×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

दसैं: हराउँदै चंगा संस्कृति

  •  
  • आइतबार, असोज २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    नितु घले
    काठमाडौं: नेपालमा चंगा उडाउने संस्कृतिको विकास गर्ने श्रेय माधवगोविन्द श्रेष्ठलाई जान्छ । उनले नै पहिलोपटक चंगा बनाएर यसको व्यापार सुरु गरेका हुन् । असनको व्यस्त सडकको एक छेउमा चंगाको चाङ लगाएर व्यापारमा व्यस्त माधव गोविन्दका नाति गोविन्द श्रेष्ठले भने, ‘मेरै हजुरबुवाले नेपालमा पहिलोपटक चंगा व्यापार सुरु गर्नुभएको रे ।’
    नेपालमा चंगा उडाउने संस्कृति विस्तारै हराउँदै गएकाले यसको व्यापार पनि घट्दै गएको छ । व्यापार घटेपछि चिन्तित देखिएका गोविन्दले भने, ‘चंगा संस्कृति स्वात्तै हराएर गयो, हाम्रो व्यापार घट्यो ।’ उनका अनुसार केही वर्ष पहिलेसम्म चंगा किन्नेको घुइँचो लाग्थ्यो असनमा । यति बेला भने ग्राहक कहिले आऊलान् भनी कुरेर बस्नु परेको छ उनलाई ।
    संस्कृतिहरू विस्तारै हराउँदै गएका कारण आफू पनि यसको मारमा परेको उनको भनाइ छ । चंगा संस्कृति हराउँदै जानुमा इन्टरनेट र मोबाइल नै मुख्य दोषी मान्छन् श्रेष्ठ । उनले भने, ‘आजकल सबैजना इन्टरनेटमा झुन्डिन्छन्, संस्कृतिको के कुरा गर्नु ? कसलाई होला चंगा उडाउने फुर्सद ।’ पहिलेको जस्तो चंगा उडाउने ठाउँ पनि पर्याप्य नभएकाले चंगाको व्यापार घटेको उनको अनुमान छ । उतिबेलाका घरहरूको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चंगा उडाउन सजिलो हुने बताउँदै उनले भने, ‘यति बेला चंगा उडाउने ठाउँ पनि खाली छैन ।’
    तीस वर्षदेखि चंगा पसल सम्हाल्दै आएका ५३ वर्षीया श्रेष्ठका अनुसार पंैतीस वर्षअगाडि भारतीय धागो नेपालमा छिरेपछि यसले नेपाली शैलीका परम्परागत चंगालाई विस्थापित गरिदियो । हिजोआज नेपाली चंगा बन्न छाडिसकेका छन् भने यहाँ पाइने चंगा सबै आयातीत हुन् । आफ्नो पालाका चंगा बनाउँदाका क्षण सम्झँदै उनले भने, ‘त्यति बेला नेपाली कागजको चंगा बन्थे । धागो नेपाली हुन्थ्यो । धागो चिल्लो बनाउनका लागि थिन आरारोट, सिसाको धुलो र सावुरदाना पकाएर धागोमा दलिन्थ्यो । यसको सट्टामा मैदाको माडा पनि लगाइन्थ्यो किनकि यो सस्तो पथ्र्यो ।’
    उनका अनुसार पचास वर्ष पहिलासम्म पनि नेपाली कागजको चलन थियो । चंगा नेपाली कागजकै बन्थे । पाँच पैसादेखि एक मोहरसम्ममा बिक्री हुन्थ्यो । तर, नेपाली कागजको चलन पनि विस्तारै हरायो । त्यसको सट्टामा भारतीय सस्ता चंगाले ठाउँ लिए । त्यति बेला क्षेत्रपाटी, नरदेवी, असन र किलागलमा मात्रै चंगा किन्न पाइन्थ्यो । तर, यति बेला पसलहरू पनि थुप्रै खुले । उनले त्यति बेला चंगा मात्रै चाङचाङ बिक्री हुने गरेको सुनाए । ‘त्यति बेला एकै दिन हजारौं चंगा बिक्री हुन्थे, अहिले मरेर सयवटा पनि बिक्री हुँदैनन्’, उनले तीतो यथार्थ सुनाए ।
    चंगा संस्कृति हराउँदै जानुमा इन्टरनेट र मोबाइल नै मुख्य दोषी मान्छन् चंगा व्यापारी गोविन्द श्रेष्ठ । उनले भने, ‘आजकल सबैजना इन्टरनेटमा झुन्डिन्छन्, संस्कृतिको के कुरा गर्नु ? कसलाई होला चंगा उडाउने फुर्सद ।’
    गोविन्दलाई छोरा सजितले पनि यो व्यापारमा साथ दिँदै आएका छन् । सजितका अनुसार उनीहरूको पसलमा यति बेला पाँच रुपैयाँदेखि साढे दुई सय रुपैयाँसम्मका चंगा पाइन्छ । त्यस्तै लट्टाई ७० रुपैयाँदेखि तीन हजार पाँच सयसम्ममा पाइन्छ । यसमा कुनै नेपाली छैनन्, सबै भारतीय हुन् । ‘पहिलादेखि आफ्नै बाबुबाजेले सुरु गरेको काम भनेर निरन्तरता दिएकै छु, बन्द गर्न पनि सकिएन, न त राम्रोसँग चल्या छ’, गोविन्दले भने । उनका अनुसार पहिला जेठ असारदेखि नै चंगा उडाउने बाटाभरि भेटिन्थे । अहिले घटस्थापनादेखि पूर्णिमासम्म मात्र चल्छ ।
    बाजेको चंगा पसल अर्थात् पाँचपुस्ते चंगा पसलको नामले असनमा परिचित उनको व्यवसाय धरापमा परेको भन्दै उनी चिन्तित बनिसकेका छन् । उनले यसबाट नेपाली संस्कृतिलाई ठूलो धक्का पुग्ने अनुमान लगाएका छन् । यति बेला अर्डर आएपछि मात्र चंगा ल्याउने गर्छन् उनी । संस्कृतिहरू साँच्चै नै विस्तारै लोप हुन लागेको गुनासो गरे सिनियर क्याप्टेन विजय लामाले ।
    चंगाको निकै पारखी लामाले भने, ‘म खुब उडाउँथे, २५ देखि ५० पैसामा चंगा किन्न पाइन्थ्यो । पानबुट्टे, धर्के, पुच्छरे, धागोचे विभिन्न प्रकारका चंगा पाइन्थे । म एउटा हातले मात्र चंगा पनि उडाउँथे । त्यस्तो चलन हराएकै हो ।’ उनलाई आजकलमा मानिसले दसैंको मूल्य नबुझेजस्तो लाग्छ ।
    ‘दसैमा चंगा उडाउन थिन आरारोट पकाएर सिसाको धुलोले धागोमा गमजस्तो बनाएर धागो ठूलो पोलमा बाँधेर सुकाउँथ्यौं । पिङ खेल्थ्यौं । आजकल त्यस्तो हुँदैन । आजकलका युवाहरू खायोे, जता पायो त्यता बाइक हाँक्ने गर्छन्, यसले आफूमात्रै हैन अरूको ज्यान पनि जोखिममा पारिदिन्छन्’, उनले भने । नराम्रो संस्कृति हुर्किंदै गएकाले राम्रो संस्कृति जोगाउनु सबैको कर्तव्य भएको उनले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.