×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘भात खान दसैं कुर्नुपर्छ’

  •  
  • आइतबार, असोज २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अर्जुन शाह, बाजुरा
    १ सय १० परिवारका लागि जम्मा एउटा राँगो र बोको ढालिन्छ । त्यससँग पेटभरि भात पाउनु नै दसैं उत्सव हो बाजुराका विपन्नलाई । अलि बढी चामल जुटाउन सक्नेले नहुनेलाई भात बाँड्छन् ।
    आश्विन २३, २०७३- सदरमुकाम मार्तडीमा घटस्थापनाअघिदेखि नै शुभकामना आदान–प्रदान कार्यक्रम चलिरहेका छन् । सामाजिक सञ्जाल दसैंका सन्देशले भरिएका छन् । तर, सबैभन्दा गरिब जिल्लाका विकट बस्तीका विपन्न समुदाय भने चिन्तामा छन् ।

    कमेरोले घर चिटिक्क पारे पनि जिल्लाको साप्पाटास्थित बाउनी गाउँमा उतिसाह्रो रौनक छैन । बाँकी खर्च कसरी धान्ने चिन्ता छ सबैलाई । कसैलाई सन्तानलाई एक जोर लुगासम्म हालिदिन नसकेको पिरलो छ ।

    दले विकका छोराछोरीले दुई वर्षयता नयाँ कपडा पाएका छैनन् । दसैंमा जसरी पनि चाहियो भन्दै जेठो छोरा वीरबहादुर र्‍याखर्‍याख्ती पारिरहेका छन् । फाटेको टाउजर ठाउँठाउँ टालेर काम चलाइरहेका उनलाई नयाँ लुगा रहर मात्र नभएर बाध्यता पनि हो । ।

    घरमा पाँचवर्ष मूनिका तीन केटाकेटी छन् । सरकारले उक्त उमेरसमूहका दलित बालबालिकालाई स्याहार भत्ता उपलब्ध गराउँछ । दलेले त्यसबापत ४ हजार ८ सय रुपैयाँ बुझिसके । तर, त्यो रकमले पूरै दसैं काट्नुपर्ने बाध्यता छ । बुधबार कोल्टीबाट एक कट्ठा चामल किनेर ल्याए । ‘चामल किनेर जोगिएको एक हजार रुपैयाँले मासु किन्ने सोचाइ छ’, उनले भने, ‘केटाकेटीले यस वर्ष पनि लुगा फेर्न नपाउने भए ।’

    बाउनीका सबैजसो परिवारको यस्तै अवस्था छ । गाउँका सबै ३८ परिवार मिलेर दशैमा राँगो किन्ने गर्छन् । ‘पोहोर साल राँगो जुटाउन सकेनौं, यसपालि प्रयास गर्दै छौं’, वीरसिंह बिकले भने ।

    अर्को अति विकट गाउँ हो, अम्लिस । दसैंमा पेटभरि भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् स्थानीय । अलि बढी चामल जुटाउन सक्नेले नहुनेलाई भात बाँड्छन् । अघिपछि भात चाख्न नपाउने परिवारलाई समेत दसैंमा छेलोखेलो हुन्छ । अति विपन्न गोरे चादाराको परिवारलाई भात खान दसैं कुर्नुको विकल्प हुँदैन । अम्लिसामा धानखेती अति कम हुन्छ । कोदो, जौलगायतले गुजारा चलाउँछन् गाउँले । नजिक चामलको डिपोसमेत छैन । ‘दसैमा हुने र नहुने सबैले एक छाक भात जुटाउँछन्’, हरिबहादुर रोकायाले भने, ‘सबै मिलेर गाउँमा एउटा राँगो र बोका ढाल्छौं ।’ १ सय १० परिवारको बसोवास रहेको उक्त गाउँमा दसैं कसरी धान्ने भनेर हरेक वर्ष गाउँसमाजमा छलफल हुन्छ । त्यही आधारमा सामूहिक रुपमा एउटा राँगो र एक बोका बली दिइन्छ ।

    साप्पाटा, रुडीका स्थानीय पनि सकेसम्म मिलेर राँगो ढाल्छन् । नसके काँक्रो, फर्सी, कुभिन्डो, खुर्सानीलगायत काटेर १० वटा बलि दिइन्छ । बाजुरा क्याम्पसका अर्थशास्त्र अध्यापक भन्छन्, ‘एक छाक पुग्नेलाई दसैंमा उमङ्ग हुने भए पनि नसक्ने परिवारलाई समस्या थोपरिन्छ ।’ गरिब घरपरिवार सहयोग समन्वय बोर्ड सचिवालयको पछिल्लो सर्वेक्षणअनुसार बाजुरामा सबैभन्दा बढी गरिब परिवार छन् । यहाँको ६४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि पर्छ । अधिकांश घरमा बाह्र महिना खान पुग्ने अन्न हुँदैन । ‘दसैं बाजुराबासीको मुख्य चाड हो, जतिसुकै गरिब परिवार भए पनि आफ्नो हैसियतअनुसार मनाउँछन्, दसौंम हुनेले नहुनेलाई बाँडचुँड गर्ने भएकाले आपसी सम्बन्ध गाढा बन्छ’, बाजुराको संस्कृति क्षेत्रका अध्येता जहरसिंह थापाले भने ।
    विपन्न परिवारको एक मात्र आयस्रोत माध्यम भारतमा चौकीदारी र मजदुरी गर्नु हो । पुरुषजति भारतका विभिन्न सहर पुगेका हुन्छन् । दिल्लीमा चौकीदारी गर्दै आएका कुल्देवमाडौंका भीम सार्कीले यसपालि पनि छुट्टी पाएनन् । सहकर्मी छिमेकीको हातमा खर्च पठाइदिए । ‘पाँच हजार पठाइदिनुभएको छ, केटाकेटीलाई कपडा र एक किलो मासु ल्याएर दसैं मनाउँछौं,’ पत्नी कल्धरीले भनिन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.