×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दशैंमा अल्मलियो माओवादी ! प्रधानमन्त्रीको निधार किन रित्तै ?

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    माओवादीका नेता र कार्यकर्तावीच दशैंबारे थरिथरिको मापदण्ड

    २५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडादशैंका अवसरमा दिएको शुभकामनामा भनेका छन्- ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र हो । विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसार जस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् ।’

    प्रचण्डले भनेका छन्- ‘बडादशैं २०७३ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण नेपालीहरुमा विशेष अनुरोध गर्दछु ।’

    तथापि अवसरका रुपमा दशैं मनाउन आग्रह गर्ने प्रधानमन्त्री प्रचण्डले मंगलबार आफ्नो निधारमा टीका लगाएनन् । न त उनले कानमा जमरा नै सिउरिए । परिवारका सदस्यसँग रम्नुबाहेक देशका प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री केपी ओली वा पूर्वराजा ज्ञानेन्द्रले जसरी लाइन लगाएर आफ्ना समर्थकहरुलाई टीका लगाउने काम पनि गरेनन् ।

    प्रधानमन्त्री प्रचण्डले आफ्नो परिवारमा कुनै जूठो वा सुतक परेकाले टीका नलगाएका होइनन् । बरु प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट भएकाले टीका नलगाएका हुन् । भलै कम्युनिष्ट वा माओवादी नै भए पनि डा. बाबुराम भट्टराईले बर्षेनी टीका लगाउने गरेका थिए र, यसपटक पनि लगाए ।  प्रचण्डले टीको नलगाए पनि माओवादी कार्यकर्ता वा नेता कसैले पनि टीका नलगाएको वा बहिस्कार गरेको सुनिएको छैन ।

    प्रधानमन्त्री प्रचण्डले दशैंको टीका नलगाएको विषयमा सामाजिक सञ्जाल र सडकमा धेरै प्रकारका व्याख्या विश्लेषण भइरहेका छन् । यसबारे बहस र छलफल हुनु यसकारणले पनि स्वाभाविक छ कि उनी माओवादी पार्टीका अध्यक्षमात्रै नभएर सिंगै देशको प्रधानमन्त्री छन् । र, यतिबेला धर्म र संस्कृतिका बारेमा नेपाली समाज सघन बहसमा पनि रुमलिइरहेको छ ।

    टीका लगाउने कार्यक्रममा सहभागी नभए पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो शुभकामना सन्देशमा यसो भनेका छन्- ‘विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो । दशैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएका छन् । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो ।’

    प्रधानमन्त्रीले टीका नलगाउन पाउने तर्क

    प्रथमतः नेपाल धर्म निरपेक्ष देश हो र यहाँ जुनसुकै नागरिकले पनि कुनै पनि धर्म नमान्न वा मान्न पाउँछ । त्यसैले प्रचण्ड पनि कुनै धर्म मान्न वा नमान्न स्वतन्त्र छन् ।

    दोस्रो, प्रचण्ड नेकपा माओवादीका अध्यक्ष हुन् । कम्युनिष्ट नेता हुन् । कम्युनष्टिहरु भौतिकवादी हुन्छन् । त्यसैले कुनै भौतिकवादी कम्युनिष्टले आफ्नो आदर्श अनुसार दशैं नमान्नुलाई अचम्म मान्नुपर्दैन र यो स्वाभाविकै कुरा हो ।

    Pushpa-Kamal-Dahal-Prachand-PM-of-Nepal
    व्यक्तिगत स्वतन्त्रताको कोणबाट हेर्दाखेरि कुनै धर्म वा संस्कृतिलाई मान्ने वा नमान्ने भन्ने कुरा व्यक्तिको नितान्त वैयक्तिक विषय भएकाले कुनै व्यक्तिले टीका लगाएँछ कि लगाउँदैन भन्ने विषय खासै बहस वा विरोधको विषय होइन ।

    चौथो, प्रधानमन्त्री प्रचण्डका पिता र माता दुबैको देहावशान भइसकेको छ, त्यसैले उनले चाहेर पनि टीका लगाउने मान्छे छैनन् ।

    र, पाँचौं, प्रचण्डले वा अरु कसैले किन टीका लगाएनन् भनेर निन्दा गर्नुभनेको हिन्दुवादी मानसिकता हो । हिन्दुबाहेक अन्य धर्मावलम्बी वा नास्तिकहरुलाई टीका नलगाउने पूर्ण स्वतन्त्रता छ ।

