×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पुल नबन्दा भौतिक पूर्वाधार निर्माणमा बाधा

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खोटाङ, असोज २६ गते। मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल नबन्दा जिल्लाको भौतिक पूर्वाधार निर्माणमा बाधा पुगेको छ ।

    सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवनलगायत भौतिक निर्माणमा बाधा पुगेको हो ।
    २०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्षभित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको आठ वर्षमा पनि काम हुन सकेको छैन ।

    पक्की पुल निर्माणको ठेक्का कालिका कन्ट्रक्सन र गोल्छा अर्गनाइजेसनको हुलास कम्पनीले लिएको हो ।

    डिजाइन एप्रुभड, मुआब्जालगायतका कारण २०६६ सालमा सम्झौता गरे पनि २०६९ सालमा मात्र काम सुरु भएकाले ढिलाइ भएको ठेकेदार कम्पनीका आयोजना प्रमुख उद्धव रानाले बताउनुभयो । रानाका अनुसार ढिलाइका कारण करिब रु १० करोडको लागतमा सम्पन्न हुनुपर्ने पुलमा रु १८ करोड लगानी भइसकेको छ ।

    पुल नहुँदा निर्माणाधीन मध्यपहाडी लोकमार्गलगायतका जिल्लाका विभिन्न सडक निर्माणमा समस्या भएको छ ।

    दिक्तेलदेखि हलेसीसम्मको सडक (४२ किलोमिटर) एसियाली विकास बैंकको रु ८७ करोडको लागतमा अढाइ वर्षमा सकिनुपर्नेमा अहिलेसम्म पनि बन्न सकिएको छैन । यसअन्तर्गत १ नम्बर प्याकेजको सूर्य कन्टक्स, २ र ३ नम्बर प्याकेजको त्रिशूली–नागार्जुन जेवी कन्ट्रक्सनले ठेक्का लिएको छ ।

    मुख्य पुल र सडक नबन्दा जिल्लामा विस्तार भएका २४ वटा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक र गाउँस्तरीय गरी ५८६ किलोमिटर सडक पनि सञ्चालनमा समस्या भएको छ । जिल्लामा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक ५८७ वटा र गाउँस्तरीय २१३ वटा गरी ८०० किलोमिटर सडक बनाउने जिल्ला यातायात गुरुयोजना अनुसार सडकको ट्रयाक खोलिए पनि मर्मत गर्न नसक्दा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.