×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फलेवास (पर्वत), असोज २६ गते। पर्वतको खौलालाँकुरी गाविसमा अवस्थित ऐतिहासिक भूमे कोतको उचित संरक्षण हुन सकेको छैन ।

    बाइसे चौबिसे राजाको पालादेखि विभिन्न परम्परागत संस्कृतिको संरक्षण गर्दै आएको यस कोत संरक्षणको अभावमा ऐतिहासिक महत्व खस्किँदै गएको छ ।

    यसको संरक्षणका लागि स्थानीयवासी जागरुक बने पनि अन्य राज्यस्तरका निकायबाट पहल हुन सकेको छैन । राज्यस्तरबाट सहयोग उपलब्ध नभएपछि ऋणबाट मन्दिरको जीर्णोद्वार गरिए पनि अहिले ऋण तिर्न नसक्दा कोत संरक्षणमा खटिने अगुवा विलखबन्दमा परेका छन् ।

    कोतमा निर्माण भएका ऐतिहासिक मन्दिर जीर्ण भएपछि खौलालाँकुरी माध्यमिक विद्यालयबाट रु तीन लाख ५० हजार ऋण सहयोग मागेर गत वर्ष जीर्णोद्वार र नयाँ मन्दिर निर्माण भएको थियो । अहिले उक्त ऋण तिर्ने कुनै सहयोग र स्रोत नभएपछि समस्या आइपरेको छ ।

    कोतको संरक्षण तथा व्यवस्थापनका लागि गठित समितिले विभिन्न सरकारी सहयोगी निकायमा सहयोगका लागि माग गरे पनि आवश्यक सहयोग उपलब्ध हुन नसकेको व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षेत्रीले बताउनुभयो । “पटक पटक सहयोगको आग्रह गरियो तर सहयोग पाइएन” अध्यक्ष क्षेत्रीले भन्नुभयो “स्कुलबाट ऋण मागेर मन्दिर बनाइयो तर ऋण तिर्न सकिएन ।”

    यो खौलालाँकुरी कोतमा पर्वतको खौलालाँकुरी, ठूलीपोखरी, आर्थर, कार्कीनेटालगायतका एक दर्जन गाविसवासी र छिमेकी जिल्ला स्याङ्जाको आरुचौर, विचारीचौतारालगायतका गाविसबाट पूजाआजाका लागि सर्वसाधारण आउने गरेका छन् ।

    यहाँ विशेष गरी महानवमीको दिन मेला लाग्ने गर्दछ । धर्मावलम्बीले आफ्नो र परिवारको मनोकांक्षा पूरा होस् र शान्ति मिलोस् र जस्तोसुकै आपत्विपत् परे पनि नवदुर्गाले शक्ति प्रदान गरुन् भन्ने कामनाका साथ पञ्चबलि दिने प्रचलन रही आएको छ । पञ्चबलिअन्तर्गत राँगो, बोका, कुखुराको भाले, परेवा र फुर्से कुभिन्डोको बली दिने गरिन्छ । नवमीको दिन सरायँ खेल्ने बाइसे चौबिसे राजादेखिको परम्परा यथावत नै रहेको छ । खौलाकोतमा र छिमेकी गाविस लिमिठानाको लिमीकोतमा एकै साथ सरायँ खेल्ने र दुवै कोतमा सराँय खेल्दा तरवार टल्किएपछि मात्रै बलिदिने भन्ने प्रचलन यहाँ छ ।
    यस्ता अनेकौँ ऐतिहासिक महत्व बोकेको यो कोत संरक्षणको अभावमा ओझेलमा परेको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.