिका अवसर सूचकांकमा फिनल्याण्ड दोश्रो, नर्वे तेश्रो, नेदरल्याण्ड चौथो, बेल्जियम पाचौँ, डेनमार्क छैटौँ, स्लोभेनिया सातौँ, पोर्चुगल आठौँ, स्वीटजरल्याण्ड नवौँ तथा इटाली दशौँ स्थानमा छन् ।

    त्यस्तै बेलायत १५ औँ, अमेरिका ३२ औँ र जापान ३५ सौँ स्थानमा छन् । नाइजर १४४ औँ स्थानमा रहँदै बालिकाहरुका लागि सबैभन्दा खराब देश बनेको छ । त्यस्तै चाड, मध्य अपि|mकी गणतन्त्र, माली, सोमालिया, सिएरालियोन, मलावी, गिनी, नाइजेरिया र आइभरी कोष्ट पुछारबाट क्रमशः दशौँ स्थानसम्म रहेका छन् ।

    हरेक ७ सेकेण्डमा एक बालिकाको बिहे

    विश्वमा बालविवाह अझै यति भयानक दरमा भैरहेको छ कि हरेक सात सेकेण्डमा एक बालिकाको बिहे हुने गरेको छ । सेभ द चिल्ड्रेनको रिपोर्ट अनुसार विश्वमा हरेक ७ सेकेण्डमा १५ वर्ष मुनिकी एकजना बालिकाको बिहे हुने गरेको छ ।

    रिपोर्ट अनुसार अफगानिस्तान, यमन, भारत तथा सोमालिया जस्ता देशमा १० वर्षका बालिकाहरुलाई समेत आफुभन्दा निकै पाको उमेरका पुरुषसँग बिहे गर्न बाध्य पार्ने गरिएको छ ।

    कम उमेरमै हुने विवाहले महिलाहरुको जीवनका हरेक पाटोमा नकारात्मक प्रभावको चक्र सिर्जना हुने सेभ द चिल्ड्रेनले जनाएको छ ।

    द्वन्द्व, गरिबी तथा मानवीय संकटलगायतका तत्वहरुले बालिकाहरुलाई बालविवाहको खतरामा पारेको अध्ययनको निष्कर्ष छ ।

    सेभ द चिल्ड्रेनका सीइओ हेल थोर्निंग स्किमिडिट भन्छन्, बाल विवाहले बेफाइदाको चक्र सिर्जना गर्छ, जसले बालिकाहरुलाई सिक्ने, विकशित हुने तथा बालापनको अनुभुति गर्ने आधारभुत अधिकारबाटै बञ्चित गर्छ ।

    कम उमेरमा बिहे गर्ने बालिकाहरु स्कुल जान नपाउने, घरेलु हिंसाबाट पीडित हुने तथा दुव्र्यवहार एवं बलात्कारको चपेटामा पर्ने जोखिम रहने रिपोर्टमा उल्लेख छ ।

    त्यस्तै उनीहरु कम उमेरमै गर्भवती हुने र एचआइभी एड्स लगायतका यौन रोगबाट संक्रमित हुने खतरासमेत बढी हुने गर्दछ ।

    युनिसेफका अनुसार विश्वमा बाल्यावस्थामै विवाह गरेका महिलाको संख्या अहिले ७० करोड छ । सन् २०३० मा यो संख्या ९५ करोड पुग्नेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.