×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सात समुद्रपारीको दशैं अनुभव टेक्सासका नेपालीले यसरी मनाए दशैं

  •  
  • मङ्गलबार, असोज २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिव शर्मा, टेक्सास

    सात समुन्द्रपारी रहेपनि नेपालीले आफनो चाडपर्व भने भूल्न सक्दैनन् । झनै दशैं र तिहार जस्तो चार्ड प्रवासमा पनि धुमघामले मनाउछन् । दशैंमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई तथा आफन्तहरुसंग एकआपसमा झमघट हुने गर्छन् । अरु बेला कामले फुर्सद नपाउने नेपालीहरु चाडपर्वलाई एक आपसमा भेटघाटको अवसर पनि बनाउँछन् । टिका लगाउने साईतमा भने कमैले लगाउने मौका पाउँछन् । नेपाल र यताको समयको तालिका मिल्दैन । काममा छु्ट्टी नपाउनेहरुले बिहान तथा बेलुकाको समय मिलाएर टिका लगाउँछन् । यहाँको टेक्सासको ड्यालसस्थित नेपाली मन्दिरमा आयोजना हुने सामुहिक टिका कार्यक्रममा पनि कतिपय सहभागी हुन्छन् । एउटा राज्यबाट अर्को राज्यमा गएर साथीभाई भेला भएर समेत नेपालीले दशै मनाउँछन् । अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुको दशैं अनुभव उनीहरुकै शब्दमा–

    कृष्ण लामिछाने, गोरखा

    अध्यक्ष, नेपाली समाज टेक्सास

    केही महिना अघि भाईको दुखद निधन भएकाले हाम्रो परिवारमा यो पाली दशै छैन । अघिल्लो वर्ष स्वदेशमै गएर दशैं मनाएको थिए । आफनो दशैं नभए पनि नेपाली समाजका दशैं सम्बन्धी विभिन्न गतिविधहरुमा संलग्न हुने गरेको छु । झण्डै १६ वर्षदेखि म टेक्सासमा रहेर नेपालीहरुलाई एकजुट बनाएर सामाजिक काममा पनि लागिरहेको छु । दशैका लागि गरिएको विषेश कार्यक्रममा टेक्सासका तीन सहरका मेयरलाई कार्यक्रममा बोलाएका छौं । विभिन्न दशैं सम्बन्धी सांगीतिक कार्यक्रम राखेका छौ । एउटा खुट्टाको भरमा नृत्य गर्ने रश्मी खरेलदेखि लोकगायक गायिका भगवान भण्डारी र शान्ति भण्डारीलाई डाकेका छौं । त्यस्तै हरि थापाले पञ्चेबाजा लगायतका धुनहरु पस्कनेछन् । घटस्थापना देखि दशमीसम्म विविध कार्यक्रमहरु आयोजना गरिएका छन् । यही सबै गतिविधिले यहाँ बस्ने नेपालीलाई दशैंको अनुभव खल्लो महसुस हुँदैन । यहाँ रहेको नेपाली मन्दिरमा पण्डितबाट टिका लगाउने कार्यक्रम समेत तय भएको छ । जहाँ रहेपनि आफनो धर्म संस्कार र संस्कृति बिर्सन हुदैन भन्ने मान्यताले चाडपर्व मनाउन नेपालीहरु विदेशमा भए पनि उद्धत छन् ।

    उर्मिला पुरी, काठमाडौं

    केही महिना अघि मात्रै हामी नेपालबाट टेक्सासको अस्टिन बसाई सरेका हौं ।यसपाली भने पहिलो पटक दशैं विदेशमा हुने भएको छ ।घटस्थापनाको दिनदेखि जमरा राखेर नवरात्रीको नियमति पूजा गरेकी छु । नेपालमा हुदाँ मठमन्दिर पुगेर पूजा गरिन्थयो । भगवतीको तस्विरको पनि यहाँ त व्यापार रहेछ । महंगो डलरमा किन्नु पर्ने रहेछ । नेपालमा अघिल्लो दिन दशैं सकिदा यतातिर भोलिपल्ट मनाउने गरिन्छ । तर जति नै राती भए पनि नेपालकै समय अनुसार दशै मनाउने योजना बनाएका छौ । ्स्काईप मार्फत उता र यताको टिकाको साईत जुराएर आर्शिवाद आदानप्रदान गर्ने सोच बनाएकी छु । पहिलो दशैं विदेशमा भएकाले देश र परिवारलाई मिस गर्नेछु । परिवारमा छोरा संयम उतै भएकाले उसको अभाव पनि हामीलाई हुनेछ । अरु सबै जना यतै भएकाले पहिलो प्रवासको दशैं रमाईलो संगै मनाउने योजना बनाएका छौ ।

