सरकार परिवर्तनकै कारण चीनका राष्ट्रपतिको भ्रमण रद्ध रहेको वुझाई रहिरहेको समयमा चिनियाा राष्ट्रपतिको भ्रमणलाई पक्का गर्नु दाहालको तेस्रो चुनौति हो ।
आश्विन २६, २०७३- तीन दिनपछि भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालका सामु मुख्यत: तीन महत्वपूर्ण चुनौतिहरु रहेका छन् ।
ब्रिक्स सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत बिमेस्टेक देशका सरकार प्रमुखहरुलाई आयोजक राष्ट्र भारतले आमन्त्रण गरे अनुसार एक महिनाको अवधिमा दोस्रो पटक दाहाल भारत भ्रमणमा जान लागेका हुन् ।
दाहालको पहिलो चुनौति बिमेस्टेकलाई अगाडि बढाउने विषयमा नेपालको अवधारण स्पष्ट रुपमा प्रस्तुत गर्नु रहेको छ । आजभन्दा झण्डै दुई दशक अगाडि स्थापना भएको विमेस्टेक त्यति प्रभावकारी रुपमा अगाडि वढ्न सकेको छैन् । आगामी वर्ष बिमेस्टेक स्थापना भएको २० वर्ष पुग्दै छ ।
पाकिस्तानलाई क्षेत्रिय सहकार्यमा माइनस गर्ने भारतको योजना अनुसार उसले बिमस्टेकलाई अगाडि बढाउन चाहिरहेको छ । यतिमात्र होइन अन्य बिमस्टेक सदस्यहरु पनि यसलाई अव नयाा भिजनका साथ अगाडि बढाउन चाहिरहेका छन् ।
राजनीतिक नेतृत्वले स्पष्ट दिशानिर्देश गरेपछि त्यस अनुसार अगाडि बढाउने भारतको तयारी रहेको छ । त्यसैले दाहालको चुनौति बिमस्टेकलाई अगाडी बढाउने भिजन प्रस्तुत गर्नु हो ।
दोस्रो, विमस्टेकको वैठकको दौरानमा र दुई पक्षिय भेटवार्ताको क्रममा भारतले पाकिस्तानप्रति लक्षित गदै आतंकवादलाई सो सम्मेलनको एक महत्वपूर्ण एजेण्डा वनाउने तयारी गरिरहेको छ । अथवा, भारतले सो सम्मेलनलाई पाकिस्तानलाई एक्लो पार्न प्लेटफर्मको रुपमा प्रयोग गर्ने तयारी गरिरहेको छ ।
यस सन्दर्भमा भारत र पाकिस्तानको बीचमा वढ्दो तनाव तथा हालै भारतले गरेको सर्जिकल आक्रमणको सन्दर्भमा नेपालको धारणा माग गर्ने छ । स्पष्ट रुपमा भन्दा भारतले आफ्नो पक्षमा नेपाल लगायत अन्य विमस्टेक मुलुकहरुको ऐक्यवद्धता खोज्ने छ । यस अगाडि सार्क सम्मेलनको स्थगनको विषयमा जारी गरिएको विज्ञप्तिको विषयमा नै सरकारको आलोचना भएको सन्दर्भमा दाहालले लिने पोजिसनको विषयमा सबैतिर चासो रहेको छ । अर्को महत्वपूर्ण कुरा त के छ भने नजिकको छिमेकी मुलुक भएर पनि नेपालले सार्क सम्मेलन स्थगनको विषयमा आफूहरुलाई सहयोग गर्ने ढंगले किन छिटो निर्णय लिएन भनेर भारतले केही असन्तुष्टि व्यक्त गरेको थियो ।
यस सम्वन्धमा दाहालले अहिलेसम्म आन्तरिक रुपमा राजनीतिक दलहरुसँग कुनै पनि प्रकारको परामर्श गरेको देखिदैन् । भारतसँगको सम्बन्ध सुधारको क्रममा रहेको दाहालका लागि यो निकै चुनौतिपूर्ण देखिन्छ । दाहालले लिने कुनै पनि पोजिसन भोली आन्तरिक रुपमा विवादको विषय वन्न सक्छ । उसो त नेपालसँग मात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाा राष्ट्रपतिको भेटवार्ता पनि पाकिस्तान को विषयमा नै केन्द्रित हुँदैछ ।
यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालको चिनियाा राष्टपतिसँगको भेट आकर्षण बन्दै छ । यही महिना चिनियाा राष्ट्रपतिले नेपालको भ्रमण गर्ने तयारी भएपनि त्यो रद्ध भएकाले गोवा सम्मेलन ताका भेटघाट हुन थालेको हो । नेपालको भ्रमण गर्ने भनिएको समयमा नै चिनियाा राष्ट्रपतिले बंगलादेश र कम्वोडिया भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
सरकार परिवर्तनकै कारण चीनका राष्ट्रपतिको भ्रमण रद्ध रहेको वुझाई रहिरहेको समयमा चिनियाा राष्ट्रपतिको भ्रमणलाई पक्का गर्नु दाहालको तेस्रो चुनौति हो । नेपालको तर्फबाट पर्याप्त तयारी छ भन्ने सन्देश सहित विगतका सहमति र सम्झौता कार्यान्वयन हुन्छ भनी छिटो भन्दा छिटो भ्रमणको मिति तय गर्नु दाहालका लागि फलामको चिउरा सरह छ ।
आगामी हप्ता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा नेपाल सहित बिमस्टेकका ६ सदस्यहरु समेत सहभागी हुने छन् । त्यसैले बिमस्टेकले विक्स सम्मेलनबाट के उपलब्धी हासिल गर्ला ? मुख्यत विमेस्टेकको केही कनेक्टीभिटी परियोजनाहरुलाई ब्रिक्सले सहयोग गर्ने सम्भावना रहेको छ ।
सो सम्मेलनमा नेपाल लगायत ११ देशका सरकार प्रमुखहरुको सहभागिता रहने छ । १५ अक्टोबरमा व्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकाको ब्रिक्स सम्मेलन भए पनि अक्टोवर १६ मा सो सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत वंगलादेश, भूटान, नेपाल, श्रीलंका म्यानमार र थाइल्याण्ड सम्मिलित बिमेस्टेक सहितको सम्मेलन हुने छ । ब्रिक्सको रिट्रिटमा विमस्टेकका सदस्य राष्ट्रका प्रमुखहरुलाई सहभागी गराउन लागिएको हो ।
ekantipur