    केही विरोधाभाष र प्रश्नहरु

    प्रधानमन्त्री प्रचण्डले टीका नलगाएको प्रशंगले केही विरोधाभाष र प्रश्नहरु पनि जन्माएका छन् ।

    माओवादी पार्टीको नीति अनुसार टीका नलगाइएको हो भने अध्यक्ष प्रचण्डकोसंस्कारलाई अन्य नेता र कार्यकर्ताले किन पछ्याएनन् र प्रचण्ड एक्ला वृहस्पतिजस्ता देखिए ? पार्टीमै लागू नहुने नियम किन प्रचण्डले मात्रै अपनाइरहेका होलान् ? पार्टी नेताहरु र सिंगै देशले मनाउने संस्कृतिमा  प्रचण्डकमात्रै किन अछुतो ?

    माओवादीका पूर्व कमाण्डर समेत रहेका उप-राष्ट्रपति नन्दबहादुर पुन टीका लगाएर दशैं मनाउँदै ।

    प्रचण्ड अहिले माओवादीका अध्यक्षमात्रै हुन् कि देशका प्रधानमन्त्री हुन् ? प्रधानमन्त्रीले आफ्नो शुभकामनामा दशैंको त्यति ठूलो महत्व बताइसकेपछि उनी कुनै क्रिश्चियन इत्यादि नभइसकेपछि उनले टीकामा सहभागी भए के बिग्रन्थ्यो ?

    माओवादी नेताहरु तीज धुमधामका साथ मनाउँछन् । तर, दशैंलाई किन बहिस्कार गर्न रुचाइन्छ ? र, दशैं धर्ममात्रै हो कि संस्कृति हो ? कम्युनिष्टले धर्म र संस्कृतिलाई छुट्याएर बुझ्ने कि गोलमटोल गरेर ?

    प्रधानमन्त्रीले टीका लगाउँदा निधारमा एलर्जी हुन्छ भनौं भने पार्टीका कार्यक्रममा रातो अवीर लगाउने गरेकै छन् । फूलको माला पनि पहिरिने गरेका छन् । कहिलेकाहीँ जनजातिको कार्यक्रममा जाँदा परम्परागत पहिरनमा सजिने गरेकै छन् । यो अवस्थामा कमसेकम प्रधानमन्त्री पदमा रहेका बेला राष्ट्रपतिकहाँ गएर टीका थापेको भए के गल्ती हुन्थ्यो ?

    संयोगवस यतिबेला राष्ट्रपति पनि कम्युनिष्ट नै छिन् । पूर्वप्रधानमन्त्री केपी ओली, माधव नेपाल सबै कम्युनिष्ट नै हुन् । उनीहरु सबैले दशैं मान्छन्, प्रचण्डले मात्रै नमान्दा के उनी क्रान्तिकारी ठहरिन्छन् भन्ने कुन मान्यता हो ?

    दशैंमाथि संशोधनवाद !

    प्रधानमन्त्री प्रचण्डले आफ्नो शु्भकामना सन्देशमा दशैंका विषयमा यो पनि भनेका छन्- राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पूनर्परिभाषित र पूनसर्ंस्कार गर्न जरुरी छ । हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्दतिमा पूनर्विचार गर्नैपर्दछ ।’

    यो गर्नुपर्ने कारणबारे प्रधानमन्त्रीले भनेका छन्- ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।’

    तर, दशैंलाई कसरी परिमार्जन गर्ने ? प्रधानमन्त्री प्रचण्डले यसबारे अहिलेसम्म न केही बताएका छन्, न त उनको पार्टीका नेता कार्यकर्ताले नै त्यस्तो परिमार्जिक संस्कार अवलम्बन गरेको देखिएको छ ।

    त्यसो त प्रधानमन्त्री प्रचण्डले जस्तै डा. बाबुराम भट्टराईले पनि आफ्नो फेसबुकमा स्टाटस लेखेर टीका लगाउँदा आर्शिवादमा प्रयोग गर्नुपर्ने मन्त्रलाई संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    baburam-and-father

    अन्त्यमा, पाठकहरुलाई प्रश्नः तपाई कुन मान्यतालाई सही ठान्नुहुन्छ ? टीका नलगाउने वैयक्तिक स्वतन्त्रतालाई ? वा बहुजातीय एवं बहुधार्मिक देशमा सबैको संस्कृतिलाई अपनाउने सहकार्यलाई ? यसबारे बहस गरौं ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.