    राजेश लम्साल, इनरुवा

    हामी अमेरिका आएको पनि तीन वर्ष पुरा भएर चार वर्ष लाग्यो । यहाँ आएर दुई दशैंहरु मनायौ । सबै घरपरिवार नातागोता नेपालतिर भएकाले दशैं आउँदा अल्ली खल्लो जस्तो लाग्छ । दुई छोराछोरी र हामी प्रवासमा भए पनि दशैं रमाईलो संगै मनाउछौ । दशैंको बेला चार दिन विदा लिन्छौ र एक आपसमा खुशीयाली गरेर मनाउछौ । नेपालमा जस्तै सिंगो खसी किनेर ल्याउछौ । यहाँ बजारमा नेपालमा जस्तै खसी बोका किन्न पाईन्छ । टिकाको दिन टेक्सासको ड्यालसमा रहेको नेपाली मन्दिरमा उमारिएको जमरा ल्याएर टिका लगाउछौ । सपरिवार टिका लगाएर मिष्ठान भोजन बनाएर खान्छौ । बाबुनानीलाई नया लुगा किनिदिन्छौ । उनीहरु नेपालमै जस्तै दशैं आउँदा रमाउछन् । यो पटकपनि दशै अघिल्लो वर्षमा जस्तै धुमधामसंग मनाउने योजना बनाईसकेका छौ । स्वदेशतिर आफन्तसंग सामाजिक संजालमा जोडिएर शुभकामना आदानप्रदान पनि गछौ । अरु समय काममै व्यस्त हुनु पर्ने भएकाले दशैंको मौका छोपेर सपरिवार नया ठाउँ घुम्न निस्कन्छौ ।

    युगेन्द्रबहादुर शाही, काठमाडौं

    आठ वर्ष भईसक्यो नेपाल छाडेर यता दशै मनाउन थालेको । परिवार सबै यतै भएकाले दशैं रमाईलो नै हुन्छ । घरपरिवार बाहेक अन्यत्र टिका लगाउन जादैनौ ।नेपालमा हुदाँ मामा घर र अरु आफन्तकोमा टिका लगाउन गईन्थयो । पिङ खेलेर उस्तै रमाईलो गरेको सम्झना आउछ । तर यता पिङको अनुभव भने गर्न पाईदैन ।दशैंको बेला साथीहरु भेला भएर तास पनि खेलिन्छ । लामो ड्राईभ पनि लायकको ठाउँ पुग्छौ । सुरुका वर्षहरुमा खासै चहलपहल नदेखिने दशैंमा नेपालीहरु संख्या बढेसंगै टिका र जमरा लगाएर सवारी साधनमा हिडेको प्रशस्तै देख्न पाईन्छ । यो दृश्यले नेपालतिर भएको दशैंको झझल्को पनि दिलाउछ । दशैंको अघिल्लो र टिकाको दिन हरेक वर्ष विदा लिन्छौ । गफगफ रमाईलो र खानपीन गदैं दशै बितेको पत्तै हुदैन । विदेशमा भए पनि सपरिवार बसेर टिका र जमरा लगाउँदा रमाईलो अनुभव हुन्छ ।

    टोपा तिमिल्सेना सुर्खेत

    नेपालमा हुँदा गाउँमा दशै मनाईन्थयो । सहरबाट झरेका साथीभाई जमघट भएर पिङ हालेर मज्जाले खेलिन्थयो । गाउँ डुलेर विजयदशमीको दिन मान्यजनबाट टिका र जमरा लगाएर आर्शिवाद थापिन्थयो । सात वर्ष यता अमेरिका आए यता त्यो क्षण सबै अतित भईसक्यो । यता आएको चार वर्ष दशैं मनाउने खासै वातावरण मिलेन । खासै चिनेजाने मान्यजन कोही भेटिएन । त्यो बेला घर गाउँको वातावरणको निकै सम्झना आउथ्यो । अहिले टेक्सासको लवकमा बसेदेखि टेक्सास टेक युनिभर्सिटीमा अध्ययन गर्ने हामी जस्ता विद्यार्थीलाई नेपाली व्यवसाय रञ्जना ओडेल र चन्द्र श्रेष्ठले आफनै घरमा डाकेर सामुहिक रुपमा टिका लगाईदिनुहुन्छ ।तीन वर्ष यता भने दशैंको अनुभव गर्न पाईएको छ । उहाँहरुको हातबाट टिका लगाउँदा घरपरिवारकै जस्तो अनुभव हुन्छ । अहिले हामी बस्ने लवकमा नेपालीहरुको जमघटले नेपालको गाउँमा मनाईएको दशैको झझल्को दिन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.